सिन्धुपाल्चोकमा सहकारी अभिमूखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुपाल्चोकमा सहकारी अभिमूखीकरण कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक स्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र समन्वयमा संस्थाको सभाहलमा जिल्लामा क्रियाशील सहकारी संस्थाहरुको संचालक समितिका पदाधिकारीहरु र व्यवस्थापन प्रमुखहरुको उपस्थितीमा १ दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । पुस १० गते संस्थाका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनको संचालक समिति सदस्य एवम् बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव जिवसराज खड्का, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का संचालक सदस्य एवम् आयोजक संस्थाका निवर्तमान अध्यक्ष चक्र बहादुर बस्नेत, नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना, तालिम अधिकृत उमेश कोइराला, सुनकोशी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष रामकुमार थापा, जिल्ला समन्वय समिति सदस्य सकुन्तला माझी लगायत विभिन्न सहकारी अभियान्ताहरुको उपस्थिति थियो ।

कार्यक्रममा सुनकोशी गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष रामकुमार थापाले आफ्नो वडामा क्रियाशील  सहकारी र वडाले समन्वय गर्दै सहकारी प्रवर्धन तथा विकासका लागि काम गरिरहेको र आगामी दिनहरुमा पनि समन्वय कायम गर्दै अझ सहकारी विकासमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून संचालक सदस्य खड्काले नेपालमा सहकारी ऐन २०४८ पश्चात् मात्र सहकारीको विकास तीब्र भएको चर्चा गर्दै सहकारी संस्था नीति, विधि र प्रविधिवाट संचालन भई सदस्यहरुको जीवनस्तर उकास्न लाग्नुपर्ने बताउनु भयो । उहाँले सबै सहकारी संस्थाहरुलाई सदस्यमैत्री भई इमान्दारी र पारदर्शिताका साथ संचालनका साथै  एकीकरणमा समेत जोड दिन आग्रह गर्नुभयो । उहाँले नेफ्स्कूनले सदस्य संस्थाहरुको विकासका लागि विभिन्न स्तरीकरण कार्यक्रममा सहभागी भई एकरुपता प्रणाली बमोजिम संजालिकृत हुन अनुरोध गर्दै जिल्लामा भएका जिल्ला सहकारी संघ लि. र बचत तथा ऋण सहकारी संघ लि सुशुप्त अवस्थामा रहेकोले यसलाई क्रियाशील बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका प्राचार्य तिमिल्सना र तालिम अधिकृत कोइरालाले क्रमशः सहकारी संचालनका नयाँ आयामहरु रसहकारी संचालनमा संचालक समिति र व्यवस्थापनको भूमिका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन संस्थाका व्यवस्थापक विचारी प्रसाद प्याकुरेलले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप