नेफ्स्कून र जिल्ला बचत संघ बाँके बीच साझेदारी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ बाँके बीच साझेदारी सम्झौता

नेपालगंज । नेफ्स्कून र बाँके जिल्ला बचत संघबीच साझेदारी कार्यक्रममा सम्झौता भएको छ । हिजो सम्पन्न नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले हस्ताक्षर गर्नुभएको थियो । केही समय अघि जिल्ला बचत संघ रौतहटसँग पनि जिल्ला संघ साझेदारी सम्झौता भएको थियो ।

हिजोको कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आबद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले अभियान सुदृढीकरण तथा सञ्जाल क्षमता विकास गरी सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघबीच व्यावसायिक एकरुपताका साथै स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उक्त कार्यक्रममा नेफ्स्कूनका ब्यवस्थापन उप–समिति सदस्यहरु बचत संघका पदाधिकारीहरु सहित नेफ्स्कून नेपालगंजका फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीको उपस्थिति थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप