थानकोट महिला जागरण साकोसको आयोजनामा विक्री मेला तथा प्रदर्शनी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
थानकोट महिला जागरण साकोसको आयोजनामा विक्री मेला तथा प्रदर्शनी सम्पन्न

काठमाडौं । चन्द्रागिरी नगरपालिका ३, थानकोट इमाखेल स्थित थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७७ माघ ११ र १२ गते त्यसै संस्थाका उद्यमशील शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरुको विक्री मेला तथा प्रदर्शनी इमाखेलमा सम्पन्न भएको छ । आफ्ना शेयर सदस्यहरुलाई उत्पादनशील कार्यमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले विक्री मेला तथा प्रदर्शनी आयोजना गरिएको उक्त संस्थाकी व्यवस्थापक विपना महर्जनले बताउनुभयो । विक्री मेला तथा प्रदर्शनीमा सोही संस्थाका १५ जना शेयर सदस्यहरुका १० वटा स्टल राखिएका थिए । त्यस मेला तथा प्रदर्शनीमा चन्द्रागिरि नगरपालिकाका स्थानीय उद्यमी तथा उक्त संस्थाका २१ जना शेयर सदस्यहरुहरुले उत्पादन गरेका तरकारी, अचार, च्याऊ, हाँस तथा बट्टाईका अण्डाा,  ह्याण्डिक्राफ्टका सामाग्री , योमरी, छोइला, टोपी, मोजा र डल्ला तथा झोल सावुन राखिएको थियो । स्थानीयबासी लगायतको उल्लेख्य सहभागिता रहेको सो मेला तथा प्रदर्शनीमा पहिलो दिन ६० हजार रुपैया बराबरको र दोस्रो दिन पनि त्यही हाराहारीमा सामाग्री विक्री भएको आयोजकको भनाई छ ।

सोही संस्थाको आयोजना तथा सबा नेपाल र लुमन्ती आवासका लागि सहयोग समूहको प्राविधिक सहयोगमा गत महिना २ चरणमा सम्पन्न ‘पर्थ सम्पदा उद्यमशील विकास तालिमको सफल अभ्यास’  मा सहभागी त्यसै संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्री मेला तथा प्रदर्शनीमा राखिएका थिए । दीप प्रज्वलन गरी सोही संस्थाकी अध्यक्ष सपना श्रेष्ठले उक्त मेला तथा प्रदर्शनीको शुभारम्भ गर्नु भएको थियो ।

आर्थिक वर्ष २०७७र०७८ मा २,६०० सय जना शेयर सदस्य , १ करोड ४९ लाख रुपैया शेयर पूँजी र १६ करोड रुपैया कूल कारोवार पु(याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको यस संस्थामा २०७७ माघ १२ गतेसम्म शेयर सदस्य संख्या २,३०० , शेयर पूँजी रु.१ करोड २० लाख , निक्षेप संकलन रु.१० करोड ८० लाख , कर्जा लगानी रु.९ करोड ८० लाख , जगेडा तथा अन्य कोष रु.१ करोड ३६ लाख र कूल कारोवार रु.१३ करोड ८१ लाख रहेको उक्त संस्थाकी व्यवस्थापक महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो ।

स्थानीय समुदायमा आधारित उक्त संस्थाको २०७७ मंसीर ४ देखि १५ गतेसम्म सहकारी विभागको सहकारी संघरसंस्थाको साधारणसभा समन्धी निर्देशन पालना गरी १४औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
सहकारी सञ्जाल बाट साभार ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप