कास्कून-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया;सुशासन पहिलो प्राथमिकता  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कून-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया;सुशासन पहिलो प्राथमिकता  

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र न्यूरोड क्षेत्रमा संचालित साकोसका व्यवस्थापन प्रमुखहरुबीच आज सामयिक बिषयहरुमा सघन अन्तरक्रिया भएको छ । नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न आजको कार्यक्रममा काठमाडौंको मुटु मानिएको न्यूरोड क्षेत्रका २९ साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो । कास्कूनले पछिल्लो समयमा आफ्नो सेवा व्यवासय प्रवर्धनसँगै बचत तथा ऋण सहकारी अभियानका महत्वपूर्ण विषयहरुमा सदस्य संस्था, सञ्जालका उपल्ला निकाय एवम् सरोकारवालाहरुसँग छलफल र बहसपैरवीलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ । यसै सिलसिलामा आजको कार्यक्रम आयोजना गरिएको कास्कूनले जनाएको छ ।

कास्कूनका अध्यक्ष एवम् नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले अध्यक्षता गर्नुभएको कार्यक्रममा कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाई, सञ्चालक विरेन्द्र भण्डारी, व्यवसाय प्रवर्धन उपसमिति सदस्य देवराज न्यौपाने, नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यालय न्युरोड व्यवस्थापन उपसमिति सदस्य ठाकुरनाथ आचार्य, नेफ्स्कून फिल्ड कार्यालय न्युरोडका ईन्चार्ज मनोज कार्की लगायतको उपस्थिति थियो ।  

कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्ण आचार्यले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहभागी व्यवस्थापन प्रमुखहरुले कास्कून–नेफ्स्कून साझेदारीका विषयहरु, साकोसहरुको संचालनमा साझेदारीको भूमिका, सन्दर्भ व्याजदर, नियमनकारी निकायका गतिविधिहरु, न्युरोड क्षेत्रका साकोसहरुमा कोभिड १९ को प्रभाव र संघहरुको उपस्थिति लगायत विषयमा राख्नुभएको जिज्ञासाहरुको सम्बोधन संघका उपसमितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, संचालक, कोषाध्यक्ष, अध्यक्ष एवम् नेफ्स्कूनका विभागीय प्रमुखले गर्नु भएको थियो । कास्कूनका अध्यक्ष दिपक पनेरुले अभियानले झोलाका झोला पैसा नबाढ्ने र संस्थाको सबै भारी पनि नबोक्ने भन्दै आवश्यक परेको बेलामा शसक्त विचार र सम्झन लायक व्यवहार प्रदर्शन गर्ने बताउनुभयो । त्यस्तो सटिक अभिव्यक्ति र स्मरणीय व्यवहार नै सदस्यहरुका लागि अचुक हुने दाबी उहाँको थियो ।

अध्यक्ष पनेरुले राज्यले जारी गरेका सहकारी ऐन, नियमावली, मापदण्ड, निर्देशिका र कानुनहरुको पालना र प्रयोग गरी संस्थालाई सुशासनमा संचालन गर्नु पर्ने धारणा राख्नु भयो । नेफ्स्कून–जिल्ला संघ साझेदारी कार्यक्रमले जिल्ला संघलाई जिम्मेवार, सक्षम र उत्तरदायी बनाउन र पहुँच विस्तार गर्ने काम भएको उहाँले जानकारी गराउनु भयो । जिल्ला संघको संरचना संघीय र प्रादेशिक ऐनहरुमा स्पष्ट रहेको भन्दै अध्यक्ष पनेरुले तिनको भावना अनुरुप अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै भविष्यमा संरचनागत फेरबदल भएमा पनि प्रदेश वा नेफ्स्कूनसंग समाहित हुँदा पनि कुनै प्रलय नहुने भन्दै सदस्य र सम्भावित सदस्यहरुलाई आश्वस्त तुल्याउनुभयो । उहाँले सबै साकोसलाई निश्चिन्त रही कास्कूनमा आबद्ध हुन हार्दिक आग्रह समेत गर्नुभयो । त्यस्तो सहभागिता केबल कास्कूनका लागि मात्र फलदायी हुने नभई सहकारिताको सिद्धान्त र मर्म अनुरुप हुने र त्यसले 'विनविन' को अवस्था सृजना गर्ने दाबी गर्नुभयो । कार्यक्रम संचालन कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप