मातृभूमि साकोसको रक्तदान र वित्तीय सहयोग  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मातृभूमि साकोसको रक्तदान र वित्तीय सहयोग  

कास्की । पोखरा महानगरपालिका ८ स्थित मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा माघ २० गते रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । प्रमुख अतिथि नेपाल रेडक्रस कास्की शाखाका सभापति डोलराज पाण्डेले सहकारीका व्यवस्थापक श्रीराम सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै सभापति पाण्डेले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको रक्तदान कार्यक्रमले जीवनमरणको दोसाधमा रहेका बिरामीहरुको उद्दार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले हरेक व्यक्तिले सहज तरिकाबाट रक्तदान गर्ने अवस्था रहँदारहँदै पनि सबैमा रक्तदान जस्तो पवित्र कामको बारेमा अझ धेरै सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले पोखरा ८ मा निर्माणाधिन सुविधासम्पन्न रक्तसञ्चार केन्द्र निर्माणका लागि लगानी ठूलो भएको कारण सबै सहकारी संस्थाहरुसँग सहयोगको अपिल समेत गर्नुभएको थियो ।

सहकारीको संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीकान्त शर्मा खतिवडाले सहकारी समाजसँगै जोडिएर रहने भएकोले समाजको वित्तीय आवश्यकता, सामाजिक र सांस्कृतिक पक्षको अभावलाई परिपूर्ति गर्न सहकारी मार्फत सहज रहेको बताउनुभयो ।

सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा सामाजिक गतिविधि निरन्तर अगाडि बढाउँदै जाने बताउनुभयो ।

कार्यक्रममा सहकारीका सल्लाहकार तथा कास्की बचत संघका सचिव ईश्वरप्रसाद सुवेदी, तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष अम्बिका प्रसाद भट्टराई, सल्लाहकार मुरली मोहन काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेपाल रेडक्रस जिल्ला शाखा कास्कीको रक्तसञ्चार भवन निर्माणका लागि सहकारीले रु १५ हजार ५ सय ५५ हस्तान्तरण गरेको थियो भने ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमका संयोजक ऋषिकान्त पराजुलीले गर्नुभएको थियो भने सञ्चालन सचिव शिवराज पौडेलले गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप