गैंडाकोट स्वाभिमान साकोसको २८ औ साधारण सभा सम्पन्न; पोषणराज सुवेदीको नेतृत्वमा १३ सदस्य संचालक समिति सर्वसम्मत्
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गैंडाकोट स्वाभिमान साकोसको २८ औ साधारण सभा सम्पन्न; पोषणराज सुवेदीको नेतृत्वमा १३ सदस्य संचालक समिति सर्वसम्मत्

नवलपुर । पोषणराज सुवेदीको नेतृत्वमा १३ सदस्य संचालक समिति र गोबिन्द सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको गठन गर्दै नवलपुरको गैंडाकोट नगरपालिका–२ स्थित गैंडाकोट स्वाभिमान साकोसको २८ औं साधारण सभा पुस १२ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवराज पौडेलको अध्यक्षता र गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा १ नं वडाका वडाध्यक्ष हरीप्रसाद सापकोटा, २ नं वडाध्यक्ष धुर्वराम  पौडेल, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रेमबहादुर गरुङ विशिष्ठ अतिथिको रुपमा रहनुभएको थियो ।

प्रमुख अतिथि पौडेलले संस्थागत विकास सँगै सदस्यलाई उच्च स्तरको सेवा प्रदान गर्न सफल हुँदै गएकोमा संस्थालाई बधाई एवं शुभकामना व्यक्त गर्दै सहकारीको विकास समृद्धिको आधार बन्न सक्ने दरिलो सम्भावनालाई आत्मसात गर्दै गैंडाकोट स्वाभिमान साकोसले सदस्यहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन गरेको प्रयास स्तुत्य भएको बताउनुभयो । त्यसैगरी, संस्थाको वार्षिक साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्दै विशिष्ठ अतिथिहरु धु्रवराम पौडेल, हरीप्रसाद सापकोटा, प्रेमबहादुर गूरुङ, पूर्व अध्यक्ष बेदप्रसाद गौडेल, संस्थापक अध्यक्ष गोबिन्द सुबेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 संस्थाले तर्जुमा गरेको महामारीमा साधारण सभा संचालन सम्बन्धी कार्यबिधि २०७७ बमोजिम पौष ६ गते देखि १२ गते सम्म आयोजना गरिएको साधारण सभाको निर्णय प्रमाणिकरण गर्ने ,नवनिर्वाचित संचालक समितिको घोषणा गर्ने सहित साधारण सभाका निर्णयहरु सार्वजनिक गरी संचालन गरिएको कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ट भएका २४ जना सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी वर्ष उत्कृष्ट कर्मचारीको रुपमा बचत सहायक पदमा कार्यरत शारदा कंडेललाई सम्मान गरिएको थियो ।

 पूर्व अध्यक्ष सुरेश पण्डितको संयोजकत्वमा लिलाराम कंडेल र पूर्णनारायण प्रधान सदस्य रहेको निर्वाचन उप समितिले सहकारी ऐन, संस्थाको लिनियम तथा संस्थाको निर्वाचन नीति बमोजिम सर्बसम्मत निर्वाचित १३ सदस्य संचालक समिति र ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको घोषणा गरेको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई हिजो नै सपथग्रहण गराई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ । उक्त क्रममा पूर्व अध्यक्षहरु बेदप्रसाद गौडेल र निवर्तमान अध्यक्ष देवराज पौडेलले नव निर्वाचित संचालक समिति र लेखा तथा सुपरिबेक्षण समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो भने नव निर्वाचित अध्यक्ष पोषणराज सुबेदीले संस्थालाई समुदायको अनुकरणीय संस्थाको रुपमा स्थापित गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । 

संस्थाका संचालक समिति, बिभिन्न उप समिति, निर्णय प्रमाणिकरण गर्ने सदस्यहरु, पुर्व अध्यक्षहरुको उपस्थितीमा संस्थाको सभाहलका कार्यक्रम आयोजना गरिएको थियो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप