कास्कीको जनसेवा साकोस एक्सेस कार्यक्रम आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कास्कीको जनसेवा साकोस एक्सेस कार्यक्रम आबद्ध 

कास्की । जिल्लाको पुरनचौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड एशियाली ऋण महासंघ–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा आबद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र संस्थाबीच आज औपचारिक सम्झौता भएको छ । संस्थाको तर्फबाट अध्यक्ष चेतनाथ गौतम सहित उपाध्यक्ष र सञ्चालक तथा लेखा समितिका सदस्यहरु र नेफ्स्कूनको तर्फबाट सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो । २०७३ सालदेखि प्रोबेसन कार्यक्रममा आवद्ध साकोसले यस आ.ब.मा ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।  

समुदायमा आधारित यस साकोसले सदस्य हितमा रही बचत तथा ऋण लगायत विभिन्न सदस्य सेवा केन्द्रीत कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।  १८ सय ७ सेयर सदस्य रहेको संस्थाको वासलात २६ करोड छ । संस्थाका अध्यक्ष चेतनाथ गौतमले भन्नुभयो, “जनसेवा साकोस कास्की जिल्लाबाट प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल एक मात्र संस्था हो, अब नेफ्स्कूनसँगको सहयोगमा संस्थालाई एशियाली स्तरको गुणस्तर हासिल गर्ने अभियानमा पनि सक्दो मेहनतका साथ लागि पर्नेछौं ।”

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप