३२ हजार सामुदायिक संस्था सहकारीमा रुपान्तरण: अध्ययन प्रतिवेदन हस्तान्तरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
३२ हजार सामुदायिक संस्था सहकारीमा रुपान्तरण: अध्ययन प्रतिवेदन हस्तान्तरण 

काठमाडौं । गरिबी निवारण कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाहरु (समूह) लाई सहकारी संस्थामा रुपान्तरणका लागि आपसी सहयोग, सहकार्य, समन्वय र कानुनी आधार तयार गर्न गठित कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन कोषका कार्यकारी उपाध्यक्ष निर्मल कुमार भट्टराई र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याललाई आज संयुक्त हस्तान्तरण गरेको छ ।

६४ जिल्लाका ५ सय ५१ स्थानीय तहमा सञ्चालित ३२ हजार २ सय ७६ सामुदायिक संस्थालाई तीन चरणमा सहकारीमा रुपान्तरण गर्न सकिने विषय प्रतिवेदनमा उल्लेख छ । हाल गरिबी निवारण कोषको करिब १९ अर्ब पुँजी सामुदायिक संस्थामार्फत परिचालन भइरहेको छ । चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत सरकारले गरिबी निवारण कोष अन्तर्गत सञ्चालित ती सामुदायिक संस्थालाई सहकारीमा रुपान्तरण गर्ने घोषणा गरेको थियो । कोषमार्फत प्रवर्धित सामुदायिक संस्थाहरु संघीयता कार्यान्वयनसँगै हाल स्थानीय तहको क्षेत्राधिकार भित्र छन् । ती संस्थाहरुलाई सहकारीमा रुपान्तरणको विषय बजेटमा अटाएसँगै नेफ्स्कूनको तत्परतामा गरिबी निवारण कोषसँग विभिन्न समयमा भएका छलफलपछि विस्तृत अध्ययन गर्न कार्यदल गठनको सहमति भएको थियो ।

अध्ययन कार्यदलमा गरिबी निवारण कोषका उपनिर्देशक अञ्जन न्यौपाने, नेफ्स्कूनका प्रशासन विभाग प्रमुख सञ्जयराज तिमल्सिना, कोषका शाखा अधिकृत कृष्ण न्यौपाने र नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहाल हुनुहुन्छ । कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायतको उपस्थिति थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप