तुलसीपुर उपमहानगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तुलसीपुर उपमहानगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता 

दाङ । दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । 

दाङको तुलसीपुर उप महानगरपालिकामा आज एक कार्यक्रमका बीच आधारशिला कार्यक्रम सम्झौता भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उप प्रमुख माया शर्मा, सहकारी संयोजक एवम् वडा नं ७ का वडाध्यक्ष टोप बहादुर केसी, आर्थिक संयोजक माधव ओली, विपद तथा बाताबरण ब्यवस्थापन संयोजक नवराज लामिछाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुप बहादुर खत्री, प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतम, बित्तीय अधिकृत भिम प्रकाश केसी, सहकारी तथा रोजगार प्रबर्द्धन शाखा प्रमुख कुन्ता भण्डारी लगायतकाहरुको उपस्थिति थियो ।

सम्झौता कार्यक्रम आगामी माघ महिनाबाट लागू हुने सहमति भएको हो । नेफ्स्कूनको रणनीतिक योजनामा समाहित नवीन कार्यक्रम आधारशिलाले स्थानीय तहसँगको सहकार्य तथा साझेदारी मार्फत पिछडिएका सहकारीहरुको प्रवर्द्धन तथा व्यावसायिकता विकास मा पहूँच अभिबृद्धि गर्ने लक्ष्य लिएको छ ।  

उपमहानगरपालिका कार्यालयमा आधारशिला कार्यक्रम कार्यान्वयन विषयक कार्यशाला आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख पाण्डेले नेफ्स्कूनले अघि सारेको आधारशिला कार्यक्रमले खासगरी ग्रामीण क्षेत्रका संस्थाहरुको सुशासन अभिवृद्धि गर्दै गुणस्तरीयता र विश्वसनीयताको जग बलियो बनाउन प्रभावकारी भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले आधारशिला कार्यक्रमले सहकारीहरुलाई मात्र नभई स्थानीय तहको क्षमता विकासमा पनि सहयोग पुर्याउने बताउनुभयो ।नगर प्रमुख पाण्डेले राज्यले महत्व दिएको सहकारीहरुको भूमिकालाई स्थानीय सरकारहरुले पनि बिशेष जोड दिएर सुशासित बनाउने नेफ्स्कूनको अभियानमा हातेमालो गर्नुपर्ने उल्लेख गर्नुभयो । आधारशिला कार्यक्रमको औपचारिक घोषणा पूर्व नै आफुले यस बारेमा जान्ने अवसर पाएको जानकारी गराउँदै नगर प्रमुख पाण्डेले त्यति नै बेला यसको उद्देश्यबाट आफु प्रभावित हुँदै  कार्यान्वयको इच्छा राखेको बताउनुभयो ।

कार्यक्रमका विशेष अथिति नेफ्स्कूनका महासचिव अधिकारीले विशेष गरी पिछडिएको क्षेत्र समेटेर आधारशिला कार्यक्रम सञ्चालन गरिने भएकाले तुलसीपुरका सहकारी संस्थाहरुको प्रवर्धन, विकास र व्यवस्थापमा यो कार्यक्रम कोशेढुंगा सावित हुने दाबी गर्नुभयो । स्थानीय निकाय सँगको समन्वय र साझेदारी मार्फत सहकारीहरुको दिगो विकास र प्रबर्द्धन गर्ने लक्ष्य सहित नेफ्स्कूनले प्रारम्भ गरेको आधारशिला कार्यक्रमको औचित्य र महत्वका बारे नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रकाश पार्नुभएको थियो । उहाँले स्थानीय तहसँगको साझेदारीमा वित्तीय पहुँच अभिबृद्धि, सहकारी संस्थाहरुको दिगो संस्थागत विकास, सञ्जालिकरण र उद्यमशीलता मार्फत सदस्यहरुको जीवनस्तर सुधार गर्ने अभिप्राय राखेर सहकारी क्षेत्रका प्राप्त उपलब्धीहरुको सम्बर्द्धन गर्न आधारशिला कार्यक्रम अगाडि सारिएको बताउनुभयो । महासचिव अधिकारीले कार्यक्रम कार्यान्वयनले स्थानीय सहकारीहरुलाई विभिन्न खाले जोखिमबाट रोक्दै साँच्चिकै समुदाय र सदस्य केन्द्रित सेवा प्रवाहमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

नेफ्स्कूनले स्थानीय निकायसँगको साझेदारी एवम् बहुपक्षीय सहभागितामा आधारशिला कार्यक्रम सञ्चालन गर्ने घोषणा आफ्नो ३३ औं स्थापना दिवसको अवसरमा गत वर्षको साउन ३२ गते गरेको थियो । सोही अनुरुप विभिन्न स्थानीय निकायहरुसँग उक्त कार्यक्रम कार्यान्वयनको सम्झौता भएको छ भने अन्य थुप्रै स्थानीय तहले आधारशिला कार्यक्रम सहकारीहरुको विश्वसनीयता र गुणस्तरीयतासँगै सुशासन अभिवृद्धिका लागि अत्यन्तै महत्वपूर्ण हुने भन्दै कार्यान्वयनको तदारुकता देखाएका छन् ।  कार्यक्रम सहजिकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले गर्नु भएको थियो भने व्यवस्थापन नेफ्स्कून दाङ फिल्ड कार्यालय इन्चार्ज बेद प्रसाद भट्टराईले गर्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२० घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप