हाम्रो एकीकृतको चौथो स्थापना दिवस तथा अर्धवार्षिक समिक्षा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो एकीकृतको चौथो स्थापना दिवस तथा अर्धवार्षिक समिक्षा सम्पन्न 

काठमाडौं । स्वयम्भू स्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले एकीकरण पश्चात चौथो स्थापना दिवस मनाएको छ । २०७४ माघ ११ गते काठमाडौंका विभिन्न ठाउँमा सञ्चालित पाँच साकोसः आमा, जिविकोपार्जन, पिसल्याण्ड, शिक्षा र सहभागिता साकोस बीच एकीकरण पश्चात बनको हाम्रो एकीकृत साकोसले ३ वर्ष पुरा गरि चौथो वर्षमा प्रबेश गरेको हो । 

स्थापना दिवसको अवसर पारेर हिजो केन्द्रीय कार्यालय स्वयम्भूमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच संस्थाको आ व २०७७/०७८ को अर्धवार्षिक समिक्षा सहित आगामी छ महिनाका लागि व्यावसायिक रणनितिहरु समेत तय गरेको थियो । 
नेफ्स्कूनका अध्यक्ष समेत रहनुभएका संस्थाका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका सल्लाहाकार, विभिन्न सेवाकेन्द्रका व्यवस्थापन उपसमिति सदस्य, विभिन्न विषयगत समितिहरु, लेखा सुपरिबेक्षण समिति तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । 

कार्यक्रममा सहभागी बक्ताहरुले विश्यव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण व्यवसायमा परेको कठिनाइको सामना गर्दै संस्थाले सदस्य सेवा प्रभावकारीतामा विशेष जोड दिएको स्पष्ट पार्नुभयो । नीति, विधि र प्रविधि प्रयोगमा प्राथमिकीकरण, सेवाको प्रविधिकरण मार्फत सदस्य सन्तुष्टी र व्यवसाय बृद्धिमा संस्थाको क्रमिक विकास भईरहेको जानकारी गराउँदै संस्थाको गतिशिलतालाई थप बृद्धि गर्न सबैको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा अर्धबार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत योगेन्द्रबहादुर साउदले आ व २०७७/०७८ को हाल सम्मको उपलव्धी बारे प्रकाश पार्नुभएको थियो । संस्थाले गत ६ महिनामा करिव ५१ प्रतिशतले पुँजीबृद्धि गर्दै ३१ करोडको वासलात पुरा गरेको छ भने आगामी अषाढ मसान्त सम्ममा करिव ५० करोडको कुल वासलात बनाउने लक्ष्य तय गरिएको जनाएको छ । 

स्थापना दिवसको औपचारिक कार्यक्रम मार्फत संस्थाले आफ्नो नियमित सेवालाई सार्वजनिक विदामा समेत सञ्चालन गर्ने गरि नयाँ कार्यालय समय तालिका सार्वजनिक गरेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत साउदले आजकै मितिदेखि हप्ताको सातै दिन सदस्यहरुले संस्थाका सबै कार्यालयहरुबाट सेवा पाउने जानकारी गराउनुभएको थियो ।  
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२० घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप