नेपालको सहकारी सफलताको कथा संयुक्त राष्ट्र संघमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालको सहकारी सफलताको कथा संयुक्त राष्ट्र संघमा

काठमाडौं । सहकारीमार्फत समाज परिवर्तन सम्भव छ भन्ने विषय सैद्धान्तिक मात्र नभइ व्यावहारिक रुपमै विश्वभर प्रमाणित भैसकेको छ । नेपालको परिप्रेक्ष्यमा पनि समाज रुपान्तरणमा सहकारीको भूमिका संविधान, सरकार र सरोकारवालाहरुको प्राथमिकता भित्र परेको सर्वविदितै छ । हाम्रो मुलुकको सहकारी अभियान अब विश्वको चर्चाको केन्द्र बन्न थालेको छ । संयुक्त राष्ट्र संघमा नेपालको सहकारी अभियानले सकारात्मक चर्चा सँगै उचित स्थान पाएको छ । २०१९ को जुलाई ८ मा संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित मुख्यालयमा आयोजित संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विश्वभरका सहकारीकर्मीहरुमाँझ नेपाली सहकारी अभियानको सफलताको कथा कार्यक्रममा परिचर्चाको विषय बन्यो । 

उक्त वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसका नारा 'मर्यादित श्रमका लागि सहकारी' थियो । उक्त कार्यक्रममा काठमाडौंको दक्षिणकालीस्थित भविष्य निर्माण साना किसान सहकारी संस्थामार्फत कृषक, युवा र महिलाहरुमा आएको जीवनस्तर परिवर्तन र सम्मानित अनि मर्यादित श्रमको प्रवर्धनका विषयमा एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त वृत्तचित्रलाई केन्द्रविन्दूमा राखेर त्यो छलफलमा सहकारी योगदान र भूमिकाका बारेमा बहस भएको थियो । उक्त वृत्तचित्र निर्माताहरुले अन्तरक्रियात्मक कार्यक्रममा समेत भाग लिएर निर्माणको उद्देश्य र नेपाली सहकारी अभियानको बारेमा चर्चा समेत गरेका थिए । कार्यक्रममा राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक), विभिन्न मुलुकका राष्ट संघका राजदूतहरु, सहकारी प्रतिनिधिहरु एवम् विश्व सहकारी अभियानका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । यो तहको अन्तर्राष्टिय जमघटमा नेपालको एक सहकारी संस्थामार्फत भएको समाज रुपान्तरणको विषयमा एक मात्र वृत्तचित्र प्रदर्शन गरी छलफल केन्द्रीत भएको सम्भवतः पहिलो कार्यक्रम थियो । यसले नेपालको सहकारी अभियानको विश्वव्यापी फैलावटलाई प्रमाणित गर्दछ ।

काठमाडौंको दक्षिणकाली क्षेत्रका बासिन्दाहरुले कृषिकर्मका लागि आवश्यक ऋण जोहो गर्न साहू महाजनको चर्को व्याजको बोझ खेप्नुपर्दथ्यो । त्यसको उन्मुक्तिको प्रयास स्वरुप स्थानीयहरुले सहकारीलाई उत्तम सर्वोत्तम विकल्प रोजे । उनीहरु सबैले सल्लाह गरेर भविष्य निर्माण साना किसान सहकारी स्थापना गरे जसका कारण त्यस क्षेत्रका महिला तथा युवाहरु दिगो र सम्मानित भविष्य निर्मार्णको मार्ग चित्र निर्माण गर्न सफल भएका छन् । हेर्नुहोस् उक्त कार्यक्रम र नेपाली सहकारीको वृत्तचित्र

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

८ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप