नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कूनको साथ रहने  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कूनको साथ रहने  

दोलखा । नेफ्स्कून संचालक समिति सदस्य एवम् बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काले बचत तथा ऋण सहकारीहरु (साकोस) मा परेका समस्याहरुको सहजिकरणको लागी नेफ्स्कून सधै तयार रहेको भन्दै नीतिगत र कानूनी समस्या सम्बोधनका लागि सरकार र सम्बन्धित पक्षसँग पनि बहसपैरवी बढाउँदै लगिएको बताउनुभएको छ । उहाँले साकोसहरु आफ्नो तर्फबाट भने अनिवार्य रुपमा निति विधि प्रविधिमा चल्ने विषयमा कुनै सम्झौता गर्न नहुने स्पष्ट पार्नुभयो ।

दोलखा जिल्ला अन्तर्गत भिमेश्वर क्लस्टरमा आबद्ध साकोसहरुको दशौँ कार्यकुशलता तथा शिकाई व्यवस्थापन कार्यशालालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेफ्स्कून सञ्चालक सदस्य खड्काले सम्पूर्ण साकोसहरुले अनिवार्य रुपमा आधारभूत निति तथा आवश्यक कार्यविधिहरु निर्माण गर्नुपर्ने, आर्थिक कारोवार सफ्टवेर मार्फत गर्नुपर्ने, कर्मचारी तथा संचालकहरुले आवश्यक तालिम तथा प्रशिक्षण लिनुपर्ने, दैनि खाताबन्दी गरी नगद विवरण प्रस्टरुपमा राख्नुपर्ने भन्दै यी कार्यका लागि छाता संगठनहरुले सहयोग गर्ने बताउनुभयो । साकोसहरु नीति, विधि र प्रविधिमा चल्न नसके मर्जरमा जानुपर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।  कालिन्चोक गाउँपालिका सुनखानीमा रहेको कालिनाग साकोसको आयोजनामा उक्त कार्यक्रम माघ २९ मा सम्पन्न भएको हो ।

कार्यक्रममा साकोसहरुले आफ्नो प्रगति प्रतिवेदनका साथै आफुलाई परेका धितो रोक्का, कोपोमिसको युजरनेम र पासवर्ड लिनमा परेको समस्याहरु राखेका थिए । कार्यक्रममा कालिन्चोक गाउँपालिकाका सहकारी विभाग प्रमुख कुमार प्रसाद सेढाई,  जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगत सुवेदी, सर्मिला सापकोटा, मोहन प्रसाद पाठकसहित विभिन्न साकोसहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।  । कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थिायो । कार्यक्रममा दोलखा जिल्ला अन्तर्गत भिमेश्वर वर्कस भिमेश्वर क्लस्टरमा आबद्ध सात वटा संस्थाहरुको सहभागिता थियो । सम्पुर्ण संस्थाको प्रस्तुतिकरणहरुको समिक्षा गर्दै आगामी कार्यक्रम २०७८ बैषाख २५ गते गा्रमिण साकोस कालिन्चोक गाँउपालिका ४ झ्याँकु आयोजनामा संचालन गर्ने गरी समापन गरिएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप