विपतमा सहकारीको भूमिका प्रशंसनीयः नेफ्स्कून अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विपतमा सहकारीको भूमिका प्रशंसनीयः नेफ्स्कून अध्यक्ष

भक्तपुर । बचत तथा ऋण सहकारीहरुमा सञ्चालित एशियाली स्तरको स्तरीकरण (ब्रान्डिङ) कार्यक्रम एक्सेसमा आवद्ध दोश्रो ब्याचका ८ वटा संस्थाहरुबीच कार्यकुशलता सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीको ३० औं श्रृङ्खला सम्पन्न भएको छ । 
सामुहिक साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रमुख अतिथी नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, विशिष्ट अतिथि भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोबिन्द लाखाजु लगायतका ८ वटा संस्थाबाट ३९ जनाको उपस्थिती रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि परितोष पौड्यालले विपदले निम्त्याएको अप्ठ्यारो अवस्थाबाट मुक्ति पाउन एफ डब्लु राइफाइसनले आत्म सहयोग , स्वः अनुशासन, सुशासन र स्वः जिम्मेवारीको अवधारणामा आधारित जिवनपद्धतीको विकासका लागि बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरेको इतिहाँसलाई सम्झदै कोभिड १९ को विश्वव्यापी महामारीको प्रभावबाट संस्था र सदस्यलाई जोगाउन सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सहकारी अभियान ठूलो हुँदै जाँदा यसमा निहित जोखिमको मात्रा पनि बढ्दै जाने भएकोले अवको आवश्यकता स्तरीकरणसँगै स्थिरीकरण अघि बढेमा मात्र सहकारी अभियान मजवुत हुने भएकोले स्थिरीकरण कोषमा योगदानको लागि कुनै शंका नगर्न पनि उहाँले बताउनुभयो ।  

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले नेफ्स्कूनले सहकारी अभियानलाइ आवश्यक प्रविधियुक्त वित्तीय सेवाका लागि एकिकृत प्रणालीको आवश्यकता रहेको, अन्तरसहकारी भुक्तानी प्रणालीको स्थापना, सम्पत्ति शुद्धिकरण निवारणको रिपोर्टिङ, कोपोमिस रिपोर्टिङ लगायतका सम्पूर्ण नियामकिय रिपोर्टिङ, डाटा सुरक्षा र आइ टी अडिट लगायतका व्यवस्थामा परामर्शदातामार्फत रिसर्च भइसकेको र प्रविधिमा लगानीका लागि नेफ्स्कून अन्तिम चरणमा पुगेको बताउनुभयो । साथै सहकारी अभियानको संस्थागत विकासका लागि अति आवश्यक कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, सहकारी बचत तथा कर्जा सुरक्षण कोषका नमुना कार्यविधि बनाई मन्त्रालयमा बुझाइसकिएको बताउनुभयो । 
    
बचत तथा ऋण सहकारी संस्थाहरुको असल अभ्यास सिकाई आदानप्रदानका क्रममा हरेक संस्थाहरुले विपतमा पनि संस्था सञ्चालन गर्नको लागि जोखिम व्यवस्थापन कार्यदल बनाएको, व्यवसाय निरन्तरता योजना बनाएको, सदस्य हितका कार्यक्रमहरु— स्वास्थ्य सुरक्षाको मापदण्डको पालना सहितको वित्तीय सेवा, अति जोखिममा परेका सदस्यलाई घरदैलो वित्तीय सेवा, सदस्यहरुको कोभिड बीमा, स्वास्थ्य सचेतना, व्यवसाय निरन्तरता सहुलियत ऋण, पौष मसान्तसम्म हर्जानामा पुरै छुट लगायतका सदस्य सुरक्षा र सहुलियतका कार्यक्रमहरु सञ्चालन गरेको सहभागिहरुले बताउनुभएको थियो । साथै महामारीमा संस्थामा भौतिक उपस्थितीबिना नै सदस्यलाई सहज सेवाका लागि प्रविधिमैत्री सेवाहरु मिस्डकल बैंकिङ, मोबाइल बैंकिङ सेवाहरुलाई निशुल्क गरिएको, विशेषताहरु थप गरिएको बताउनुभएको थियो । यी असल अभ्यासहरुका बाबजुद राज्यले सहकारीलाई सदस्यमैत्री र सदस्यहरुको हितका लागि आव्हान गरिरहँदा संस्था र सदस्यको सुरक्षाको लागि राज्यको तर्फबाट कुनै सहुलियतपूर्ण पूँजी कोषको निर्माण र वितरण माध्यमको रुपमा सहकारीलाई नलिँदा वास्तविक असर परेका व्यक्तिहरुसम्म सो रकम पुग्न नसकेको विषयमा पनि छलफल भएको थियो । उद्यमी सदस्यहरु र संभावित उद्यमी सदस्यहरु व्यवसायमा लगानी र विस्तारमा पर्ख र हेर मा बसेको र धेरै सदस्यहरुले मुद्धती बचतमा राखी त्यसको प्रतिफललाई मात्र जोड दिने गरेकाले हाल संस्थामा तरलताको प्रतिशत बढी भएको र सोको समाधानका लागि माघबाट सदस्यहरुलाई उद्यमशिलता तालिम सञ्चालनको योजना रहेको सहभागिहरुले बताउनुभयो । साथै संस्थाहरुमा गो एमएल कार्यान्वयनका लागि कर्मचारीहरुको क्षमता विकास र सञ्चालकहरुलाई समेत सो सम्बन्धि ज्ञान सीपका लागि क्षमता विकासका तालिम सञ्चालन गर्ने निर्णय भएको छ । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप