अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न

भक्तपुर । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तीकरण उपसमितिको आयोजनामा आज “वर्तमान सहकारी ऐन कानुन” बिषयक एक दिवसीय महिला गोष्ठी भक्तपुरमा सम्पन्न भएको छ  । 

गोष्ठीको उद्घाट्न गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले महिला सशक्तीकरणमा महिला सहकारीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै महिला सहकारीको अस्तित्व मेट्ने गरी सहकारी एकिकरण गर्न नमिल्ने कुरा बताउनुभयो । वहाँले सहकारी ऐनका एक व्यक्ति एक सहकारी जस्ता अव्यवहारिक व्यवस्थाको संशोधन हुनुपर्ने विचार राख्नुभयो ।

संघका संचालक एंव महिला सशक्तीकरण उपसमितिका संयोजक कृष्णश्वरी मचामसि (प्रजापति) ले आबद्ध सदस्य संस्थाका महिला संचालकहरुलाई वर्तमान सहकारी ऐन कानुनबारे सुसूचित गराई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको विचार राख्नु भयो । गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीमा महिला समावेशिताका लागि नीतिगत व्यवस्था र कार्यान्वयनको अवस्था विषयक प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यसैगरी काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक उपेन्द्र हुमागाईले सहकारीमा एकिकरण तथा विभाजन र संघका व्यवस्थापक बालकृष्ण धोजुले सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । 

संघको महिला सशक्तिकरण उपसमितिका सदस्य सन्तोषी खतिवडाले स्वागत मन्तव्य राख्दै एक व्यक्ति एक सहकारी, सहकारी मर्ज जस्ता अस्पष्टतालाई गोष्ठिले स्पष्ट पार्ने विचार राख्नुभयो । संघमा आबद्ध सदस्य संस्थाबाट ८४ जनाको उपस्थित रहेको उक्त गोष्ठीले ७ बुदें धोषण पत्र जारी गरेको छ । गोष्ठिको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गर्नु भयो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

पाठकबाट थप