परियार परिवारको प्रगतिमा ‘सामुदायिक’ साथ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
परियार परिवारको प्रगतिमा ‘सामुदायिक’ साथ 

भनिन्छ, 'दुःख पछि सुख आउँछ' । तर बिना मिहेनत सुख सम्भव छैन । मिहेनतबाट मोहोर फलाउन महत्वपूर्ण मोडहरुमा सहयोगी हात र भाव चाहिन्छ । दुःखजिलो गर्दै संघर्षका पाइलाहरु निरन्तर चाल्दा सफलता  रसास्वादन गर्न पाइन्छ भन्ने आत्मविश्वास काभ्रेको पनौतीस्थित टौखाल नगरपालिका वडा नं ४ का विनोद र दुर्गा परियारको ७ सदस्यीय परिवारलाई अहिले पलाएको छ । करिब ३ दशकअघि बौद्धमार्गीहरुले प्रयोग गर्ने हस्तकलाका सामान बिक्री बाट जीविकोपार्जन सुरु गरेको परियार परिवारको प्रयास अहिले सोही व्यापारलाई उद्यममा परिणत गरी १० जनालाई रोजगारी प्रदान गर्न सफल भएको छ ।

व्यापारबाट थपिएको ऋणको भारी बिसाउने चौतारी बनेको हस्तकला उद्यमका उपजहरु आज तिब्बत, भुटान, भारत, मलेसिया र अमेरिका सम्म निर्यात हुन्छ । प्रारब्धले व्यापारलाई तिलाञ्जली दिएर उद्यममा होमिनुपर्ने श्रीमानको बाध्यतामा श्रीमती र कलिलो उमेरको माहिलो छोरो, छिमेकको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को साथ र सहयोगले परियार परिवारका दिनहरु पारिला बन्न थालेको ‘प्रोट्यागोन्स्टि’ बिनोद सुनाउनुहुन्छ ।

सफलताको सूत्रपात 
पनौती–४ टोखालस्थित मुल सडकको बाटोमुनि ठूलो कोठामा परियार परिवारका ३ सदस्यसँगै अन्य ६ जना दैनिक ‘लामा टोपी’, बौद्ध धर्मावलम्बीहरुले मुर्ति ढाक्ने र सजाउने रंगीन लुगा, पुजाको रुमाल आदि बनाउन जुट्छन् । दाहिने कुनामा राखिएका केवल ३ वटा लुगा सिउने मसिन ३ प्रकारका हस्तकला उत्पादनमा प्रयोग हुने प्रमुख अस्त्र हुन् । धेरै सिलाई हातले गर्नुपर्छ । १० जना लागिपर्दा दिनको २० वटा टोपी बन्छ । खटेर गर्दा एउटा टोपी बनाउँदा ज्याला बाहेक करिब ११ सय खर्च हुन्छ, १४ सय सम्म बिक्री हुन्छ । 

उक्त समूहको अर्को काम बौद्धमार्गीहरुले प्रयोग गर्ने ‘कुनाम्चा’ भन्ने मूर्ति लुगाको सेट बनाउने हो । एक सेटमा ४ वटा कपडा र ४ टोपी हुन्छ, ती सब तयार गर्न एक जनालाई करिब ५ दिन लाग्छ । कुनाम्चा सेट १५ हजार रुपैयाँमा बेच्ने गरेको बिनोद बताउनुहुन्छ । बजारमा कपडा, गुणस्तर, आकार हेरेर करिब २६ हजारसम्म बेच्ने गरेको उहाँले सुनाउनुभयो ।  त्यसैगरी, रंगीन रुमाल पनि त्यही कोठामा तयार हुन्छ । एउटाले दिनमा ३ वटा सम्म रुमाल बनाउन सक्छ जुन बौद्धमार्गीहरुले टेबलमा मूर्तिहरु राख्न आधार र सजावटको लागि प्रयोग गर्दछन् । एउटा रुमाल बजारमा १८ सय सम्म बिक्री हुन्छ, बनाउँदा करिब १३ सय लगानी पर्छ । हेर्दा सामान्य लागेपनि बौद्धमा रहेका १ जना र आफु समेत नेपालमा २ जनाले मात्र यस्तो काम गर्ने बिनोदले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “माग कुरेर बस्नु पर्दैन, काम गरिरहँदा कही न कहीबाट आइहाल्छ ।”

उत्पादनमा कालो फोम, कपडा, ट्रेकिङ म्याट, आदि सामान्य कच्चापदार्थ प्रयोग भएपनि कठिन शिल्प छ । दैनिक बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म १० जनाको खटाइ छ । संख्याका आधारमा आम्दानी गर्ने महिलाहरु प्रायः १० बजेबाट करिब ६ बजेसम्म काम गर्छन् । एक जनाले औसतमा दिनमा ६ सय बढी कमाउछन् भने खाजा खाना र बस्ने व्यवस्था त्यही गरिएको तलबी पुरुष कालिगढहरुले पनि कमाइ राम्रो छ । श्रीमती बाहेक ३ महिला अनि बाबु छोराबाहेक ४ जना पुरुष आबद्ध उद्यम २०७२ सालको भूकम्पपछि पनौतीको बाटामुनिको कोठामा सरेको हो । उक्त परिवारको पछिल्लो उपलब्धि बाटोमाथिको सर्टिङ सुटिङ पसल पनि बनेको छ । 

संघर्षका दिनहरु
परियार परिवारको २०४९ सालदेखि ६५ सालसम्म काठमाडौंको दरबारमार्गमा बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने हस्तकलाका सामानहरुको पसल थियो । शसस्त्र द्वन्दको चपेटामा परेर विदेशी पर्यटकहरुको आगमन पातलिएसँगै व्यापार संकटमा पर्यो । महंगो भाडा र महंगो सामाग्री नै विनोदको लागि अभिशाप बन्यो । अब त होला कि भन्ने आश गर्दा गर्दै करिब २० लाख डुब्यो । थेग्न नसक्ने भएपछि सामान ल्याएर पनौतीमा पसल खोल्नुभयो । त्यहाँ पायक नपरेपछि २०७२ सालको भूकम्पपछि पनौती घर नजिक सरेर उद्यममा लाग्नुभयो । 

श्रीमानले नेपालबाट हस्तकलाका सामान अन्य २–४ जना व्यापारीहरुसँग मिलेर भारतको बोधगया लगी ३–४ महिना व्यापार गरी करिब ४ लाख जति ल्याएपनि परिवारसँग आफ्नै मुलुकमा बसेर काम गर्नुपर्छ भनी अठोट गरेको पत्नी दुर्गाले सुनाउनुभयो । त्यसबीच आफुले बालुवा चाल्ने र भारी बोक्ने काम समेत गरेको उहाँले बताउनुभयो ।

२०६९ सालमा भेट भएका एक जना बौद्ध गुरुले बिनोदलाई दुई पटक टोपी बनाउने जिम्मा दिनुभयो । “काम पाएपनि अरुलाई गर्न लगाएर  मध्यस्थतामा सीमित भएँ, सिलाई जान्दिनथेँ,” भावूक बन्दै बिनोदले बताउनुभयो,“ पछिल्लो पटक काम दिएका व्यक्ति पैसा लिएर भागेपछि समयमै टोपी बनाउन कठिन भयो । घरसल्लाह पछि काम नभएका दाजुभाईलाई लगाएँ । १ महिना काम गरेर २ सय टोपी बनाएपछि उनीहरुले भाउ खोजेँ । धेरै गमेपछि जे पर्ला पर्ला भनेर दम्पती आफै सिलाउन र बुन्न थाल्यौं ।” प्रतिकुलता नै गुरु बन्यो । माग बढ्दै गयो, क्रमिक रुपमा दिनहरु सुधारोन्मुख भए । केही ऋण थपिएपनि उद्यमशिलता, सीप परिश्रम, कमाई र आत्मसम्मान बढेको विनोदको निष्कर्ष छ । 

फेरिएको समय
७ जनाको परिवार अहिले त्यही उद्यमबाट पालिएको मात्र होइन, ऋणको किस्ता तिर्न, परिवारका सबै सदस्यको मासिक बचत गर्न, छोराछोरी पढाउन, अरु ७ जनालाई रोजागारी दिन र मुलुकभित्रै यस्तो सामाग्रीहरुको उत्पादनमा जोडिन मात्र होइन विदेशमा समेत निर्यात गर्न सफल भएको छ । “विदेश भन्दा स्वदेश र व्यापार भन्दा उद्यम ठीक ठानेर हात हालेँ । अहिले खुसी छु ।” उद्यमसँगै दुःखले हुर्काएका सन्तानको पढाइ र आचरणबाट समेत पुलकित हुनुहुन्छ विनोद, “ठूली छोरीले स्नातक सकिन् । उनी आइइीएलटीएस गरेर अष्ट्रेलिया र १२ कक्षा उक्लेको माहिलो छोरो थप अध्ययनका लागि चीन जाने चाजोपाँजो मिलाउदैछन्, कान्छा ८ मा पढ्छन् । तर उनीहरु पनि पढाइ सकिएर नेपाल फर्कन्छन् भन्ने विश्वास छ ।” 

सामुदायिकसँगको साइनो
सामुदायिकको स्थापनाकालदेखि नै विनोदको बुबा आबद्ध हुनुहुन्थ्यो । श्रीमती पछि सदस्य हुनएको हो । अहिले सन्तानहरु सबै सहकारीमा सदस्य छन् । “मेरो १ हजार, श्रमतीको ५ सय र छोराछोरी प्रत्येकको २ सय रुपैयाँ मासिक बचत गर्छौं,” उहाँले भन्नुभयो, “अहिले सामुदायिकमा करिब १७ लाख ऋण छ तर मासिक घटाउँदै लगेका छौं, बेरोकटोक काम भयो भने २ वर्षमा तिर्न सक्छु । परिवारका सबैको मासिक बचत पनि छ । उहाँले सामुदायिकको साथ नभएको भए अहिलेको अवस्थामा उक्लन कठिन हुने उहाँले बताउनुभयो । विनोद भन्नुहुन्छ, “उद्यम गर्न खोज्दा सहजतापूर्वक सरल ब्याज दरमा वित्तीय सहयोग नपाएको भए डुबिसकेको परिवार तैरन कहाँ सक्थ्यो र ?” 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप