दोलखाको मिलिजुली कालिञ्चोकमा कुनै पनि प्रकारको आर्थिक अपचलन नभएको नेफ्स्कूनको स्पष्टोक्तिः छानविन प्रतिवेदन सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखाको मिलिजुली कालिञ्चोकमा कुनै पनि प्रकारको आर्थिक अपचलन नभएको नेफ्स्कूनको स्पष्टोक्तिः छानविन प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले दोलखाको चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. मा केही समय अघि एक सञ्चारमाध्यममा आए जस्तो कुनै पनि प्रकारको समस्या नभएको स्पष्ट पारेको छ । नेफ्स्कूनले उक्त विषय दैनिक नेपाल डट कममा २०७७ कार्तिक २२ गते प्रकाशित गरिएजस्तो कुनै पनि प्रकारको आर्थिक अनियमितता, अपचलन वा बदनियतपूर्ण कार्य नभएको आधिकारिक धारणा सार्वजनिक गरेको छ । संघमा आबद्ध एवम् गुणस्तर सुनिश्चिता सम्बन्धी एशिया स्तरको ब्रान्ड समेत प्राप्त समुदायको विश्वास जित्न सफल संस्थाका बारेमा सञ्चार माध्यममा समाचार प्रकाशित भए लगत्तै नेफ्स्कूनले आफ्नो प्राविधिक टोलीमार्फत स्थलगत विस्तृत अध्ययन अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता चन्द्र प्रसाद ढकालले उक्त जानकारी गराउनुभएको हो । प्रतिवेदनमा संस्थाको ऋण लगानी, त्यसको सीमा, सवारी साधनको प्रयोग, संस्थाको भवन निर्माण, कोष व्यवस्थापन, एकीककरण प्रक्रिया, एक्सेस्, सम्मान तथा पुरस्कार आदि विषयमा गरिएको विस्तृत अनुसन्धानबाट कुनै किसिमको अनियमितता वा आर्थिक अपचलन नभएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेफ्स्कूनले मिलिजुली कालिञ्चोक विगत ८ वर्षदेखि संघको नियमित अनुगमनमा रहेको र समाचारमा आरोप लगाइएको जस्तो कुनै प्रकारको सुशासनको समस्या वा बदनियतपूर्ण गतिविधि नभएको जनाएको छ । नेफ्स्कून प्रबक्ता ढकालले उक्त संस्था संघको नियमित अनुगमन र सुपरिवेक्षणमा रहेकोले साकोसको वित्तीय सुरक्षाको प्रत्याभूति गर्ने समेत प्रतिबद्धता सहितको प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष पौड्यालले सदस्य संघ संस्थाहरुको संस्थागत सुशासनको विषयमा नेफ्स्कून गम्भीर रहेको भन्दै जिम्मेवार पत्रकारिताको अपेक्षा गरेको बताउनुभयो । उहाँले केही विषयमा अतिरञ्जित ढंगले सञ्चारमाध्यममा आएको भन्दै दुःख समेत व्यक्त गर्नुभयो । सहकारी विभागबाट समेत प्राप्त पत्रलाई ध्यानमा राख्दै गरिएको स्थलगत छानविनबाट पनि त्यस्तो कुनै समस्या नरहेको अध्यक्ष पौड्यालले बताउनुभयो । समाचार प्रकाशनमा आए लगत्तै नेफ्स्कूनले उक्त विषयलाई गम्भीर रुपमा लिएर तत्कालै छानविनका लागि टोली पठाएको उहाँले बताउनुभयो । नेफ्स्कूनले सदस्यहरुको संस्थागत र वित्तीय सुशासनलाई निक्कै महत्व दिएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष पौड्यालले सञ्चारमाध्यमको सही खबरदारीले सबैलाई सुसूचित गर्ने भएपनि वित्तीय संस्थाको संवेदनशीलताका विषयमा सञ्चारमाध्यमहरुबाट अझै धेरै गाम्भीर्यता आवश्यक पर्ने उल्लेख गर्नुभयो ।  
संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रबक्ता ढकालले अध्ययन प्रतिवेदनले कुनै पनि प्रकारको समस्या संस्थामा नरहेको दाबी गर्नुभयो । उहाँले एक्सेस कार्यक्रमको अन्तिम लेखापरिक्षण एशियाली ऋण महासंघका प्रतिनिधि स्वयंको उपस्थितिमा भएको समेत स्पष्ट पार्दै नेफ्स्कून सदस्य संघ संस्थाहरुको सुशासन, वित्तीय सुरक्षा, जिम्मेवारीबोध आदि विषयमा गम्भीर रहेको बताउनुभयो । सोही कारण समाचार आउने वित्तीकै छानवीनको प्रक्रिया अघि बढाइएको बरिष्ठ उपाध्यक्ष ढकालको भनाई थियो । यस्ता विषयमा नेफ्स्कून अत्यन्त गम्भीर रहेको र कुनै सम्झौता विना सदस्यहरु संघ संस्थाहरुमा सुशासन प्रवर्धनमा खटेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संघका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन विभाग प्रमुख सञ्जयराज तिमिल्सिना, प्राचार्य गणेश प्रसाद तिमल्सिना, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ लगायतको उपस्थिति थियो । संघबाट मिलिजुली कालिञ्चोक सहकारीका सम्बन्धमा सत्यतथ्य छानविन गरी प्रतिवेदन तयार गर्न गठित २ सदस्यीय प्राविधिक टोलीका संयोजक बरिष्ठ अधिकृत बल्लभ तिमल्सिना तथा सदस्य, अनुगमन अधिकृत दिपक अर्याल समेत सहभागी कार्यक्रममा संघका अध्यक्ष तथा बरिष्ठ उपाध्यक्षले पत्रकारहरुको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप