३२ हजार सामुदायिक संस्था सहकारीमा रुपान्तरण: अध्ययन प्रतिवेदन हस्तान्तरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३२ हजार सामुदायिक संस्था सहकारीमा रुपान्तरण: अध्ययन प्रतिवेदन हस्तान्तरण 

काठमाडौं । गरिबी निवारण कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाहरु (समूह) लाई सहकारी संस्थामा रुपान्तरणका लागि आपसी सहयोग, सहकार्य, समन्वय र कानुनी आधार तयार गर्न गठित कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन कोषका कार्यकारी उपाध्यक्ष निर्मल कुमार भट्टराई र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याललाई आज संयुक्त हस्तान्तरण गरेको छ ।

६४ जिल्लाका ५ सय ५१ स्थानीय तहमा सञ्चालित ३२ हजार २ सय ७६ सामुदायिक संस्थालाई तीन चरणमा सहकारीमा रुपान्तरण गर्न सकिने विषय प्रतिवेदनमा उल्लेख छ । हाल गरिबी निवारण कोषको करिब १९ अर्ब पुँजी सामुदायिक संस्थामार्फत परिचालन भइरहेको छ । चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत सरकारले गरिबी निवारण कोष अन्तर्गत सञ्चालित ती सामुदायिक संस्थालाई सहकारीमा रुपान्तरण गर्ने घोषणा गरेको थियो । कोषमार्फत प्रवर्धित सामुदायिक संस्थाहरु संघीयता कार्यान्वयनसँगै हाल स्थानीय तहको क्षेत्राधिकार भित्र छन् । ती संस्थाहरुलाई सहकारीमा रुपान्तरणको विषय बजेटमा अटाएसँगै नेफ्स्कूनको तत्परतामा गरिबी निवारण कोषसँग विभिन्न समयमा भएका छलफलपछि विस्तृत अध्ययन गर्न कार्यदल गठनको सहमति भएको थियो ।

अध्ययन कार्यदलमा गरिबी निवारण कोषका उपनिर्देशक अञ्जन न्यौपाने, नेफ्स्कूनका प्रशासन विभाग प्रमुख सञ्जयराज तिमल्सिना, कोषका शाखा अधिकृत कृष्ण न्यौपाने र नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहाल हुनुहुन्छ । कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायतको उपस्थिति थियो ।  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

८ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१० दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१० दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३९ दिन अगाडि

पाठकबाट थप