सुर्खेतमा सहकारी एकीकरण गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारी एकीकरण गोष्ठी सम्पन्न

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा सहकारी एकीकरण सम्बन्धी गोष्ठी आज सम्पन्न भएको छ । नेफ्स्कूनका संञ्चालक यज्ञ प्रसाद ढकालको अध्यक्षतामा आयोजित गोष्ठीको प्रमुख अतिथि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के.सी हुनुहुन्थ्यो । कार्यक्रमको विशेष अथिति नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र कर्णाली प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजु बस्नेत रहनु भएको थियो अन्य अथितिहरुमा राष्ट्रिय सहकारी बैंकका संञ्चालक हरीहर नाथ योेगी, वीरेन्द्रनगर नगरपालिका सहकारी शाखा प्रमुख टंक लामिछाने, फिल्ड कार्यालय व्यस्थापन उप समिति सदस्य बम बहादुर वि.सी, बल बहादुर नेपाली, लक्ष्मी उपाध्याय लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अथिति कर्णाली प्रदेश सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले सहकारी मार्फत समृद्ध कर्णाली बनाउने संकल्प पुरा गर्न कार्यहरु गरी रहेको धारणा राख्नुभयो । मन्त्री केसीले सहकारी मार्फत कृषिमा कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन नेपालमै पहिलो र सहकारी र सदस्यको लागि निकै महत्वपूर्ण हुने सहकारी मार्फत ब्याज अनुदान कार्यक्रम संञ्चालनमा ल्याएको र उक्त कार्यक्रमका लागि सात करोड रकम विनियोजन गरिएको जानकारी गराउनुभयो । । फरक प्रसङ्गमा मन्त्री केसीले आफु भूमि, कृषि, पशुपन्छी र सहकारी मन्त्री भए पनी सबै भन्दा बढी सहकारी मन्त्री भएकोमा गर्व लाग्ने गरेकोले सहकारीका कार्यक्रमलाई निकै महत्व दिने गरेको धारणा राख्नुभयो । उहाँले पछिल्लो समयमा देशको राजनिति विचलन आए पनि त्यसले सहकारी क्षेत्रमा कुनै असर नपार्ने र सहकारी राजनिति भन्दा माथि हुनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका विशेष अथिति नेफ्स्कूनका महासचिव अधिकारीले उत्प्रेरणामूलक एकीकरणमा संघले जोड दिएको बताउँदै दिगो, सक्षम, गुणस्तरीय र सदस्यका वित्तीय तथा गैर वित्तीय आवश्यकता पुरा गर्न एकीकरण अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले नेफ्स्कूनले कर्णाली प्रदेशका दुर्गम सरहकारी संघ संस्थालाई प्रवर्धन, जागरण र विकास गरी स्वावलम्बी र प्रविधि मैत्री बनाउन आधारशिला कार्यक्रम अघि सारेको दाबी गर्नुभयो । महासचिव अधिकारीले कर्णाली प्रदेशको भौगोलिक विकटता मध्यनजर गर्दै सहकारी अभियान दिगो बनाउन अभियान र प्रदेश तथा स्थानीय सरकारले संयुक्त कार्यक्रम बनाउनु पर्ने बताउनुभयो । कर्णाली प्रदेशको सहकारी अभियानलाई दिगो र संस्थागत बनाउन नेफ्स्कून प्रदेश सरकार, स्थानीय सरकार, सहकारी बैंक अन्य जिल्ला संघ लगायतका सरोकारवालासँग साझेदारी गर्न तयार रहेको समेत महासचिव अधिकारीले बताउनुभयो । 

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजु बस्नेतले सहकारी ऐन नियमा रहेका एकीकरण सम्बन्धी व्यवस्थाहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा वीरेन्द्रनगर न.पा का सहकारी शाखा प्रमुख लामिछाने, सहकारी बैंकका संञ्चालक योगीले शुभकामना मन्तव्य राख्दै कार्यक्रम समय सान्दर्भिक भएको धारण राख्नुभएको थियो । नेफ्स्कूनका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले एकीकरणका सवल पक्ष, एकीकरण सम्बन्धमा सहकारीहरुको बुझाई र सहकारी विभागले भखरै जारी गरेको एकीकरण निर्देशिकाका व्यवस्थाहरु सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । गोष्ठीका सहभागी र सम्बन्धित सरोकारवाला पक्ष बीच अन्र्तरक्रिया समेत भएको कार्यक्रममा सुर्खेत, दैलेख र अछामका गरी ४६ वटा संस्थाका ७८ जनाको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तव्य नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य बम बहादुर वि.सीले राख्नुभएको थियो भने कार्यक्रम संञ्चालन नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमलाले गर्नुभएको थियो । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप