सुर्खेतमा साकोस व्यावसायिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत उद्यमशिलता TOT तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा साकोस व्यावसायिक प्रवर्द्धन कार्यक्रम अन्तर्गत उद्यमशिलता TOT तालिम सञ्चालन

सुर्खेत । नेपाल सरकार भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय–सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रममा रहेको बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रवर्द्धन तालिम मिति २०७७ फाल्गुन २२ देखी २६ सम्म बिरेन्द्रनगर सुर्खेतमा सञ्चालन भैरहेको छ ।तालिममा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, दैलेख र जाजरकोटका २६ जना बचत तथा ऋण सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

नेफ्स्कूनका सञ्चालक सदस्य एबं उद्यमशिलता उपसमिति संयोजक रीना आचार्यको अध्यक्षतामा शुरु तालिमको  उद्घाटन  कर्णाली प्रदेश, भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयका अधिकृत इन्दा चपाईले गर्नुभएको थियो । 
कार्यक्रममा नेफ्स्कून उद्यमशिलता विकास उप समिति सदस्य विर बहादुर रावत, फिल्ड व्यवस्थापन उप समिति सदस्य भुपेन्द्र ब. सिहं, लक्ष्मी उपाध्याय, नेफ्कूनका अधिकृत रिता सुवेदी, गणेश प्रसाद रेग्मी लगायत सुर्खेत, जुम्ला, हुम्ला, मुगु, दैलेख र जाजरकोट मा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।

प्रमुख अथिति चपाईले नेफ्स्कूनले दुर दराजका गाउँ गाउँमा पुगेर सहकारीको जागरण, विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भयो । सरकारले गर्नु पर्ने कतिपय कामहरु सरकार भन्दा पनि पहिले नै नेफ्स्कूनले गर्ने गरेको बताउँदै  उहाँले रजिष्ट्रारको कार्यालय र नेफ्स्कूनको साझेदारीमा कर्णालीका दुर दराजमा पनि कार्यक्रम निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा महिलाहरुको पूर्ण सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै उहाँले नेफ्स्कूनको उत्कृष्ट कार्यशैलीप्रति धन्यवाद व्यक्त गर्नुभयो । 

उद्घाटन शत्रका अध्यक्ष रीना आचार्यले नेफ्स्कूनले सधै महिलाहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु संञ्चालन गर्ने अभ्यास गरी रहेको र अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको जानकारी गराउनुभयो । सदस्य बलियो भए संस्था बलियो हुने र संस्थाहरु बलियो भए सहकारी अभियान बलियो बन्ने धारणा राख्दै उहाँले नेफ्स्कूनको ध्यये सदस्यहरुको आर्थिक सशक्तीकण रहेको बताउनुभयो । 

पाँच दिन सम्म चल्ने तालिमको सहजिकरण सञ्चालक रीना आचार्य, अधिकृत गणेश प्रसाद रेग्मी, रीता सुवेदीले गर्नुभएको छ । उद्यमशिलता विकास उप समिति सदस्य विर बहादुर रावतले स्वागत गरेको कार्यक्रमको सञ्चालन फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो तालिमको व्यवस्थापन सहजीकरण कार्यालय सहायक तिलक प्रसाद अधिकारीले गर्नुभएको छ । ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप