मकवानपुरको मनहरीमा PALM कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरको मनहरीमा PALM  कार्यशाला सम्पन्न

मकवानपुर । मकवानपुरको मनहरी गा.पा–८,स्थित दिव्यज्योती महिला साकोस आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन PALM कार्यशाला पौष १२ गते सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम ९एच्इद्यब्त्क्ष्इल्० मा आबद्ध मकवानपुर जिल्लाका ११ वटा साकोसका अध्यक्ष, संचालक सदस्य, प्रोवेसन कार्यदल संयोजक र व्यवस्थापकको उपस्थिती थियो ।
आयोजक साकोसका अध्यक्ष सुजिता मस्राङ्गेको अध्यक्षता र मकवानपुर गाउँपालिका अध्यक्ष श्री एकराज उप्रेपीको प्रमूख आतिथ्यता,  वडा नं. ८ बडाध्यक्ष दिलबहादुर स्याङ्ताङ्ग र नेफ्स्कून फिल्ड कार्यलय इन्चार्ज ज्योती महतको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले सहकारी संस्थाहरु जोखीमबाट न्यूनीकरण गरी संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बिषयमा प्रष्ट पार्दै, स्तरीकरणको यस कार्यक्रममा सहभागी सबै साकोसहरुलाई शुभकामनाका व्यक्त गर्नुुभएको थियो ।

साथै कार्यक्रमको सुरुवातसंगै मकवानपुरको मनहरी गा.पामा रहेका संस्थाको स्तरीकरण गर्ने, सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना हुने अभ्यासको सुरुवात भएको बताउनुभयो । स्थानीय निकायको पुजीँ परिचालन, नयाँ र आधुनिकिरण तवरबाट उत्पादनमुलक क्षेत्रमा लगानी र सोको बजार व्यवस्थापन गरी बाहिरी पुजीँ भित्राउन सकिने र लघु उद्यममा जोड दिनमा सम्पर्ण कार्यक्रममा आवद्ध हुुनुभएको साकोसहरुलाई अनुरोध गर्नुभयो, नेफ्स्कुनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएकोमा अझ ब्राण्ड प्राप्त गरी अभैm स्तरोन्नती हुनेमा विश्वस्त रहेको कुरा जानकारी गराउनुभयो भने हाल नेफ्स्कूनबाट सञ्चालीत स्तरिकरण कार्यक्रमले सहकारी संस्थालाई गुणस्तरिय बनाउने र सदस्यहरुको एक मात्र रोजाइ बन्नेमा समेत जोड दिनुभएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहजिकरण गर्नुभएको कार्यक्रमको सञ्चालन दिपज्योती महिला साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक विमला गोपालीले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप