थानकोट महिला जागरण साकोसको आयोजनामा विक्री मेला तथा प्रदर्शनी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
थानकोट महिला जागरण साकोसको आयोजनामा विक्री मेला तथा प्रदर्शनी सम्पन्न

काठमाडौं । चन्द्रागिरी नगरपालिका ३, थानकोट इमाखेल स्थित थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७७ माघ ११ र १२ गते त्यसै संस्थाका उद्यमशील शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्रीहरुको विक्री मेला तथा प्रदर्शनी इमाखेलमा सम्पन्न भएको छ । आफ्ना शेयर सदस्यहरुलाई उत्पादनशील कार्यमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले विक्री मेला तथा प्रदर्शनी आयोजना गरिएको उक्त संस्थाकी व्यवस्थापक विपना महर्जनले बताउनुभयो । विक्री मेला तथा प्रदर्शनीमा सोही संस्थाका १५ जना शेयर सदस्यहरुका १० वटा स्टल राखिएका थिए । त्यस मेला तथा प्रदर्शनीमा चन्द्रागिरि नगरपालिकाका स्थानीय उद्यमी तथा उक्त संस्थाका २१ जना शेयर सदस्यहरुहरुले उत्पादन गरेका तरकारी, अचार, च्याऊ, हाँस तथा बट्टाईका अण्डाा,  ह्याण्डिक्राफ्टका सामाग्री , योमरी, छोइला, टोपी, मोजा र डल्ला तथा झोल सावुन राखिएको थियो । स्थानीयबासी लगायतको उल्लेख्य सहभागिता रहेको सो मेला तथा प्रदर्शनीमा पहिलो दिन ६० हजार रुपैया बराबरको र दोस्रो दिन पनि त्यही हाराहारीमा सामाग्री विक्री भएको आयोजकको भनाई छ ।

सोही संस्थाको आयोजना तथा सबा नेपाल र लुमन्ती आवासका लागि सहयोग समूहको प्राविधिक सहयोगमा गत महिना २ चरणमा सम्पन्न ‘पर्थ सम्पदा उद्यमशील विकास तालिमको सफल अभ्यास’  मा सहभागी त्यसै संस्थाका शेयर सदस्यहरुले उत्पादन गरेका सामाग्री मेला तथा प्रदर्शनीमा राखिएका थिए । दीप प्रज्वलन गरी सोही संस्थाकी अध्यक्ष सपना श्रेष्ठले उक्त मेला तथा प्रदर्शनीको शुभारम्भ गर्नु भएको थियो ।

आर्थिक वर्ष २०७७र०७८ मा २,६०० सय जना शेयर सदस्य , १ करोड ४९ लाख रुपैया शेयर पूँजी र १६ करोड रुपैया कूल कारोवार पु(याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको यस संस्थामा २०७७ माघ १२ गतेसम्म शेयर सदस्य संख्या २,३०० , शेयर पूँजी रु.१ करोड २० लाख , निक्षेप संकलन रु.१० करोड ८० लाख , कर्जा लगानी रु.९ करोड ८० लाख , जगेडा तथा अन्य कोष रु.१ करोड ३६ लाख र कूल कारोवार रु.१३ करोड ८१ लाख रहेको उक्त संस्थाकी व्यवस्थापक महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो ।

स्थानीय समुदायमा आधारित उक्त संस्थाको २०७७ मंसीर ४ देखि १५ गतेसम्म सहकारी विभागको सहकारी संघरसंस्थाको साधारणसभा समन्धी निर्देशन पालना गरी १४औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
सहकारी सञ्जाल बाट साभार ।
 
भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप