दैलेखको गुराँस गाउँपालिका मा सहकारी सचेतना गोष्ठी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 दैलेखको गुराँस गाउँपालिका मा सहकारी सचेतना गोष्ठी 

दैलेख । जिल्लाको गुराँस गाउँपालिका मा नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना गोष्ठी आज सम्पन्न भएको छ । 

गोष्ठीका प्रमुख अथिति गुराँस गाउँपालिका का अध्यक्ष खेमराज वलीले सहकारी संघ संस्था व्यवस्थापन, प्रवर्द्धन र नियमन गर्ने दायित्व गाउँपालिको भए पनि सीमित स्रोत साधन, न्यून जनशक्ति र प्राविधिक जनशक्ति अभावकै कारणले सुरुवाती चरणमा स्वभाविक रुपले सहकारीका काम गर्न नसकेको स्वीकार गदै नेफ्स्कून सँंगको साझेदारीले पालिका भित्रका सहकारी संघ संस्था व्यवस्थापनमा सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेफ्स्कून र गाउँपालिकाले संयुक्त रुपमा सम्पूर्ण सहकारी संस्थाहरुमा स्थलगत अनुगमन गरी संस्थाको आवश्यकताको विश्लेषण गरेर सोही अनुरुप कार्यक्रम तय गर्ने धारण उहाँले राख्नु भयो । उहाँले आधारशिला कार्यक्रमले स्थानीय स साना सहकारी एकीकरणका लागि समेत आधार तयार गर्ने हुँदा संस्था सबलीकरणमा कार्यक्रमको महत्व रहने चर्चा गर्नुभयो । 

गोष्ठीमा आधारशिला कार्यक्रमको आवश्यकता, सञ्चालन प्रकृया, सहकारी संस्थाहरुको भुमिका, आधारशिला को परिचय सहित समसामहिक विषयमा संघका बरिष्ठ अधिकृत नविन राज दाहालले सहजीकरण गर्नुभएको थियो । बरिष्ठ अधिकृत दाहालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सहकारी शाखा प्रमुख विष्णु अधिकारी, नेफ्स्कून का बरिष्ठ सहायक खिलनाथ लुइटेल,  गाउँपालिकाका कर्मचारी, सहकारीका प्रतिनिधिहरु सहित ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुर्खेत फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप