पोखरेली सहकारीकर्मी थापाको साइकलप्रेम र G-9 समूह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरेली सहकारीकर्मी थापाको साइकलप्रेम र G-9 समूह

उमेरले उहाँ ६५ उक्लिनुभयो । शरीरबाट रोग केही वर्ष अघि नै डेरा सर्यो । टेलिफोन संवादमा आवाज दर्बिलो सुनिन्छ । भ्रमणको पारखी उहाँ अझै पनि दैनिक ठाउँ फेरी फेरी पोखराका प्रत्येक चोक, गल्ली, थुम्काथुम्की पुग्नुहुन्छ । जीवनको दोश्रो इनिङ्गसमा समेत उहाँमा स्फूर्ति र ताजगी भरपूर छ । यी सबै सकारात्मकताको कारक तत्व मान्नुहुन्छ– विगत ८ वर्षदेखि नियमित बनेको उहाँको साइकल यात्राको शारिरीक अभ्यास । 

कास्कीको पोखरा- १५ रामबजारका साइकलप्रेमी सहकारीकर्मी निरज थापा रहरले सुरु गरेको साइकल यात्रा अब दैनिकी बनेको स्वीकार्नु हुन्छ ।  यसले आफुलाई नयाँ जीवन प्रदान गरेको उहाँ बताउनुहुन्छ । पोखरा- १५ रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थापा भन्नुहुन्छ, “साइकल चढ्नु करिब ६ महिना अघिसम्म मलाई सुगर र प्रेसर थियो, चिकित्सकको सल्लाहमा औषधि पनि खाएँ तर जब साइकल चढ्न शुरु गरेँ, त्यसको केही समयपछि रोग अलप भयो ।”

शारिरिक व्यायाम आज धेरै वयस्कहरुको रहर र अधिकांश पाकाहरुको  बाध्यता बनेको छ । ‘मर्निङ वाक् र जगिङ’ संस्कृतिको पर्याय बन्न थालेको छ । शारीरिक अभ्यासका नवीन काइदाहरु अभ्यासमा छन् । यस्तोमा थापाको ध्यान साइकलको पाङ्ग्रातर्फ गुड्यो । “हिजोआज स्वास्थ्य सम्बन्धी विभिन्न रोगबाट मानिसहरु प्रताडित छन् । मसालेदार खानपान र सौखिन जीवनशैलीका कारण रोगको रापले धेरैलाई पोलिरहेको छ, ” उहाँ भन्नुहुन्छ, “यस्तोमा नियमित साइकल चढ्नाले रोग लाग्नबाट बचाउने मात्र होइन लागेको रोग पनि निको पार्छ । हुनत् साइकल नै चढ्नुपर्छ भन्ने छैन तर यो उत्तम छ । ” शारिरीक व्यायामहरुमध्ये पौडीलाई सबैभन्दा उत्तम मानिन्छ भने दोस्रोमा साइकल यात्रा (साइक्लिङ) पर्ने थापाले सुनाउनुभयो । भन्नुहुन्छ, “स्वास्थ्य, वातावरण, पर्यटन–के मात्र फाइदा छैन साइकल यात्राको ?”

स्याङजाबाट पोखरा झरेको थापा परिवार विगत ६ दशकदेखि पोखरामा स्थायी बसोबासरत छ । नियमित साइकल चढ्ने थापा र उहाँका साइकलप्रेमी सखाहरु मिलेर एउटा समूह समेत गठन गर्नुभएको छः G-9 । शुरुमा ९ जनाको समूह बनेकोले G-9 नामाकरण गरेपनि अहिले सदस्य बढेको थापा सुनाउनुहुन्छ । उक्त समूह प्रत्येक बिहान साढे ५ बजेदेखि करिब ८ बजेसम्म नियमित १५ देखि २० किलोमिटरसम्म साइकल यात्रामा निस्कन्छ । यात्राको बिशेषता भनेको समूहका सबै सदस्य सहकारीकर्मी हुनुहुन्छ र उहाँहरु प्रत्येक दिन फरक ठाउँ पुग्नुहुन्छ 'Help Environment and Tourism' भन्ने नारा नै तय गरेको छ उक्त समूहले ।

श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, चिन्तामणि बाँस्तोला, प्रकाश बज्राचार्य, अनिल श्रेष्ठ, तुलसी कुमार श्रेष्ठ, मनोज कुमार श्रेष्ठ, विष्णु तण्डुकार, मोहन सिंह लालचन, विनोद श्रेष्ठ लगायतको साइकलप्रेमीहरुको समूह करिब ६ वर्षअघि बनेको हो । समूहमा थापासँगै श्याम कृष्ण र विनोद  अध्यक्ष हुनुहुन्छ भने चिन्तामणि सचिव, रामनारायण श्रेष्ठ निवर्तमान अध्यक्ष, प्रकाश निवर्तमान सचिव र तुलसी कुमार निवर्तमान कोषाध्यक्ष हुनुहुन्छ । बाँकी सेयर सदस्य हुनुहुन्छ । यसरी सहकारीकर्मीहरुबीचको साइकल सहकार्यले अभियानलाई पनि पक्कै सहयोग पुर्याएको विश्वास गर्न सकिन्छ ।

साइकलसँगको यतिलामो संगतले उहाँलाई पोखराका प्रायः सबै समथर भूभाग, गल्ली, चोक हुँदै विकट तर रमणीय डाँडाकाँडा, खोल्सा खाल्डाहरुसँग साइनो जोडिदिएको छ । लत जस्तै बनिसकेको थापाको साइकल यात्रा सिकलेस, सिरुबारी, सोरेक हुँदै लुम्बिनी र रारासम्म पुगेको छ । रारा भ्रमण भने पूर्णत साइकल मात्र नभई बस र साइकलको मिश्रण भएको थापाले जानकारी गराउनुभयो । उहाँ भन्नुहुन्छ, “वातावरण, पर्यटन र स्वास्थ्यका लागि साइकल ।” थापासँग हाल जाइन्ट कम्पनीको माउन्टेन वाइक छ । ७ वर्षदेखि एउटै साइकल चढिरहेको उहाँ सुनाउनुहुन्छ, त्यतिबेला करिब ६५ हजार रुपैयाँमा किन्नुभएको थियो थापाले । हाल G-9 समूहका सदस्यहरुसँग १ लाख १५ हजार रुपैयाँसम्मको साइकल छ ।

साइकल भन्दा अघि सुरु भएको थियो थापाको सहकारी यात्रा । सुन्दा दोहोरिने बाक्य भएपनि खासमा थापा र उहाँका मन मिल्दा मित्रहरुले सहकारीको परिकल्पना गर्दाको उद्देश्य थियो–पिछडिएको बैंक तथा वित्तीय संस्थाहरुसँग पहुँच नपुग्ने वर्गहरुलाई पनि आर्थिक सामाजिक गतिविधिमा सक्रिय बनाइ जीवनस्तरमा थोरै भएपनि परिवर्तन ल्याउनुपर्छ । यसैकारण  २०६१ सालमा संगम सहकारीको जन्म भयो । सामूहिक छलफलले सहकारीतर्फ डोहोर्याएको थापाको ठम्याइ छ । “२१ हितैषीको प्रारम्भिक भेलाले प्रक्रिया अघि बढयौं र पछि ६० जना मिलेर ६० हजार सेयर पुँजीबाट २०६१ साल बैशाख १ गते संगम बचत तथा ऋण सहकारी स्थापना भएको थियो” संस्थापक उपाध्यक्ष थापाले भन्नुभयो, “अहिले संस्थामा वृद्धि राम्रो छ ।”

सबैजना नित्य साइकल यात्रामा निस्कन विविध कारणले सम्भव नभएपनि प्रत्येक शुक्रबार भने सबैको साइकल जमघट हुन्छ । अघिल्लो दिन सल्लाह गरेर शुक्रबार भने जी–९ समूहका सबै भेला भएर साइक्लिङ जाने र सामूहिक छलफल गर्नुहुन्छ । नआउनेले जरिवाना तिर्नुपर्छ । सहकारीकर्मी साइकलयात्रीहरु भएका कारण उहाँहरुको जीवनमा ‘बचत’ असम्बन्धित कसरी हुनसक्थ्यो र ? त्यही भएर मासिक ५ सय रुपैयाँ अनिवार्य बचत संकलनको काम पनि समूहले गर्दछ र उक्त रकम आफ्नो नभई अर्को ‘स’ अर्थात् समुदायको लागि खर्चिनुहुन्छ ।

फेरि साइकलतर्फ फर्कनुहुन्छ थापा, “फ्रान्समा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्टिय साइकल प्रतियोगिता ‘टोर डे फ्रान्स’ को सिको गरेर सन् २०१५ बाट ‘टोर डे पोखरा ’ पनि लगातार ५ वर्ष आयोजना गर्यौं । यो वर्ष भने कोभिडका कारण गर्न सकेनौं ।” उहाँ स्मरण गर्नुहुन्छ, पहिलो वर्ष ४ सय ८० जनाले भाग लिएको प्रतियोगितामा दोस्रो वर्ष ८ सय ६० हुँदै पछिल्लो पटक १५ सय जनाको सहभागिता थियो । यसले पनि साइकल मोह बढ्दो रहेको पुष्टि गर्दछ ।

करिब ८ वर्षको परदेश बसाइले पनि थापालाई साइकलप्रेमी बनाएको हुनसक्छ । रोजागरीको सिलसिलामा उहाँले ५ वर्ष दक्षिण कोरिया र ३ वर्ष जापानमा बिताउनुभयो । स्वास्थ्यका लागि साइकल अत्यन्तै आवश्यक भएपनि पोखराको सहर उत्पात सहकारी मैत्री भने छैन । यसबाट चिन्तित उहाँको समूहले केही समयअघि सरकारसँग बहसपैरवी अघि बढाएको छ । फलस्वरुप पोखरा महानगरपालिकाले टोर डे पोखरालाई अपनत्व प्रदान गर्ने संकेत दिएको छ । “हामीले सबै स्थानीय निकायका प्रमुखहरुको उपस्थितिमा सम्भवतः आगामी फागुनमा एउटा कार्यक्रम गर्दैछौं, सँगै नगर प्रमुख १ यस किलोमिटर साइकल मार्ग निर्माणको लागि सकारात्मक हुनुभएको छ,” थापाले भन्नुभयो,“ यसले हामीलाई उत्साहित बनाएको छ ।”

स्वास्थ्यका लागि बिहान साइकल यात्रा गर्ने G-9 समूह दिउँसो समाज बुझ्न सहकारीमा रम्छ र सँगै समूहमार्फत बचत संकलन गरेर समुदायमा सहयोग पनि गर्छ । साँच्चिकै G-9 समूहलाई ‘स’ शब्दले कति धेरै सम्मोहित गरेको रहेछ ! पोखरेली साइकलप्रेमी सहकारीकर्मीहरुको यात्रा भविष्यमा थप उचाई तर्फ लम्कोस् ।  साकोस आवाजको पनि शुभकामना ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२१ घण्टा अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२३ घण्टा अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप