नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सम्पन्न

दाङ्ग । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय दाङ्गको आयोजनामा दाङ्गको घोराहीमा एक दिने नेफ्स्कून सेवा तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।
नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति संयोजक तथा नेफ्स्कून सञ्चालक सन्दिप सापकोटाको अध्यक्षता र नेफ्स्कूनका  महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिती दाङ्गका सदस्यहरु,  जिल्ला बचत तथा ऋण सहकारी संघ दाङ्गका पदाधिकारीहरु र जिल्लाका ३६ वटा बचत तथा ऋण सहकारी संस्था का ५५ जना अध्यक्ष तथा व्यपस्थापकहरुको उत्साहजनक सहभागीता थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ दाङ्गका अध्यक्ष गोबिन्द प्रसाद शर्मा, घोराही उ.म.न.पा. सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाल लगायतले नेफ्स्कूनले साकोस विकासमा महत्वपूर्ण भुमीका खेलेको बताउनु भयो । नेफ्स्कून महिला सशक्तिकरण उपसमिति सदस्य हुमा डि.सी., नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य हेमन्त योगी, अञ्जन कुमार पौडेल, शिवध्वज मल्ल, धिरेन्द्र कुमार शाक्य, रमा आचार्य  लगायतले नेफ्स्कूनले साकोसहरुका लागी दिने सेवा तथा व्यवसायको बारेमा जानकारी दिन आज कार्यक्रम राखिएको भन्दै खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कून महासचिव दामोदर अधिकारीले सदस्यहरुको जीवनस्तर सुधार गर्नु नै सहकारीको अन्तिम लक्ष्य भएको र यसमा कसैले पनि कुनै पनि सम्झौता गर्न नपाइने बताउनु भयो । वित्तिय सहकारीमा जतीबेला पनी संकट आउन सक्ने भएकोले यसमा एकदमै सजक हुनुपर्ने बताउनु भयो । स्थिरीकरण कोष र सहकारी प्रर्वद्धन कोष सहकारीको हितको निम्ती भएकोले यसमा सहभागी हुन समेत महासचिव अधिकारीले आग्रह गर्नु भयो । नेफ्स्कूनको सेवा तथा व्यवसायमा सकृय सहभागीता जनाउन आग्रह गर्दे स्तरीयकरण कार्यक्रमहरु कर्बस , प्रोबेसन तथा एक्सेस कार्यक्रममा सहभागीता जनाई साकोसलाई गुणस्तर बनाउन आग्रह समेत गर्नु भयो ।
ंकार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम संयोजक सन्दिप सापकोटाले नेफ्स्कूनका विभिन्न सेवा तथा व्यवसायमा सकृय सहभागीताको लागी अनुरोध गर्नु भयो ।  साकोसका म्यानेजरहरु लाई लक्षीत गर्दै साकोस सफलताका प्रमुख खम्बाहरु म्यानेजर भएकोले आफ्नो व्यवस्थापकिय क्षमता बृद्धि गर्दै साकोस सञ्चालनमा सफलता प्राप्त गर्न आग्रह गर्नु भयो । प्लना पोलीसी र प्रोग्रामको बारेमा चर्चा गदै सञ्चालक सापकोटाले अबको युवा पुस्ता साकोस मार्फत युवा उद्यमी बन्नु पर्ने र देशको अर्थतन्त्रमा मजब्द पार्नु पर्नेमा जोड दिनु भयो ।  फिल्ड व्यवस्थापन उपसमिति सदस्य भरत बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेफ्स्कूनको सेवा तथा व्यवसायको बारेमा  नेफ्स्कून दाङ्ग फिल्ड कार्यालयका इन्चार्ज बेद प्रसाद भट्टराईले बिशेष प्रस्तुती प्रस्तुत गर्नु भएको कार्यक्रमको सञ्चालन तथा सहजिकरण नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमितिका सदस्य एवम जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रुप बहादुर खत्रीले गर्नु भएको  थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप