रुपन्देहीको कोलिय देवदह र मायादेवी महिला विकास साकोसबीच एकीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रुपन्देहीको कोलिय देवदह र मायादेवी महिला विकास साकोसबीच एकीकरण

काठमाडौं । रुपन्देहीका दुई वटा बचत तथा ऋण सहकारी संस्थाबीच आज एकीकरण भएको छ ।  देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. र मायादेवी महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. बीच आज एकीकरण भएको हो । आज आयोजित एकीकरण घोषणा कार्यक्रममा कोलिय देवदह साकोसका अध्यक्ष शुभकान्त न्यौपाने र मायादेवी महिला विकास साकोसकी अध्यक्ष गौमती बुढाथाकीले दुई फरक–फरक गाग्रीबाट एउटै गाग्रीमा सिक्का खसालेर एकीकरणलाई औपचारिकता दिनुभएको हो ।  

एकीकरण घोषणा कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले जवाफदेहिता र ईमान्दारी सहकारी संञ्चालनको प्रमुख तत्व भएको बताउनु भयो । उहाँले सहकारीहरुलाई सहकारी मूल्य मान्यताहरुको आधारमा सञ्चालन गर्न सुझाउनु भयो । अध्यक्ष तुलाचनले कर्ममा विश्वास गरेर ईमान्दारीपूर्वक काम गर्न सहकारीका सञ्चालकहरुलाई आग्रह गर्नु भयो । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बोर्डका सञ्चालक प्रकाश अर्यालले सहकारीलाई जीन्दगीको सारथीका रुपमा विकास गर्नु पर्ने बताउनु भयो । हरेक दुःख सुखमा साथ दिने वित्तीय साथीका रुपमा सहकारीलाई स्थापित गर्दै वित्तिय आवश्यकता पुरा गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनीका अध्यक्ष कृष्ण नेपालले सहकारीहरुलाई सदस्यमुखी बनाउनु पर्ने बताउनु पर्नेमा जोड दिनु भयो । जिल्ला सहकारी संघ रुपन्देही सचिव टिका गौतमले सहकारीहरुले आर्थिक सामाजिक रुपान्तरणमा काम गर्नु पर्ने बताउनु भयो ।

सहकारीका सल्लाकार संयोजक ऋषिराम सापकोटाले सहकारीका संञ्चालकहरुलाई प्रशिक्षणको व्यवस्था गर्नु पर्ने बताउनु भयो । बचत तथा ऋण सहकारी संघ रुपन्देही अध्यक्ष प्रकाश भट्टराईले सहकारीहरुलाई मान्यतामा आधारीत बनाउनु पर्ने बताउनु भयो । २०६२ फागुन २६ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएको सहकारीमा ३ सय ५३ जना सेयर सदस्यहरु रहेका छन भने संस्थागत पुँजि ३ लाख ५७ हजार ४ सय १४ रुपैयाँ रहेको छ । कोलिय देवदह साकोस रुपन्देहीकै ठुलो मध्येको एक प्रोबेसन ब्राण्ड प्राप्त सहकारी हो । एकीकरण पश्चात सहकारीको नाम कोलिय देवदह सहकारी नै रहनेछ । कर्मचारीहरु समायोजन हुने, सेयर पुँजी एकीकृत गरीने र कोलिय देवदह साकोसको केन्द्रिय कार्यालय नै कार्यालय रहने एकता संयोजन समितिका संयोजक कृष्ण प्रसाद पौडेले जानकारी दिनु भयो । एकीकरण पश्चात सहकारीलाई थप प्रभावकारी ढंगले अगाडि वढाउने कोलिय देवदह सहकारीका सचिव कृष्ण राज पौडेलले बताउनु भयो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप