लतिलपुर । ललितपुर महानगरपालिकाले नेफ्स्कूनले सञ्चालन गरेका कार्यक्रमहरु सहकारी अभियान शुद्धिकरणका लागि महत्वपूर्ण भएको बताउँदै सहकार्यमा गतिविधिहरु सञ्चालन गर्न सकिने जनाएको छ । महानगरपालिका–नेफ्स्कून सहकार्यका आयामहरुमा अध्ययन गरी तत्काल उचित सम्भावनाको खोजी सहित प्रस्ताव तयार पार्ने विषयमा महानगरपालिकाले प्रक्रिया पनि अघि बढाउने भएको छ ।
हिजो महानगरपालिका र नेफ्स्कूनबीच भएको अन्तरक्रियाका क्रममा यस्ता सहकार्यका नवीन सम्भावनाहरु खोज्ने विषयमा सैद्धान्तिक सहमति भएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले नेफ्स्कून र महानगरपालिकाबीच सहकार्यका सम्भावित कार्यक्रमहरु तत्काल सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार पार्न सहकारी शाखा प्रमुखलाई निर्देशन समेत दिनुभयो । नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले स्थानीय निकायसँगको साझेदारीमा संघले कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा ललितपुर महानगरपालिकासँग पनि सहकार्य गर्न तयार रहेको धारणा राख्नुभएको थियो ।
उक्त अन्तरक्रियामा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले बचत ऋण सहकारीको दिगो विकासका लागी नेफ्स्कूनले सञ्चालन गरेका कार्यक्रम बारे प्रस्तुतिकरण गर्नुभएको थियो । नेफ्स्कूनले विभिन्न स्थानीय निकायसँग साझेदारीको सम्भावनाका विषयमा पछिल्लो समय छलफललाई तीब्रता दिएको छ । नेफ्स्कूनले स्थानीय सरकारहरुसँगको सहकार्य र समन्वयमा सहकारीहरुलाई स्रोत, साधन र प्रविधियुक्त बनाई गुणस्तरीयता र विश्वसनीयताको परिचायक बनाउने नवीन कार्यक्रमको रुपमा आधारशिला कार्यक्रम अघि सारेको छ । सोही विषयमा पनि हिजो छलफल भएको उक्त अन्तरक्रियामा सहभागी नेफ्स्कून ललितपुर फिल्ड कार्यालय प्रमुख दिनेश गौतमले बताउनुभयो । नेफ्स्कूनले हाल सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितता कार्यक्रम, स्थानीय सहकारीहरुको अनुगमन अथवा आधारशिलामध्ये तत्काललाई कुनै एक कार्यक्रमसँग जोडिएर जान महानगरपालिकाले तत्परता देखाएको गौतमले जानकारी गराउनुभयो ।
महानगरपालिकाको बैठक कक्षमा भएको अन्तरक्रियामा सहकारी शाखा प्रमुख र नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति सदस्य विभुषण शाक्यको समेत सहभागिता थियो ।
२१ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
२७ दिन अगाडि
१५ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
२५ दिन अगाडि
३१ दिन अगाडि