बुटवलमा २ दिने कोपोमिस तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलमा २ दिने कोपोमिस तालिम सम्पन्न

बुटवल । सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा रुपन्देहीको बुटवलमामा २ दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम आज समापन भएको छ । समापन कार्यक्रमका अध्यक्ष नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहभागी ५१ साकोसका ५३ जनालाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका प्रवक्ता एवम् एवम् रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति संयोजक बरिष्ठ उपाध्यक्ष ढकालले तालिममा सिकेको ज्ञान संस्थामा गएर कोपोमिस अद्यावधिक गर्न उतार्नुपर्नेमा जोड दिदैं कोपोमिस सहकारीहरुमा सुशासन, वित्तीय सक्षमता र गुणस्तरीयता वृद्धि गर्न प्रभावकारी हुने दाबी गर्नुभयो । उहाँले कोपोमिस अद्यावधिक गर्दा संस्था, अभियान र सरकारलाई पनि सहयोग पुग्ने दाबी गर्दै प्राथमिकताका साथ लागू गर्न आग्रह गर्नुभयो ।

कोपोमिस सुशासनसँग प्रत्यक्ष गाँसिएको धारणा बरिष्ठ उपाध्यक्ष ढकालको थियो । कार्यक्रममा रुपन्देही फिल्ड व्यवस्थापन उपसमितिका सदस्य कृष्ण प्रसाद पौडेल, सागर देवकोटा, शुभकान्त न्यौपानेले समेत सहभागीहरुलाई तालिममा सिकेको कुरालाई लागू गर्न ध्यानाकृष्ट गराउनुभयो भने प्रशिक्षक सहकारी विभागका लक्ष्मण राईले प्रशिक्षण तथा सहभागीहरुका तर्फबाट लक्ष्मी तिवारीले सिकाईको अनुभव सुनाउनुभएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटा, प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्ण नेपाल, नेफ्स्कून रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति सदस्य महेश्वर प्रसाद श्रेष्ठ, लक्ष्मण बेल्वासे, जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई लगायतको समेत सहाभागिता थियो । तालिमको सहजिकरण सहकारी विभागका लक्ष्मण राई  र नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुबेदीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यालय रुपन्देही इन्चार्ज राधा पोखरेलले गर्नु भएको थियो । हिजो दोस्रो दिनको स्थगित तालिम आज गरिएको हो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप