सहकारीको प्रवर्द्धन र विकासका लागि आधारशिला कार्यक्रम एक कोशेढुङ्गा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको प्रवर्द्धन र विकासका लागि आधारशिला कार्यक्रम एक कोशेढुङ्गा 

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका ६, धुराबजारस्थित श्री मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा प्रोबेसन (पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम) मध्य तराई क्लस्टर पाँचौ समुहको आठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला फागुन १ गते सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिमला श्रेष्ठको सभापतित्व, कमलमाई नगरपालिका का नगर प्रमुख खड्ग बहादुर खत्री को प्रमुख आतिथ्यता, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कृष्ण हरी कोइराला र जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुली का सञ्चालक मोहन श्रेष्ठको विशेष अतिथ्यतामा उक्त क्लस्टरमा आवद्ध ८ वटा साकोसका प्रोवेशन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभगितामा एवं आयोजक संस्था मिलिजुली साकोसका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको उपस्थिति र नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि खत्रीले यस कार्यशालामा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गरि नतिजामुखि कार्यगर्न र आफ्नो जिम्मेवारी प्रति निरन्तर उत्तरदायी हुन सम्पूर्ण व्यवस्थापकलाई उत्प्रेरणात्मक मन्तव्य राख्नुभएको थियो । साथै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक कृष्णहरी कोइरालाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको समापनमा मन्तव्य राख्दै अध्यक्ष बिमला श्रेष्ठले यस  कमलमाई नगरपालिका भित्र रहेका सहकारी संस्थाको प्रवर्द्धन, सुशासन र व्यवसायिकता विकासका लागि नेफ्स्कूनको आधारशिला कार्यक्रम कोशेढुङ्गा सावित हुने विचार राख्दै कमलमाई नगरपालिकाले पनि छिटै सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै सहकारीले उद्यमशिलता र स्वरोजगार विकासका कार्यक्रमहरु सञ्चालन गरेमा सहकारीका सदस्यहरुको जीवनस्तर परिवर्तन सम्भव रहेको विचार व्यक्त गर्नुभएको थियो । 

उक्त कार्यशालामा आवद्ध सहकारीका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिका क्रममा देखिएका संस्थाका विविध कमिकमजोरीहरुको समिक्षा गर्दै सुधार गर्नुपर्ने विषयहरुमा हजकर्ता बिदुर खड्काले सुझाव दिनुभएको थियो । आगामी कार्यक्रम डुमडुमे साकोस सर्लाही को आयोजनामा हुने निर्णय गरिएको थियो । कार्यक्रम सञ्चालन श्री मिलिजुली साकोसका सचिव उज्वल ढकालले गर्नुभएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप