दक्षिण कोरियाली राष्ट्रपतिको रोजाई ‘सहकारी जुत्ता’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दक्षिण कोरियाली राष्ट्रपतिको रोजाई ‘सहकारी जुत्ता’

एजेन्सी । दक्षिण कोरियाको सहकारी अभियान एशिया महादेशकै बलियो मानिन्छ । एशियाभरकै सर्वोत्कृष्ट त्यहाँको बचत तथा ऋण सहकारी अभियान विश्व सहकारी अभियानको लागि पनि उदाहरणीय छ । त्यहाँका राष्ट्रपति मुन जे इन पनि सहकारीलाई त्यतिकै माया गर्नुहुन्छ । यसको प्रमाण उहाँले लगाउने ‘सहकारी जुत्ता’ पनि हो । सन् २०१० मा स्थापित ‘एजियो’ नामक सहकारी स्टोरले आफै बनाएर बिक्री गर्ने जुत्ता मुलुकका राष्ट्रपतिको रोजाई बनेको हो ।

सोही कारण उक्त सहकारी स्टोरका जुत्तालाई स्थानीयहरुले ‘राष्ट्रपतिको जुत्ता’ नामाकरण गरेका छन् । सन् २०१२ मा एक अन्तर्राष्ट्रिय बैठकका क्रममा राष्ट्रपति मुनले उक्त सहकारीले बनाएको जुत्ता लगाउनुभएको थियो । त्यसयता उहाँले लगाउने जुत्तामा एजियो नै पहिलो रोजाई बनेको छ । ‘एजियो’ ले दैनिक ३० जोर जुत्ता मात्र बनाउँदछ । उक्त सहकारीको अर्को विशेषता भनेको त्यहाँ कार्यरत श्रमिकहरु सबै फरक ढंगले सक्षम हुनुहुन्छ । एजियोका वर्तमान प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक यू सियक योङ आफै पनि फरक ढंगले सक्षम (आँखाको समस्याबाट पीडित) हुनुहुन्छ । आफुजस्तै फरक ढंगले सक्षमहरुलाई रोजगारीको अवसर सृजना गर्न योङले उक्त सहकारीको अवधारणा अघि सार्नुभएको थियो ।

सहकारी स्टोरका व्यवस्थापकले श्रवणशक्ति गुमाएका कोरियालीहरु रोजगारीबाट बञ्चित भएको अवस्थामा थोरै भएपनि सहयोग गर्न सकिन्छ भनेर अवसर प्रदान गरिएको बताउनुभयो । उहाँले कोरियामा श्रवणशक्ति गुमाएका थुप्रै उत्साही, दक्ष र ‘केही गरौं भन्ने भावनाले ओतप्रोत व्यक्तिहरु भएको दाबी गर्नुभयो । आफ्नो सहकारीको उद्देश्य त्यस्ता श्रमजीवीहरुलाई रोजगारीको स्थायित्वसँगै मर्यादित पेशाको वातावरण सृजना गर्ने प्रयास रहेको ‘एजियो’ ले जनाएको छ । दृष्टिशक्ति अल्पता भएका व्यक्तिको अगुवाइमा स्थापित सहकारी स्टोरका सबै कामदारहरु श्रवणशक्ति अल्पता भएका कारण पनि राष्ट्रपतिको झुकाव एजियोतर्फ भएको मान्न सकिन्छ । यद्यपि, स्थापनाको पहिलो वर्ष उक्त सहकारीले संघर्ष गर्नुपर्यो । पछि सन् २०१७ मा सुङनाम शहरमा स्टोर सञ्चालनमा ल्याएपछि भने उक्त सहकारी व्यवसायले काँचुली फेरेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप