धादिङका दुई बचत तथा ऋण सहकारी एकीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङका दुई बचत तथा ऋण सहकारी एकीकरण 

धादिङ । जिल्लाका दुई बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका छन् । गल्छी गाउँपालिका–६ स्थित हाइवे बचत था ऋण सहकारी संस्था लि र थाक्रे गाउँपालिका–७ स्थित सरस्वती महिला बचत था ऋण सहकारी संस्था लि. बीच एकीकरण भई हिजो एकीकरण सभा सम्पन्न भएको हो । दुई संस्था एकीकरण गरी एक सक्षम सहकारी संस्था निर्माण गर्ने उद्देश्यले समान प्रकृतिका दुइ सहकारी एक भएको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।  
 
एउटै लक्ष्य उद्देश्य र एउटै कार्यक्षेत्र रहेको तर सानो पुँजी निर्माणका कारण सदस्यहरुको मागलाई सम्बोधन गर्न नसकिएको हुँदा उद्यमशीलता प्रवर्द्धन र व्यावसायिकता विकासका लागि सहकारी एकीकरणको विकल्प नभएको एकीकृत संस्थाका अध्यक्ष उमा सिंखडा नेपालले बताउनुभयो । 

एकीकृत हाइवे साकोसमा कुल ३४ सय १८ सेयर सदस्य मध्ये १९ सय ८२ महिला सदस्यहरु हुनुहुन्छ । कुल २२ करोड ६० लाख संयुक्त कारोबार रहेको उक्त संस्थाको २ करोड ३१ लाख सेयर पुँजी, १६ लाख ६ करोड बचत र १६ करोड ४१ लाख ऋण लगानी रहेको छ । 

संस्थामा महिला सेयर सदस्यहरुलाई लक्षित गरि लघुवित्त सेवा साथै महिला उद्यमशिलता प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने योजना रहेको संस्थाका व्यवस्थापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।  
  
गत मंसिर र पुसमा बार्षिक साधारणसभा सम्पन्न गरेका दुवै संस्थाले एकीकरणसँगै संयुक्त सभा गरेका हुन् । दुवै साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस जोखिम सुपरिवेक्षण कार्यक्रम–कर्ब्समा आवद्ध छन् । 

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१७ घण्टा अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप