नेफ्स्कून-प्यूठान जिल्ला बचत संघ साझेदारी ;  आजै जिल्ला बचत संघको ८ औं साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून-प्यूठान जिल्ला बचत संघ साझेदारी ;  आजै जिल्ला बचत संघको ८ औं साधारण सभा सम्पन्न

प्यूठान । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) र बचत तथा ऋण सहकारी संघ लि., प्यूठान बीच जिल्ला संघ साझेदारी सम्झौता सम्पन्न भएको छ । जिल्ला संघ सबलीकरण कार्यक्रम अन्तर्गत आज साझेदारी कार्यक्रममा सम्झौता भएको हो । बचत तथा ऋण सहकारी संघ लि प्यूठानको आठौं वार्षिक साधारणसभाको अवसरमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र जिल्ला बचत संघका अध्यक्ष भोज बहादुर बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । यो सँगै अब प्युठान जिल्लामा रहेका  बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक बिकास र स्तरिकरणमा नेफ्स्कून र जिल्ला बचत संघ बीच भएको समझदारी बमोजिम तालिम संचालन गरी व्यवसाय बिस्तारका साथै  स्तरीकरण कार्यक्रम र प्रविधि विकासमा जोड दिइनेछ । 

जिल्ला बचत संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षता एबम् नेफ्स्कुनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सप्पन्न संघ को आठौं वार्षिक साधारणसभामा जिल्ला संघ सचिवले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरज सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कून महासचिव अधिकारीले साकोसहरुमा वित्तीय अनुशासन कायम हुनुपर्ने र व्यावसायिक रुपमा सफल र स्तरीकृत साकोस बन्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि लागि जिल्ला संघले अहम भूमिका खेल्नु पर्ने बताउनु भयो । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रममा सहभागी भएकोमा बधाई दिदैं अब प्यूठान जिल्लाको साकोस अभियानले नयाँ गति लिने र नेफस्कूनले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा साकोसको तर्फबाट बिकास के सि, पवित्रा जि सि , जिल्ला सहकारी संघ का अध्यक्ष बिष्णु योगी, संघ का निबर्तमान अध्यक्ष ॐ भक्त पण्डित फुलवारी साकोसका व्यवस्थापक प्रकाश बैद्य लगायतले जिल्ला संघ नेफ्स्कून साझेदारी कार्यक्रमको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

संघका संचालक केशवराज भण्डारीले सहजीकरण गर्नु भएको कार्यक्रमको ब्यवस्थापन नेफस्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नु भएको थियो । संघका उपाध्यक्ष माया गिरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा नेफ्स्कून दाङ शाखा प्रमुख बेद प्रसाद भट्टराईले साझेदारी कार्यक्रम सम्बन्धी प्रस्तुति गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप