गैंडाकोट स्वाभिमान साकोसको २८ औ साधारण सभा सम्पन्न; पोषणराज सुवेदीको नेतृत्वमा १३ सदस्य संचालक समिति सर्वसम्मत्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गैंडाकोट स्वाभिमान साकोसको २८ औ साधारण सभा सम्पन्न; पोषणराज सुवेदीको नेतृत्वमा १३ सदस्य संचालक समिति सर्वसम्मत्

नवलपुर । पोषणराज सुवेदीको नेतृत्वमा १३ सदस्य संचालक समिति र गोबिन्द सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको गठन गर्दै नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित गैंडाकोट स्वाभिमान साकोसको २८ औं साधारण सभा पुस १२ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवराज पौडेलको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा १ नं वडाका वडाध्यक्ष हरीप्रसाद सापकोटा, २ नं वडाध्यक्ष धुर्वराम  पौडेल, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गरुङ विशिष्ठ अतिथिको रुपमा रहनुभएको थियो ।

प्रमुख अतिथि पौडेलले संस्थागत विकास सँगै सदस्यलाई उच्च स्तरको सेवा प्रदान गर्न सफल हुँदै गएकोमा संस्थालाई बधाई एवं शुभकामना व्यक्त गर्दै सहकारीको विकास समृद्धिको आधार बन्न सक्ने दरिलो सम्भावनालाई आत्मसात गर्दै गैंडाकोट स्वाभिमान साकोसले सदस्यहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन गरेको प्रयास स्तुत्य भएको बताउनुभयो । त्यसैगरी, संस्थाको वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्दै विशिष्ठ अतिथिहरु धु्रवराम पौडेल, हरीप्रसाद सापकोटा, प्रेमबहादुर गूरुङ, पूर्व अध्यक्ष बेदप्रसाद गौडेल, संस्थापक अध्यक्ष गोबिन्द सुबेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 संस्थाले तर्जुमा गरेको महामारीमा साधारण सभा संचालन सम्बन्धी कार्यबिधि २०७७ बमोजिम पौष ६ गते देखि १२ गते सम्म आयोजना गरिएको साधारण सभाको निर्णय प्रमाणिकरण गर्ने ,नवनिर्वाचित संचालक समितिको घोषणा गर्ने सहित साधारण सभाका निर्णयहरु सार्वजनिक गरी संचालन गरिएको कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट भएका २४ जना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी वर्ष उत्कृष्ट कर्मचारीको रुपमा बचत सहायक पदमा कार्यरत शारदा कंडेललाई सम्मान गरिएको थियो ।

 पूर्व अध्यक्ष सुरेश पण्डितको संयोजकत्वमा लिलाराम कंडेल र पूर्णनारायण प्रधान सदस्य रहेको निर्वाचन उप समितिले सहकारी ऐन, संस्थाको लिनियम तथा संस्थाको निर्वाचन नीति बमोजिम सर्बसम्मत निर्वाचित १३ सदस्य संचालक समिति र ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको घोषणा गरेको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई हिजो नै सपथग्रहण गराई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । उक्त क्रममा पूर्व अध्यक्षहरु बेदप्रसाद गौडेल र निवर्तमान अध्यक्ष देवराज पौडेलले नव निर्वाचित संचालक समिति र लेखा तथा सुपरिबेक्षण समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो भने नव निर्वाचित अध्यक्ष पोषणराज सुबेदीले संस्थालाई समुदायको अनुकरणीय संस्थाको रुपमा स्थापित गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 

संस्थाका संचालक समिति, बिभिन्न उप समिति, निर्णय प्रमाणिकरण गर्ने सदस्यहरु, पुर्व अध्यक्षहरुको उपस्थितीमा संस्थाको सभाहलका कार्यक्रम आयोजना गरिएको थियो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२३ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप