नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने

काठमाडौं । नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर आफ्नो सञ्जाल बिस्तार गर्ने भएको छ । नेफ्स्कून आबद्ध बचत तथा ऋण सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च क्लबले यसै आर्थिक वर्षभित्र क्लबमा आबद्धता बिस्तार गदैै देशभरका व्यवस्थापन प्रमुखहरुलाई जोड्ने कार्यक्रम अघि सारेको छ । यसैगरी, क्लबले निकट भबिष्यमै राष्ट्रिय एवम् प्रदेशस्तरीय गोष्ठी गर्ने तयारी पनि गरेको छ ।

यही फागनु १४ र १५ गते भक्तपुरमा आयोजित “नेफ्स्कून साकोस म्यानेजर्स क्लबको योजना तथा कार्यविधि निर्माण कार्यशाला” का क्रममा क्लबको कार्यविधि २०७५ मा समयानूकुल संशोधन गर्दै उपर्युक्त विषयहरुमा सक्रिय र प्रभावकारी काम अघि बढाउने निर्णय भएको छ ।  नेफ्स्कूनका अध्यक्ष पतिोष पौड्यालले उद्घाटन गर्नुभएको कार्यशालामा संघका महासचिव दामोदर अधिकारी, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, प्रशासन तथा समन्वय विभाग प्रमुख सञ्जयराज तिमल्सिना, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल, व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठसँगै क्लबको वर्तमान कार्यसमिति एवम् संस्थापक एवम् निवर्तमान सदस्यहरुको सहभागिता थियो ।

२०७७ पौष २९ गते गठित क्लबको नयाँ कार्यसमितिको सोही दिन बसेको पहिलो बैठकले क्लबका गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरे अनुरुप भक्तपुरमा आयोजित २ दिने कार्यशालाले योजना तथा कार्यविधि निर्माणको कामलाई अघि बढाएको हो । नेफ्स्कूनका सदस्यहरुमध्ये उत्कृष्ट ठहरिएका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च नेफ्स्कून साकोस म्यानेजर्स क्लब  २०६९ सालमा गठन गरिएको हो ।

विगत २ वर्ष यता फेरिएको यसको संरचना अनुसार नेफ्स्कूनले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर साउन ३२ गते घोषणा गर्ने उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत व्यवस्थापकको संयोजकत्वमा, निवर्तमान संयोजक १ जना, प्रदेशस्तरीय उत्कृष्ट साकोसका ७ व्यवस्थापन प्रमुख, सर्वोत्कृष्ट साकोसको व्यवस्थापक १ र उत्कृष्ट महिलातर्फको साकोसकी व्यवस्थापक १ जना सदस्य रहने व्यवस्था छ ।

क्लबका संयोजक सहित सदस्यहरुको कार्यकाल १ वर्षको हुनेछ ।  नेफ्स्कूनको वार्षिक साधारणसभाबाट पुरस्कृत साकोस तथा व्यवस्थापन प्रमुखहरुबाट अर्को वर्षका लागि उत्कृष्ट घोषितहरुलाई क्लबको जिम्मेवारी हस्तान्तरण हुनेछ ।  प्रारम्भमा नेफ्स्कून एवम् एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित गुणस्तर सुनिश्चितता प्रमाणीकरण कार्यक्रम “उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वोत्तम छनोट” अर्थात्  एक्सेस ब्राण्ड प्राप्त साकोसका व्यवस्थापन प्रमुखहरुको सहभागितामा “एक्सेस् साकोर्स म्यानेजर्स क्लब” नाम दिइएको उक्त फोरमलाई २ वर्षअघि “नेफ्स्कून साकोस म्यानेजर्स क्लब” नामाकरण गरिएको हो । 

नेफ्स्कून व्यवस्थापनका साथै देशभरका साकोसहरुबीच असल अभ्यासहरु साटासाट गर्ने, संस्थागत चुस्तता र कार्यदक्षताका लाागि अनुभवहरु आदानप्रदान गर्ने थिङ्क ट्याङ्क हो । नेफ्स्कूनको सञ्जालभित्रका वित्तीय सहकारीहरुका साझा मुद्दाहरुमा चिन्तन मनन गर्ने, नवीन अवधारणाहरु विकास गर्ने र भोलीका सम्भावनाहरु पहिचान गर्ने लुज फोरम हो ।  बचत तथा ऋण सहकारी अभियानभित्र कार्यरत मानव संशाधनको विकास र परिचालन गरी नवीनतम् विषयहरुको प्रवर्धन र अबलम्बनका लागि संघ अन्तर्गत एक व्यावसायिक विशेषज्ञ समूहको रुपमा क्लब रहने व्यवस्था क्लब सञ्चालन कार्यविधिमा उल्लेख छ । साकोस अभियानको सशक्तिकरणको लागि सहयोगीसिद्ध विषयहरुको चर्चा, सहजिकरण र बहसपैरवी, साकोसको केन्द्रीय संघ र प्रारम्भिक संस्थामा व्यावसायिकता विकासका लागि रणनीतिक मार्गनिर्देश तयार गर्न आवश्यक भूमिका खेल्ने लगायत यसका उद्देश्य निर्धारण गरिएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप