एकैदिन आठ साकोस नेफ्स्कूनको प्रोबेसन कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकैदिन आठ साकोस नेफ्स्कूनको प्रोबेसन कार्यक्रममा आबद्ध

काठमाडौं । गोंगवु क्षेत्र आसपास सञ्चालित आठ बचत तथा ऋण सहकारीहरु नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोबेसनमा आज आबद्ध भएका छन् । संघको गोंगबु फिल्ड कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेफ्स्कून र साकोसहरुबीच दिपक्षीय सम्झौता भएको हो । कार्यक्रममा आबद्ध साकोसहरुमा ओम साईराम साकोस, फोकस साकोस, सत्कार साकोस, नौलखा साकोस, श्री राधाश्वामी साकोस, उद्देश्य साकोस र बेथानचोक नारी सचेतना साकोस रहेका छन् । यससँगै गोंगबु सिद्धि साकोसले हिजोमात्रै कार्यक्रम सम्झौता गरेको थियो । 

नेफ्स्कून अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता संघको गोंगबु फिल्ड व्यावस्थापन उपसमिति संयोजक न्हुछे नारायण श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून लेखा सुपरिवेक्षण समिति सदस्य शुसिल कुमार बस्न्यात, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोख्रेल, नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद पाठक, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, नेफ्स्कून गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारी सहित ८ साकोसबाट १६ जना साकोस प्रतिनिधिहरुको सहभागिता थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप