जागिर छोडेकोमा पछुतो छैन हिरालाई
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जागिर छोडेकोमा पछुतो छैन हिरालाई

हिरा योगी श्रेष्ठ 

सल्यान

“महिलाहरु पराश्रित हुनुहुँदैन, पढेर जागिरे हुनुमात्रै सफलता होइन, आज मेरो व्यवसाय कुनै जागिर भन्दा कम छैन” सल्यान शारदानगर नगरपालिकाकी २९ बर्षिय हिरा योगी श्रेष्ठलाई ६ महिने जागिर छोडेर व्यवसायमा हात हालेकोमा आज पछुतो होइन गर्व छ । अहिले मेरो आम्दानी मासिक ५० हजार जति छ ।” पैसासँगै पेसा व्यवसायले आत्मसन्तुष्टि दिएको हिरा सुनाउनुहुन्छ । हिराको व्यावसायिक सफलतामा जिल्लास्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि.को वित्तीय सहयोगले होस्टेमा हैंसे गरेको छ ।

हिराको बाल्यकाल अभावरहित बित्यो । स्वास्थ्य सेवामा संलग्न बाबुले छोरीको शिक्षा दिक्षा र भविष्य निर्माणमा कुनै कसर बाँकी राख्नुभएन । एसएलसी पछि उहाँ अनमी पढ्न दाङस्थित राप्ती हेल्थ इन्स्टीच्यूटमा भर्ना हुनुभयो । स्वाथ्य सेवामा समर्पित हुने उत्साहका साथ हिरा राम्रो अंक ल्याएर अनमी उत्तीर्ण हुनुभयो । अन द जव टे«निङ का क्रममा उहाँले केही स्वास्थ्य चौकी र अस्पतालहरुमा काम गर्नुभयो । विरामीको सेवामा खटिनुभएकी हिराको केही समय नबित्दै रोजगारीप्रति वितृष्णा जाग्यो । कामको बोझ, व्यस्ततासँग सेवा सुविधा तालमेल नभएपछि अरुचि पैदा भयो । त्यसमाथि हाकिमको कुव्यवहारले कारिन्दा हिरा बन्दी बन्नुभयो । 

ठीक त्यसैबेला, घरेलु समितिले स्थानीय महिलाहरुलाई निःशुल्क ब्यूटी पार्लर तालिम दिने जानकारी हिरालाई ‘ढुङ्गा खोज्दा देउता मिले’ भंmैं भयो । तीन महिने व्यूटी पार्लर तालिमले जीवनको ‘दोश्रो इनिङ्ग्स’ को रुपमा व्यावसायिक सोच बीजारोपण गर्यो उहाँको । लगत्तै बुटवल झरेर ३ महिनाको अर्को व्यूटी पार्लर तालिम लिएपछि हिराले १५ हजार लगानी गरेर रुचिलाई रोजगारीमा बदल्नुभयो ।

विगत ५ बर्षदेखि उहाँको नीजी निवासमा व्यूटिपार्लर सञ्चालनमा छ । ७ बर्षदेखि ग्रामीण साकोसको क्रियाशिल सेयर सदस्य हिरा नियमित मासिक बचत सँगसँगै सहकारीका विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने मात्र होइन सुझाव दिने काममा पनि संलग्न हुनुहुन्छ । व्यूटीपार्लर व्यवसायका लागि ८ प्रतिशत व्याजमा सहकारीबाट १ लाख ५० हजार ऋण लिनुभयो र आफूसँग भएको केही रकम थप गरेर पसल शुरुवात गर्नुभयो । सहकारी सहयोगले व्यवसाय विस्तार सम्भव भएको उहाँ दाबी गर्नुहुन्छ ।

ग्रामीण साकोसकी व्यवस्थापक शान्ता राई भन्नुहुन्छ, “ हिरा सहकारीको क्रियाशील सदस्य र असल ऋणी हो । उहाँले सहकारीबाट करिब १० लाख सम्म ऋण लिइसक्नुभएको छ । ऋणको नियमित व्याज र किस्ता पनि समयमै बुझाइरहनुभएको छ ।”

घरेलु र सिटीइभीटीबाट प्रशिक्षक प्रमाणित हिरा पछिल्लो समय तालिम प्रशिक्षणमा पनि संलग्न हुनुहुन्छ । करिब ४० जनालाई तालिम पनि प्रदान गरिसक्नुभएको छ ।  महिला दिदीबहिनीहरुलाई व्यवसायका विविध विकल्पहरु पनि उहाँ सुझाउनुहुन्छ । स्थानीय आवश्यकता अनि श्रोत साधनको उपलब्धताको आधारमा महिला दिदीबहिनीहरुले गुडिया बनाउने, अचार बनाउने व्यवसाय शुरु गरे बजार अभाव नहुने ठम्याइ व्यवसायी हिराको छ । सहकारीले सदस्यहरुलाई सीप तालिम प्रदान गर्न आफुलाई सम्झिए निःशुल्क सहयोग गर्ने वचन हिराले दिनुभयो “यसले आत्मसन्तुष्टी मिल्छ ।”  
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप