सिन्धुलीका थप २२ साकोसहरु नेफ्स्कूनको CURBS कार्यक्रममा आबद्ध हुने  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीका थप २२ साकोसहरु नेफ्स्कूनको CURBS कार्यक्रममा आबद्ध हुने  

 सिन्धुली ।  जिल्लाका थप २२ बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध हुने भएका छन् । नेफ्स्कुनले फागुन २० गते त्यहाँ आयोजना गरेको CURBS अभिमुखीकरण कार्यक्रममा सहभागी ती साकोसहरुले नेफ्स्कूनको गुणस्तर सुनिश्चितता कार्यक्रमप्रति पूर्ण विश्वास र भरोसा जनाउँदै उक्त कार्यक्रममा सहभागी हुने बचनबद्धता व्यक्त गरेका हुन् । 

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य एवम् नेफ्स्कूनका निवर्तमान अध्यक्ष डि वि बस्नेत प्रमुख अतिथि रहुनभएको उक्त अभिमुखीकरण कार्यक्रमको सभापतित्व नेफ्स्कून संचालक सदस्य जिवसराज खड्काले गर्नुभएको थियो । कार्यक्रममा सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष विमला श्रेष्ठ, कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विषकेशन ढकाल लगायतका अतिथि, जिल्ला सहकारी संघ र अन्य विषयगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु सँगै ४५ वटा साकोसहरुको अध्यक्ष, व्यवस्थापक लगायत प्रतिनिधिहरुको सहभगिता थियो ।

कार्यक्रममा बोल्दै नेफ्स्कूनका सल्लाहकार प्रमुख अतिथि बस्नेतले कही सहकारीको बदमासीले गर्दा साकोस क्षेत्रकै ख्यातिलाई धमिल्याएको कुरा राख्दै अव सहकारी संस्था पहिले जस्तो झोलामा नचल्ने बताउनुभयो । सम्पुर्ण सहकारीहरु सहकारी ऐन नियम अनुसार चल्नुपर्ने कुरा राख्नुभएको थिायो । साकोसरुमा पुँजी अभावमा सम्पुर्ण सदस्यहरुलाई आवश्यकता अुनसारको सेवा दिन नसक्ने भए एकिकरणमा समेत जान सकिने धारणा उहाँले राख्नुभयो । जिल्लाका सब साकोसरुले वित्तीय अनुशासनमा बसी एकाकार भएर जानुपर्नेमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष बस्नेतले जोड दिनुभयो । उहाँले नेफ्स्कूनले संचालन गरेको यस कार्यक्रममा सहभाभी हुन आग्रह गदै यदि अब पनि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रममा आवद्ध नभएमा गाडी छुट्ने र अव अर्को साधन पाउन समय लाग्ने भएकाले तत्काल संचालन भइरहेको गाडी मार्फत यात्रा गरी सुरक्षित गन्तव्यमा पुग्न सुझाव दिनुभयो । यससंगै सिन्धुली जिल्लालाई उत्पादन र बजारीकरणको लागी नगरपालिकाले जिल्ला सहकारी संघ को लागी जग्गा उपलब्ध गराएमा पुर्वाधार बनाउने कार्यको लागी महासंघले सयोग तथा समन्वय गर्ने कुराको समेत महासंघका सञ्चालक बस्नेतले जानकारी गराउनुभयो । 

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विशकशेन ढकालले साकोसहरु गुणस्तर तरिकाले चल्लुपर्ने, मानिसहरु धेरै साकोसमा सदस्य सदस्य हुनु भन्दा पनि कुनै एक साकोसमा मात्र सदस्यता भएर सेवा लिदा राम्रो हुने कुरा राख्दै नगरपालिकाका साकोसहरुलाई आधारशिला कार्यक्रमसँगै अन्य कार्यक्रमहरुको सहायताले अगाडी बढाउन सहायोग पुर्याउने प्रतिबद्धता राख्नुभयो ।
कार्यक्रममा बोल्दै नेफ्स्कून संचालक समिति सदस्य जिवसराज खड्काले अव साकोसहरु झोलामा, ट्याङ्कामा राखेर चल्ने समय गएको कुरा राख्दै सदस्यहरुले दुःखले कमाइ जम्मा गरेको रकमको सुरक्षा गर्न साकोस विश्वासिलो र सक्षम हुनुपर्ने र त्यसको लागि जोखिममा आधारीत साकोस सुपरिवेक्षण कार्यक्रममा आबद्धता भई जोखिम पहिचान गरी साकोसहरु जोखिम मुक्त हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विमला श्रेष्ठले सिन्धुली जिल्लामा रहेका सम्पूर्ण साकोसहरु नेफ्स्कूनले संचालन गरेको गुणस्तरी सुनिश्चितताको कार्यक्रममा आवद्ध भइ साकोसलाई जोखिम मुक्त बनाई गुणस्तरीयता कायम गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत नविन दहालले आधारशिला कार्यक्रमको विषयमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो भने नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमको विषयमा सहभागीहरुलाई प्रस्तुतीकरण मार्फत जानकारी प्रदान गर्नुभएको थियो । उक्त अन्तक्रियात्मक कार्यक्रममा सहभागीहरुको जिज्ञासाको समाधान गर्दै कार्यक्रममा सभाअध्यक्ष जिवसराज खड्काले कार्यक्रम समापन गर्नुभएको थियो । आगामी चैत्र पहिलो हप्ता भित्र उक्त कार्यक्रमको साकोस, बचत संघ र नेफ्स्कूनबीच त्रिपक्षिय हस्ताक्षरको मिति तय गर्न सिन्धुली ज्लिला बचत संघले समन्वय गर्ने गरी कार्यक्रम समापन गरिएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप