कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक

काभ्रे । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले शक्ति, सामथ्र्य र सहनशिलता नै सफलताको कसी रहेको बताउनुभएको छ । उहाँले शक्तिलाई सामथ्र्यमा रुपान्तरित गर्दै चुनौतीको सामना स्वतन्त्र सोच, नवसृजना र कार्यसम्पादन स्वतन्त्रताबाटै गर्न आव्हान गर्दै कर्मचारी क्षमता बृद्धि नियमित प्रक्रिया भएको बताउनुभयो । आज काभ्रेको धुलिखेलमा आयोजित नेफ्स्कून फिल्ड प्रमुखहरुको क्षमता अभिबृद्धि तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पौड्यालले सो कुरा व्यक्त गर्नुभएको हो । 

बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्तिगत सफलता सँगै कार्यालयीय सफलता एकाकार गर्न तालिम निकै महत्वपूर्ण माध्यम हुने बताउँदै तालिमबाट प्राप्त उर्जाले कर्मचारीहरुको व्यक्तित्व साथै कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित हुने विश्वास व्यक्तगर्नुभयो । 

महासचिव दामोदर अधिकारीले नेफ्स्कूनले लिएको रणनीतिक मार्गलाई पछ्याउँदै अगाडि बड्न कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम महत्वर्पूण हुने विचार राख्दै नजितामुखी लक्ष्यप्राप्तिमा जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष दिपक पनेरुले तालिमबाट प्राप्त ज्ञान सीप समन्वय र सहकार्यात्मक माध्यमबाट सदस्य सेवामा केन्द्रित रहेर कार्यान्वय चरणमा उत्रन कर्मचारीहरुलाई रचनात्मक सुझाव सल्लाह प्रदान गर्नुभयो । 

तालिमका सहभागीहरुलाई संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले गर्नुभएको थियो । 

कर्मचारी क्षमता विकास तालिमको पहिलो दिन आज एसियाली ऋण महासंघ (अकु) की प्रमुख कार्यकारी अधिकृत एलिनिता भि.सान रोक्यो ले भर्चुअल माध्यम मार्फत पहिलो सत्र सहजीकरण गर्नुभएको थियो । उहाँले बचत ऋण सहकारी अभियानमा कर्मचारीको भूमिका बारे प्रष्ट पार्दै गुणस्तरीय कार्यसञ्चालनका विधिहरुबारे सुझाउनुभएको थियो । उहाँले अभियानको ऐक्यवद्धता, पहुँच अभिबृद्धि, स्वनियमन र अनुशासनको विषयमा कर्मचारीहरुलाई प्रेरणात्मक भर्चुअल कक्षा सहजीकरण गर्नुभएको थियो । 

तालिमको दोस्रो सत्र सहजीकरण संघका प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिनाले गर्नुभएको थियो । फागुन १४ गते सम्म सञ्चालन हुने उक्त तामिलमा विभिन्न विषय सम्बन्धित आन्तरिक तथा वाह्य प्रशिक्षकहरुको सहजीकरण रहने छ । 
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप