जनचाहना साकोसको एकीकृत कारोबार सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनचाहना साकोसको एकीकृत कारोबार सुरु

मोरङ । जिल्लाको लेटाङ नगरपालिका वडा नं २ स्थित  ५ वटा एकै प्रकृतिका फडानी, जनचाहना, गोदावरी, खैरेनी र धोबी बचत तथा ऋण सहकारी संस्थाहरु एकीकरण भई जनचाहना बचत तथा ऋण सहकारी संस्थाको नामबाट विधिवत कारोबार प्रारम्भ भएको छ । हिजो एक कार्यक्रमका बिच एकीकृत कारोबारको विधिवत् शुभारम्भ भएको हो । एकीकरण संगै अब संस्थाको सेयर पुँजी ५ करोड ८ लाख १९ हजार ७ सय, ६० करोड ५ लाख ९८ हजार ९४९ रुपैंया निक्षेप भएको छ भने ४९ करोड २२ लाख ४९ हजार ४०६ रुपैंया ऋण लगानी रहेको छ । त्यसैगरी ३ करोड ५३ लाख १५ हजार जगेडा कोष पुगेका छ भने ७ हजार ६० सेयर सदस्य, १९३२ बाल बचतकर्ता र २२ जना कर्मचारी पुगेको एकिकरणपछिको संस्थाका सह ब्यवस्थापक टंकबहादुर मच्कोटीले जानकारी दिनु भएको छ । नेकोस प्लस सफ्टवेयरद्धारा आजबाट सबै सेवा केन्द्रबाट कारोबार सुरु गरिने र अन्य आन्तरिक ब्यवस्थापन क्रमशः गर्दै देशको चिनिदो र चुनिदो संस्था निर्माणका निमित्त समुदायमा आधारित रही नीति, विधिर प्रबिधि मार्फत सदस्यलाई भरपर्दो वित्तीय सेवा दिई सबै वित्तीय कारोबारको केन्द्रको रुपमा एकीकृत संस्था रहने प्रतिबद्धताका साथ ३ महिना भित्र सबै सेयर सदस्यको उपस्थितमा एकीकृत साधारण सभा सम्पन्न गर्ने लक्ष्य संस्थाले लिएको छ । एकीकरण पश्चात सफ्टवयर मार्फत एकीकृत कारोबारका लागि नेफ्स्कून सूचना प्रविधि र एक्सक्लुसिभ माइण्डज् को टीमले सहजीकरण गरेको थियो । 

संस्थाको नाम एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था परिवर्तन गर्दै संस्थाको संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन गरी संस्थालाई थप अग्रगतिका साथ संचालन गर्ने संस्थाका अध्यक्ष हेरम्बराज भट्टराईले जानकारी दिनुभयो ।

संस्थाको तदर्थ समितिका अध्यक्ष हेरम्बराज भट्टराईको अध्यक्षता साथै निवर्तमान संघीय सासंद घनश्याम खतिवडाको प्रमुख आतिथ्यता, लेटाङ नगरपालिकाका मेयर शंकर राईको बिशिष्ट आतिथ्यता, लेटाङ नगरपालिका उपमेयर कृष्ण कुमारी निरौला, राष्ट्रिय सहकारी मंहासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, प्रदेश सहकारी रजिष्टार कार्यलयका रजिष्ट्रार बलराम निरौला,  प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, लेटाङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहालको बिशेष आतिथ्यता जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौला, जिल्ला सहकारी संघका संचालक सदस्य अमृत गुरुङ लेटाङ नगरपालिकाका वडा अध्यक्ष तेज प्रसाद तिम्सिना, नेफ्स्कूनका  निवर्तमान कोषाध्यक्ष केशब प्रसाद पोखरेल, जिल्ला संघ संस्थापक अध्यक्ष, पूर्व गाबिस अध्यक्ष चन्द्र प्रसाद गौतम साथै अन्य अतिथि, तदर्थ संचालक समिति, लेखा सुपरिवेक्षण समिति, बिबाद समाधान समिति, सम्पत्ति मुल्याङ्न समिति र सबै संस्थाका पूर्व संचालक समिति, पूर्व लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, र उच्च व्यवस्थापनको उपस्थितमा संस्थाको मुख्य कार्यालय लेटाङ–२, फडानीमा भएको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रम कार्यक्रम सम्पन्न गरिएको छ ।

एकीकृत कारोबार प्रमुख अतिथिले पानसमा बत्ति बाली, रजिष्ट्रार बलराम निरौलाद्धारा कम्प्युटरबाट एकीकृत सफ्टवेयर खोलेर तथा अन्य अतिथिहरुबाट ब्यानरमा हस्ताक्षर गरी शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा उपस्थितलाई तदर्थ समितिका उपाध्यक्ष इश्वर प्रसाद घिमिरेले स्वागत गर्नुभएको थियो भने संस्था एकीकरण पछि हाल सम्म आइपुग्दाको अवस्था बारेमा संस्था मुख्य ब्यवस्थापक पारस लुइटेलले प्रस्तुति गर्नुभएको थियो । प्रमुख अतिथि धनश्याम खतिवडा, बिशिष्ट अतिथि शंकर राई, बिशेष अतिथि कृष्ण कुमारी निरौला, रमेश प्रसाद पोखरेल, बलराम निरौला साथै अतिथिहरुमा सोमनाथ निरौला र तेज प्रसाद तिम्सिनाले शुभकामना मनतब्य राख्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका कोषाध्यक्ष सुरेश अधिकारीले संचालन गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप