मिलिजुली कालिञ्चोक साकोसमा लेखा, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसमा लेखा, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न

चरिकोट, दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट दोलखाको आयोजना तथा एसियाली ऋण महासंघ (अकु) र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राबिधक सहयोगमा ब्यबसाय बिकास सेवा अन्र्तगत २०७७ साल माघ १२ र १३ गते सञ्चालित  लेखा, कानुनी ब्यबस्था तथा बजारीकरण तालिम एक समारोहको साथ आज सम्पन्न भएको छ । तालिम कार्यक्रमको उद्घाटन र समापन संस्थाको उपाध्यक्ष सरुणा बस्नेत श्रेष्ठको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेफस्कुनकी संचालक सदस्य एबं उद्यमशिलता उपसमिति संयोजक रिना आर्चायले विधिवत रुपमा तालिमको उद्घाटन गर्नु भएको थियो । उक्त तालिममा महिला संचालक सहित संस्थाको महिला उद्यमी र उद्यमशिलतालाई सहजै बिकास गर्न इच्छुक महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कुनकी सञ्चालक सदस्य रिना आर्चायले तालिमको उदेश्य माथि प्रकाश पार्दै महिलाहरु अब समयको माग अनुसार ब्यबसायिक उद्यमी बन्नु पर्ने र उद्यमशिलता बिकासको लागि संघले सहयोग गर्ने धारणा ब्यक्त गर्नुको साथै नयाँ सोच र सीपले ब्यबसायमा लाग्न पनि अनुरोध गर्नु भएको थियो ।
नेफ्स्कुनकी सञ्चालक सदस्य रीना आर्चायले बिद्युतियकरण बिधि तथा नियमहरु सम्बन्धि सहजीकरण गर्नु भएको थियो भने, तालिम कार्यक्रममा नेफस्कुनकी कार्यक्रम अधिकृत रिता सुबेदीले सरलरुपमा सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा ब्यबसायको चरण, बजार र बजार रणनीति माग र आपुर्तीको आधारमा बजार निर्धारण , लक्षित ग्राहक पहिचान, बजार प्रतिस्पर्धा र मुल्य श्रृंखला र अभिलेखको महत्व तथा ढाँचाहरु , बित्तिय पहुच , शिर्षकमा ब्यबसायिक खेलसहित महिलाहरुलाई सहजै बुझ्ने गरि सहजीकरण गर्नु भएको थियो  ।
समापन कार्यक्रममा सहभागीले तालिमबाट आफु र आफ्नो ब्यबसायलाई बिकास गर्नको लागि सहयोग पुगेको धारणा ब्यक्त गर्नु भएको थियो भने समापन कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनकी सञ्चालक सदस्य रीना आचार्यले सहभागी महिला शेयर सदस्यहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।  उक्त समारोहमा सञ्चालक समिति र संस्थाको प्रमुख कार्यकारी अधिकृतको समेत उपस्थित रहेको थियो ।  

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप