सहकारीको कुशल व्यवस्थापकीय कौशल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको कुशल व्यवस्थापकीय कौशल

शान्ता राई
प्रबन्धक
ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.
शारदा नगरपालिका २ सल्यान, खलङ्गा

सहकारीमा योजना तथा बजेट निर्माण गर्ने, सो बमोजिम कार्यान्वयन र नियन्त्रण गर्ने र समन्वय गर्ने देखि सहकारीको सम्पुर्ण कार्य सन्चालन गर्ने जिम्मेवारी व्यवस्थापकको हुन्छ । महिला व्यवस्थापक संस्थाप्रति समर्पित भएर यसको जिम्मेवारी निर्वाह गर्न र लक्ष प्राप्तीका लागि निरन्तर रुपमा अग्रसर हुन्छन् । महिलाहरुमा ईमान्दारिता, सहनशिलता, लगनशिलता, धैर्यता, नम्रता र सत्यताको गुणहरु हुन्छ ।  एउटा महिलाले घर परिवार संगठित भएर सन्चालन गर्नका लागि सकारात्मक सोचका साथ आफ्नो बानी व्यवहारलाई सुसंस्कारमा परिणत गरेका हुन्छन् ।  ठीक त्यसै तरह महिला व्यवस्थापकले सकारात्मक सोचका साथ लक्ष प्राप्तीका लागि आफुमा भएका सिप, क्षमता, योग्यता र असल गुणलाई सदुपयोग गरी अगाडि बढेमा निश्चित रुपमा एक सफल सहकारीको उदाहरणिय महिला व्यवस्थापक हुन सकिन्छ । 

सहकारी एक त्यस्ता व्यक्तिहरुको स्वायत्त संगठन हो जसले एक आपसी स्वामित्व र लोकतान्त्रिक रुपमा संचालित उद्योग मार्फत स्वेच्छाले उनीहरुको आर्थिक, सामाजिक, र सांस्कृतिक लाभको लागि सहयोग गर्दछ । सहकारी संस्था नाफा नकमाउने समुदाय, संगठनहरु र व्यवसायहरु मार्फत स्वामित्व र व्यवस्थित छन् । सहकारीहरु आत्म सहयोग, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, समता(न्याय) र ऐक्यबद्धता जस्ता मूल्यहरुमा आधारित छन् । सहकारीहरु खासगरी यसका मूल्य एवं मान्यताका आधारमा सदस्यताको माध्यमबाट महिला सशक्तिकरणमा उपयोगी छन् ।

सहकारीले समूदायमा रहेका जनतालाई एकतावद्घ गर्न र विकासको दिशामा लैजानमा अभूतपूर्व भूमिका खेल्छ । यसले उत्पादकहरुको सहकारी, उपभोक्ता सहकारी आदि विभिन्न क्षेत्रहरुमा विभिन्न प्रकारका सहकारी संस्थालाई जन्म दिएको छ । सहकारी संस्था आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले गठित भएका हुन्छन् । एक वाक्यमा सहकारिताको दर्शन“ एकका लागि सबै र सबैका लागि एक” को सार भन्न सकिन्छ । सहकारीलाई अन्तर्राष्ट्रिय सहकारी गठबन्धनले परिभाषित गरिएको छ एक  संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रणमा रहेका उद्यमहरु मार्फत उनीहरुको साझा आर्थिक, सामाजिक र सांस्कृतिक आबश्यकताहरु र आकांक्षा पूर्ति गर्न स्वेच्छाले एकता भएका व्यक्तिहरुको स्वायत्त संघ हो ।

भर्खरै सहकारी विभागले निकालेको तथ्यांक अनुसार नेपालको सहकारी संघ संस्थाहरुमा अहिले कुल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ जना सदस्यहरु छन् । जस मध्ये ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष सदस्यहरु छन् । पुरुषको तुुलनामा महिला सदस्यहरु १२ प्रतिशतले बढी भएता पनि महिलाहरु सहकारी संघ संस्थाहरुको व्यवस्थापकिय र नेतृत्वदायी भुमिकामा एकदमै न्युन सहभागी रहेको छ ।

सहकारी संघ संस्थाहरु जुन महिलाले पूर्ण रुपमा बनाएको हो र बनिएको, संरचनात्मक ढङ्गले हुन सक्दछ कि यसले महिलाहरुलाई भाग लिन सजिलो बनाउछ । धेरै विकासोन्मुख देशहरुमा त्यहाँ प्रचलित गलत धारणा छ जुन प्रजनन र घरेलु भूमिका महिलाको सबैभन्दा महत्वपूर्ण काम हुनु पर्दछ । जब महिलाहरुले अन्य भूमिकाको शीर्षमा आयआर्जन गर्ने काम थप्ने प्रयास गर्दछन, घरपरिवारमा श्रम र हेरचाहको कामको असमान विभाजनलाई समर्थन गर्ने दबाबले उनीहरुको रोजगारीको छनौटलाई गम्भीर रुपमा प्रतिवन्धित गर्दछ, तिनीहरुलाई सहकारीमा बाहिरी सर्कलमा राख्छ किन भने त्यहाँ थोरै समय हुन्छ ।

भूमिका

सहकारी संस्थामा महिलाहरुले विशिष्ट किसिमको लक्ष्यहरुलाई लक्षितगरि योजना बनाएको हुन्छन् जसको परिणाम सहकारी विशिष्ट एवं सफल हुन पुग्दछ । सामाजिक, आर्थिक वा सांस्कृतिक पक्षमा महिलाहरु एकदमै मजबुद ढङ्गले प्रस्तुत हुन्छन र उन्नति एवं प्रगतिको गतिलाई बढाउन सदैव चलायमान हुन्छन । सहकारीमा आबद्घ शेयर सदस्यहरुलाई निरन्तर रुपमा आर्थिक अनुशासनको सबल पक्षलाई जोडदार तरिकाले बुझाउन सक्ने कला भरिपूर्ण हुन्छ । आफ्नोे काममा लगनशीलता, आर्थिक पक्षमा ईमान्दारीता र मितव्ययिता अपनाउन सक्नु नै महिलाहरुको प्रमुख विशेषतामा पर्दछ, फलस्वरुप प्रत्यक्ष रुपमा सहकारीलाई सफल बनाउन टेवा पु–याउदछ ।

महिलाहरुले आफ्नोे सङ्ग संगतीहरुलाई सजिलैसँग सदस्यको रुपमा समावेश गर्न प्रोत्साहन गर्न सक्दछन । महिलाहरुले तुलनात्मक रुपमा कृषि क्षेत्र, घरायसी उत्पादन र अन्य बहुद्देश्यीय क्षेत्रमा चासो देखाउने भएकोले सहकारीका शेयर सदस्यहरुलाई उद्यमी बनाउन अभिप्रेरित गर्छन । आफ्नोे कामको सकारात्मक रुपमा उत्तरदायित्व लिने र सानो सानो पूँजीलाई संकलन गरेर ठूलो पूँजीमा परिणत गर्न सक्ने क्षमता र धैर्यताले गर्दा सहकारीलाई आर्थिक रुपमा सबल बनाउन महिला व्यवस्थापकको ठुलो भूमिका रहेको हुन्छ । विकासोन्मुख देशहरुमा सहकारीको सफलताको लागि निष्कर्ष र लुकेका सम्भावनाहरुलाई आदान प्रदान गर्न महिलाहरु सक्षम हुन्छन । सहकारी संस्था विकासका लागि सम्भावित विकासका मार्गहरुलाई चयन गरी कार्यान्वयन गर्नका लागि पनि लचकता देखाउन सक्दछन । खास गरेर ग्रामीण भेगमा रहेका महिलाहरुलाई व्यक्तिगत, सामाजिक, मनोवैज्ञानिक र आर्थिक सशक्तिकरणमा कसरी सकारात्मक प्रभाव पार्ने भन्ने कुराको अध्ययन र खोजी सजिलै गर्न सक्दछन जसको प्रत्यक्षप्रभाव सहकारी संस्थाको सफलतासँग जोडिएको हुन्छ । सम्भाव्य सुझावहरुलाई संप्रेषण गर्नका लागि प्रभावकारी कदम चाल्ने र समाजको विद्यमान गतिविधिहरुलाई विविधिकरण गर्न नयाँ रणनीतिहरुमा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न र गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन ।

सहकारीमा योजना तथा बजेट निर्माण गर्ने, सो बमोजिम कार्यान्वयन र नियन्त्रण गर्ने र समन्वय गर्ने देखि सहकारीको सम्पुर्ण कार्य सन्चालन गर्ने जिम्मेवारी व्यवस्थापकको हुन्छ । महिला व्यवस्थापक संस्थाप्रति समर्पित भएर यसको जिम्मेवारी निर्वाह गर्न र लक्ष प्राप्तीका लागि निरन्तर रुपमा अग्रसर हुन्छन् । महिलाहरुमा ईमान्दारिता, सहनशिलता, लगनशिलता, धैर्यता, नम्रता र सत्यताको गुणहरु हुन्छ जसको कारणले गर्दा नै एउटा महिलाले घर परिवार संगठित भएर सन्चालन गर्नका लागि सकारात्मक सोचका साथ आफ्नो बानी व्यवहारलाई सुसंस्कारमा परिणत गरेका हुन्छन् र सो बमोजिम व्यवहारमा कार्यान्वयन गरी एउटा खुसी, सुखी र समृद्ध परिवार बनाउन सफल भएका हुन्छन् । ठीक त्यसै तरह महिला व्यवस्थापकले सकारात्मक सोचका साथ लक्ष प्राप्तीका लागि आफुमा भएका सिप, क्षमता, योग्यता र असल गुणलाई सदुपयोग गरी अगाडि बढेमा निश्चित रुपमा एक सफल सहकारीको उदाहरणिय महिला व्यवस्थापक हुन सकिन्छ । यसरी नै सहकारीमा महिला व्यवस्थापकको महत्वपुर्ण भूमिका रहन्छ ।
 
भर्खरै
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१३ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

५ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१३ घण्टा अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप