नेफ्स्कूनको ऋण सेवामा एक अंकको ब्याजदर ; न्यूनतम ७ प्रतिशत कायम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ऋण सेवामा एक अंकको ब्याजदर  ;  न्यूनतम ७ प्रतिशत कायम 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अब एक अंक (सिङ्गल डिजिट) को ब्याज दरमै ऋण सेवा उपलब्ध गराउने भएको छ । सहकारीमार्फत कृषि क्षेत्र प्रवर्धनका लागि नेफ्स्कूनले सदस्यहरुलाई १ वर्षका लागि ७ प्रतिशत ब्याजदरमा 'कृषि थोक ऋण' उपलब्ध गराउने भएको छ । अब साकोसहरुले आफ्ना सदस्यहरुको कृषिकर्मलाई व्यावसायिकीकरण गर्न नेफ्स्कूनबाट ७ प्रतिशतमा थोक ऋण सेवा लिन सक्नेछन् ।

त्यसैगरी, 'आपतकालीन तरलता सापटी' शीर्षको ऋणमा पनि ब्याजदर ७ प्रतिशत नै कायम गरिएको छ । सहकारीहरुलाई उत्पादनको क्षेत्रमा जोड्नुपर्ने राष्ट्रिय आवश्यकता सम्बोधन गर्न र कोभिडको प्रतिकुलताका कारण सदस्य संघ संस्थाहरुमा आवश्यक पर्न सक्ने तरलता संकट समाधानका लागि नेफ्स्कूनले यी दुवै ऋण सेवाका शीर्षकको ब्याजदर परिमार्जन गरी ७ प्रतिशत कायम गरेको हो । देशभरका बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघले बचतको अघिल्लो ब्याजदरमा कुनै परिवर्तन नगरी ऋणको ब्याजदर मात्र कम गरेको हो । नेफ्स्कूनको यो कदमले सहकारीको ऋणमा कम र बचतमा बढी ब्याजदरको सैद्धान्तिक आधारको पुष्ट्याइँ समेत गरेको छ । उत्पादनशील क्षेत्रमा लगानी प्रवर्धन गर्न नेफ्स्कूनले विभिन्न ऋण शीर्षकमा ०.२५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म ब्याजदर घटाएको छ । नेफ्स्कूनले भोली अर्थात् पुस १५ गतेदेखि लागू हुने गरी ऋणका अन्य शीर्षकहरुमा समेत ब्याजदर घटाएको छ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप