पोखरामा CLCC तालिम प्रारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा CLCC तालिम प्रारम्भ

कास्की । कोअपरेटिभ म्यानेजर्स क्लव CMC कास्कीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा पोखरा मा फागुन २ अर्थात् आजबाट सहकारीका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम CLCC प्रारम्भ भएको छ । उक्त तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिम कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड कास्कीकी अध्यक्ष सावित्रा कोईरालाले सिएमसीको गतिविधिले गर्दा सहकारी अभियानमा राम्रो टेवा पुगेको र स्थापना काल देखी नै क्लव सहकारीमा कार्यरत कर्मचारी एवं समितिको क्षमता विकासमा लागेको हुँदा देशभर रहेका सवै सहकारीकर्मीले यसको अनुसरण गर्नु पर्ने धारण राख्नु भयो ।

उहाँले कोइरालाले आगामी दिनमा जिल्ला सहकारी संघ लिमिटेड, कास्की सीएमसीसँग सहकार्य गरि अगाडी बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा क्लवका मानार्थ सदस्य एवं सहकारी विज्ञ भिम गुरुङ्गले क्लवले गरेका गतिविधिले गर्दा आज देशभर सिएमसिको खाँचो महसूस गरि थुप्रै सिएमसि क्लवहरु गठन भएका र CMC   कास्कीको कामको प्रशंसा हुँदा गौरवको अनुभुत गरेको कुरा व्यक्त गर्नु भयो । गुरुङ्गले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नु हुन समेत सहभागि प्रशिक्षार्थीलाई अनुरोध गर्नु भयो । ३ दिन सम्म सञ्चालन हुने तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र तालिम अधिकृत सुमन राज घिमिरेले गर्नु भएको छ । 

सिएमसी कास्कीका अध्यक्ष डम्मर सिंह बस्नेतको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष अपिल कोइराला र सञ्चालन सचिव हरि प्रसाद पन्थीले गर्नु भएको थियो । व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता भन्ने मुल नाराका साथ २०७३ सालमा मीलन ढकालको अध्यक्षतामा क्वालिटी सर्कलको रुपमा स्थापित क्लवले थुप्रै तालिम एवं गोष्ठीहरुको अयोजना गरेको छ । अध्यक्ष बस्नेतले भन्नु भयो 'सहकारी सम्बन्धी तालिमको लागि जस्तो सुकै प्राविधिक सहयोग हामीले गछौ । त्यसैगरी, सहकारीका नीति, कार्यविधि एवं निर्देशिकाहरु बनाउन प्रारम्भिक सहकारी संस्थालाई हामी सहयोग गर्दछौ । यो तालिम आयोजना गर्दा हाम्रो आफ्नो ऋःऋ को ग्रुप छ त्यसमा राखेको ३० मिनेटमा सहभागिको संख्या पुरा भएकोले पुन २०७७ साल फागुन ९ गते देखी ११ गते सम्म यही तालिम आयोजना गरिएको छ । त्यसमापनि आवश्यक संख्या तुरुन्त पुगेको हुँदा समय मिलाएर तेस्रो चरणको तालिम सञ्चालन गर्नेछौ ।' निकट भविश्यमा कास्कीका व्यवस्थापकहरु लाई लक्षित गरि तालिम आयोजना गर्न लागिएको जानकारी अध्यक्ष बस्नेतले दिनुभयो । सहकारीका ऐन नियमावली र नमुना नीति गरि ७०० पेजको पुस्तक समेत प्रकाशन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप