फेन्सी को नवौं बार्षिक साधारणसभाः नवनिर्वाचित सञ्चालक समितिलाई पद हस्तान्तरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फेन्सी को नवौं बार्षिक साधारणसभाः नवनिर्वाचित सञ्चालक समितिलाई पद हस्तान्तरण 

चितवन । भरतपुरका फेन्सी व्यवसायीहरुको सक्रियतामा सञ्चालित फेन्सी बचत तथा ऋण सहकारी संस्थाको पुस ३ गते सम्पन्न ९ औं साधारणसभाद्वारा निर्वाचित सञ्चालक समितिलाई हिजो एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको छ । सहकारीका निवर्तमान अध्यक्ष प्रकाश गैरेको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले नवनिर्वाचित टीमलाई पद हस्तान्तरण गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि परितोष पौड्याल, नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, फेन्सि व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्याल, सहकारीका उत्प्रेरक नारायणप्रसाद कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका बीच सहकारीका निवर्तमान अध्यक्ष प्रकाश गैरेले नवनिर्वाचित अध्यक्ष मेघराज कँडेललाई सहकारीको तक्मा हस्तान्तरण गरि अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाले ४ वटा एकाई बैठक सहित पौष ३ गते प्रतिनिधिमूलक बैठक, निर्वाचन घोषणा र निर्णय प्रमाणित गर्दै नबौ बार्षिक साधाणसभा सम्पन्न गरेको थियो । 

नेफ्स्कून फिल्ड व्यबस्थापन उपसमिति सदस्य तथा साकोसका अध्यक्ष प्रकाश गैरे को अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, विशिष्ट अतिथिमा सहकारी अधिकृत रामबाबु पौडेल, सहकारी बिज्ञ तथा पुर्व प्रशासक केशव बहादुर थापा सहित साकोसका पुर्व अध्यक्षहरु, सञ्चालक, सल्लाहकार, फेन्सी व्यवसायी संघ र फेन्सी फाईबरका अध्यक्ष तथा पदाधिकारी, संघ र साकोसका विभिन्न उपसमिति, कर्मचारी, सञ्चारकर्मीहरुसहित साकोस प्रतिनिधि सदस्यहरुको उत्साहजनक सहभागित रहेको थियो । संस्थाका उपाध्यक्ष मेघराज कंडेलको संयोजन र कार्यक्रमको सञ्चालन सचिव पदम केसीले गर्नु भएको थियो । 

यसैबीच सभाले मेघराज कंडेलको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यी लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको हो । संस्थाको उपाध्यक्षमा बालकृष्ण कंडेल, सचिबमा पदम बहादुर के.सी, कोषाध्यक्षमा बोधराज शर्मा, सञ्चालक समिती सदस्यहरुमा तारा देबि पण्डित, निरोज न्यौपाने, रामचन्द सुवेदी, टेकनारायण सापकोटा, हरि शर्मा पौडेल, दुर्गा प्रसाद न्यौपाने, मन्जु श्रेष्ठ चयन हुनुभएको थियो । त्यसैगरी लेखा सुपरिवेक्षण समिती संयोजकमा शिबराज सुवेदी र सदस्यमा बुद्ध कुमारी (शारदा) श्रेष्ठ र  भोजेन्द्र पौडेल चयन हुनुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप