हाम्रो सुपर साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न; खेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो सुपर साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न; खेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीस्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा खेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गर्दै आज सम्पन्न भएको छ । संस्थाको यही पुस १६ गतेदेखि शुरु वार्षिक साधारण सभा २१ गतेसम्म विभिन्न सेवा केन्द्रहरुका साथै सदस्यहरुलाई पायक पर्ने स्थानमा आयोजना भई आज समापन साधारण सभा सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्याल हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख शर्माले हाम्रो सुपर साकोसलाई अधिकांश सदस्यहरुको सहभागितामा साधारण सभा सम्पन्न गर्न सफल भएकोमा बधाई दिदैं संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले सहकारी र त्यसमा पनि मुख्यरुपमा वित्तीय कारोबार गर्ने बचत ऋण सहकारीहरु सुशासनको परिपालक हुनुपर्ने भन्दै हाम्रो सुपरले संस्थागत सुशासनलाई महत्व दिएको आफुले पाएको बताउनुभयो । उहाँले अब हाम्रो सुपरको ध्यान सदस्यहरुलाई उत्पादनमूलक काममा जोड्दै सामाजिक उत्तरदायित्वका काममा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सुशासन, गुणस्तरीयता र सदस्य मैत्री अनि प्रविधिको प्रयोगमा हाम्रो सुपरले जोड दिएको धारणा राख्नुभयो । हालै हाम्रो सुपर साकोस नेफ्स्कूनले प्रदान गर्ने बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी कार्यक्रम प्रोबेशनबाट स्तरीकृत भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अबको ध्यान सेवालाई थप चुस्त र प्रभावकारी बनाउनेतर्फ रहने बिश्वास दिलाउनुभयो ।

आफुले प्रतिनिधित्व गर्ने संस्था समेत भएकोले बरिष्ठ उपाध्यक्ष ढकालले संस्थालाई जिल्लाकै नमूना साकोसको रुपमा विकास गर्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले अबका दिनमा प्रमुख अतिथिले भने झैं सदस्यहरुको सामाजिक र आर्थिक जीवनस्तर उकास्ने खालका बचत तथा ऋणका सेवाहरु मार्फत समुदायको सारथी बन्नुपर्ने बताउनुभयो । सभाले खेमराज सुवेदीको अध्यक्षतामा सञ्चालक समिति र कमल प्रसाद चापागाईको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ ।

कोभिड १९ को महामारीका साथै स्थानीय प्रशासनको सूचनालाई आधार मानी हाम्रो सुपर साकोसको यही पुस १६ गतेदेखि शुरु भएको साधारण सभा कार्यक्रम भटौलिया सेवा केन्दमा पहिलो दिन, जिमिरेभार सेवा केन्द्रमा १७ गते, पञ्चनगर सेवा केन्द्रमा १८ गते, बाँकी ३ दिन चिसा पानी दुर्गा मन्दिरमा गरी २१ गतेसम्म आयोजना गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप