रोचडेलका अगुवाहरुसँगै विश्व सहकारी इतिहास जान्न पढ्नै पर्ने पुस्तक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रोचडेलका अगुवाहरुसँगै विश्व सहकारी इतिहास जान्न पढ्नै पर्ने पुस्तक

 एजेन्सी । सहकारी क्षेत्रमा समर्पित जो कोहीले पनि सुनेको र थोरबहुत जानेको नाम हो 'रोचडेल इक्विेटेबल पायोनियर्स सोसाईटी' र यसका २८ जना अगुवाहरु । सहकारीको कखगघको सुरुवात रोचडेलको इतिहासबाट हुन्छ । विश्वको पहिलो सहकारीका रुपमा चित्रित रोचडेल सहकारी पसल र यसक अगुवाहरुसँगै सहकारी अभियानको इतिहास खोतल्ने प्रयास लेखक डेभिड जे. थमसनले गर्नुभएको छ Weavers of Dreams: Founders of the Modern Co-operative Movement पुस्तकमार्फत ।

उक्त पुस्तकको पहिलो संस्करण सन् १९९४ मा प्रकाशित भएको थियो । बेलायतको म्यानचेस्टर शहरस्थित टोड लेनमा २८ जना श्रमिक अगुवाहरुले स्थापना गरेको विश्वको पहिलो सहकारी पसल (यद्यपि यसमा पनि मत विभाजित पाइन्छ) सञ्चालनको १ सय ५० वर्ष पुगेको अवसरमा पुस्तक प्रकाशित गरिएको थियो ।  यसको दोस्रो संस्करण २०१२ जनवरी १ मा प्रकाशित भएको थियो । अंग्रेजी भाषामा प्रकाशित पुस्तकमा कूल १ सय ५२ पृष्ठ रहेको छ । दरिलो सैद्धान्तिक आधारसहित उपभोक्ता सहकारी मोडेलमा सञ्चालित उक्त पसल र त्यसका अगुवाहरुका बारेमा पुस्तकमा विस्तृत रुपमा उल्लेख गरिएको छ । उनीहरुको अभियानले आज विश्व अर्थतन्त्रको स्वरुपमै परिवर्तन गरेको छ ।

रोचडेलको सहकारी पसल स्थापना भएको २ दशकभित्रमा उत्तरी इंगल्याण्डमा सैयौं सहकारी पसलहरु सफलतापूर्वक सञ्चालनमा आएको लेखक थमसनको दाबी छ । सहकारी अभियानको लोकप्रियताकै कारण तात्कालीन बेलायत आधुनिक प्रजातन्त्रको रुपमा परिवर्तित भएको दाबी पुस्तकमा गरिएको छ । बेलायतसँगै अमेरिकामा पनि केही हदसम्म श्रमिकहरुलाई आफ्ना हक अधिकारका लागि एक हुन, उनीहरुलाई मतदानको अधिकार सुनिश्चित गर्न, महिला अधिकार, गुणस्तरीय खाद्यवस्तुको उपलब्धता, आवासको व्यवस्था लगायतका अत्यावश्यक सुधारका कार्यमा राजनीतिक दल र त्यसका अगुवाहरुलाई लाग्न सहकारीमार्फत चेतना प्राप्त भएको लेखक थोमसनले बताउनुभएको छ ।

उपभोक्ता सहकारीपछि बिस्तारै बेलायतमा हाउजिङ सहकारी तथा सामुदायिक विकासको काम प्रारम्भ भएको थियो । थमसन दाबी गर्नुहुन्छ बेलायतमा आम नागरिकको पहुँच पुगेको आवास तथा बस्ती निर्माणको काममा वित्तीय सहयोग र निर्माण कार्यमा श्रमिकहरुले सहकारी मोडेल अपनाएका थिए । सहकारीको इतिहास विश्लेषण गर्ने हो भने यो दुरगामी महत्व राख्ने र सबैको हित हुने किसिमको प्रणालीको रुपमा मान्यता पाएको ठहरिन्छ । विश्वमा थुप्रै सहकारी र बचत ऋण सहकारी (क्रेडिट युनियन) हरु सफल भएको प्रमाण भेटिन्छ । यसैगरी, कृषि, उत्पादन, होलसेल तथा खुद्रा पसलसँगै विभिन्न प्रकृतिका सहकारीहरु स्थापित हुँदै गएको पुस्तकमा उदाहरणहरु समेत प्रस्तुत गरिएको छ । उदाहरणको रुपमा स्पेनको बास्क क्षेत्रमा अवस्थित मोनड्रयागन सहकारीको चर्चा गरिएको छ । पुस्तकमा रोचडेलका २८ अगुवाहरुलाई साँच्चिकै सहकारी अगुवाका रुपमा चित्रित्र गरिएको छ । सहकारीले प्रविधि र बेलायती समाजमा ल्याएको परिवर्तनका सम्बन्धमा समेत पुस्तकले प्रकाश पारेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप