उद्यमशीलता प्रवर्द्धन र प्रविधि विकासमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
उद्यमशीलता प्रवर्द्धन र प्रविधि विकासमा जोड

भक्तपुर । प्रोबेसन बागमती क्लष्टर तेश्रोको तेश्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला चमेली कल्याणकारी साकोस भक्तपुरको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा फागुन १ गते सम्पन्न भयो । कार्यक्रममा भक्तपुर र काठमाण्डौका ७ वटा साकोसबाट २३ जनाको सहभागिता रहेको थियो । कार्यशालाको अध्यक्षता आयोजक साकोसका सचिव एवम् प्राबेसन कार्यक्रम कार्यान्वयन कार्यदल संयोजक मिठाराम न्यौपानेले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पौड्यालले साकोसहरुले माहामारीको समयमा सदस्यलाई दिएको सेवाको प्रशंसा गर्नुहुदै अव सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने कुरामा जोड दिनु भयो । यसको कार्यान्वयनको लागि नेफ्स्कूनले १ हजार प्रशिक्षक तयार गर्ने गरी थालनी गरी सकेको समेत जानकारी गराउनु भयो । साकोसहरु मार्फत कार्यान्वयनको अपेक्षा राखेको बताउँदै हरेक साकोसको योजनामा सदस्यहरुलाई उद्यमी बनाउने खालका कार्यक्रम बन्नु पर्ने समेत जोड दिनु भयो । सोहि अवसरमा अध्यक्ष पौड्यालले साकोस अभियानमा भएको प्रविधि प्रयोगको अभाव पूरा गर्न अत्याधुनिक सुविधा र सञ्जाल व्यवस्थापन सहितको नयाँ प्रविधि विकास गर्ने उद्देश्य सहित काम सुरु भएको समेत जानकारी गराउनु भयो । कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र भक्तपुर फिल्ड कार्यालय प्रमुख पेशलकुमार खड्काले गर्नु भएको थियो ।

उक्त कार्याशालामा सहभागीहरुले भाखा नाघेको ऋण व्यवस्थापनको लागि हालको लगानी प्रकृयालाई समयानुकुल अद्यावधिक गराई ऋण लगानी गर्ने, सदस्यहरुलाई उद्यमी बनाउने गरी साकोसमा नै प्रशिक्षक तयार गरी संभावित सदस्यहरुलाई उद्यमशीलता तालिम दिने, सदस्यसँगको सुमधुर सम्वन्धको लागि सदस्य शिक्षा, विस्तारीत मञ्च, सदस्यसँग नियमित भेटघाट लगायतका क्रियाकलाप निरन्तर गरी राख्ने निर्णय गर्दै आगामी चौँथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला २०७८ जेठ १ गते स्यूचाटार साकोस काठमाण्डौको आयोजनामा गर्ने निर्णय समेत गरीएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप