हाम्रो जनकल्याणको सेवा केन्द्र विस्तार साथै सामाजिक क्रियाशिलता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याणको सेवा केन्द्र विस्तार साथै सामाजिक क्रियाशिलता

दोलखा । जिल्लाको चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरूलाई छिटो, छरितो र प्रविधियुक्त सेवा उपलब्ध गराउने उद्देश्यसहित फागुन १ गतेदेखि नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । सातदोबाटो चरिकोटमा रहेको अदिती कम्प्लेक्सको भवनमा शुरु गरिएको उक्त सेवा केन्द्रबाट शेयर सदस्यले बचत जम्मा तथा ऋणको व्याज तथा किस्ता भुक्तानी गर्न सक्ने संस्थाले जनाएको छ । 

व्यस्त र ग्रामीण क्षेत्रबाट आउने शेयर सदस्यलाई बचत जम्मा तथा ऋण भुक्तानीका लागि मुख्य कार्यालयमा आउँदा अत्याधिक समय लाग्ने हुँदा नियमित बचत गर्न तथा ऋणको व्याज तथा किस्ता समेत भुक्तानी गर्न गाह्रो भएकाले संस्थाले नगद संकलन केन्द्र मुख्य बजारमा नै सञ्चालन गरेको जानकारी गराएको छ । भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत र नेफ्स्कूनका सञ्चालक जिवस राज खड्काले संयुक्त रुपमा नगद संकलन केन्द्रको उद्घाटन गर्नुभएको थियो । 

त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ मिलघुम्ती र कार्तिकेमा निर्माण गरिएको नागरिक प्रतिक्षालय उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरेको छ । स्थानीय नागरिकहरुको समेत सहभागितामा निर्माण गरिएको नागरिक प्रतिक्षालयमा संस्थाले ४० हजार भन्दा बढी खर्च गरेको छ । यससँगै दोलखा बजारमा पनि नागरिक प्रतिक्षालय सहित पुष्पबाटिका निर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो । 

संस्थाको माघ मसान्तसम्मको सम्पत्ति तथा दायित्व ६५ करोड ४९ लाख रुपैयाँ बराबर छ भने संस्थामा ८ हजार एक सय शेयर सदस्य र ३२ सय बाल बचतकर्ता रहेका छन् । संस्थाले मुख्य कार्यालय चरिकोट सहित अग्रगामी सेवा केन्द्र बोच र दुई वटा नगद संकलन केन्द्रबाट शेयर सदस्यलाई सेवा दिइरहेको संस्थाका प्रमखु कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभयो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप