लैंगिक समानता र महिला सशक्तिकरणः दीगो विकास लक्ष्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लैंगिक समानता र महिला सशक्तिकरणः दीगो विकास लक्ष्य

कल्पना श्रेष्ठ
अध्यक्ष, जिल्ला बचत संघ मकवानपुर

जिल्ला, स्थानीय तह एवं विभिन्न निकाय हांक्ने महिला सहकारी कर्मीको जन्म ः

एउटा चिनिया भनाई छ यदी तिमी एक वर्षको लागि योजना बनाउंछौ भने धान रोप, दशौं वर्षको लागि योजना बनाउंछौ भने रुख रोप, त्यस भन्दा पनि बढी समयको लागि योजना बनाउंछौ भने शिक्षा देउ । यो भनाई हामीले सहकारी शिक्षा तालिम, कार्यक्रममा धेरै पटक धेरै ठाउंमा प्रयोग ग¥यौं । तर यसको खास चरितार्थ यो २०/२२ वर्ष पछि भएको छ । मकवानपुर जिल्लाका तत्कालिन गाविसहरुलाई कार्य क्षेत्र बनाएर प्लान नामक एक संस्थाले बाल बालिकाको क्षेत्रमा काम गर्न प्रारंभ ग¥यो । शिक्षा सम्बन्धि सोच  अहिलेको भन्दा धेरै भिन्न थियो । छोरीलाई चिठ्ठी पढ्न सम्म सक्ने गरी पढाउने चलन थियो । त्यो भनेको लगभग ५ कक्षा पढेपछि अर्काको भित्तोटाल्ने जात भनेर तुरुन्त छोरीलाई विहेगरी पठाउने चलन व्याप्त थियो । सानै उमेरमा, १३ देखि १६ वर्ष भित्रै विवाह गर्ने भएकाले केटाहरुको पनि स्कूल छोड्ने दर अत्याधिक थियो । जागिर खाने होईन वा जागिर पाईने होईन किन पढ्ने भन्ने धारणा थियो । यसैले पनि शिक्षाको अवस्था नाजुक थियो ।
प्लानले विद्यार्थीहरुको विद्यालय छाड्ने दर कम गर्नका लागि धेरै प्रकारका कामहरु गर्ने गथ्र्यो । तैपनि अपेक्षाकृत रुपमा कुनै पनि सकारात्मक परिणाम प्राप्त हुन सकिरहेको थिएन । यसैले बालबालिकाको शिक्षाको लागि अभिभावकहरु सचेत र आर्थिक रुपमा सक्षम हुनु आवश्यक छ । अभिभावकमा पनि आमाको आर्थिक सशक्तिकरणले महत्वपूर्ण भूमिका खेल्छ भन्ने निश्कर्षको परिणम आज जिल्लामा देशको अन्य भागको तुलनामा मकवानपुर जिल्लामा महिला सहकारीहरु, ती महिला सहकारी हांक्ने महिलाहरु मार्फत जिल्लाको नेतृत्व एवं स्थानिय तहरुमा समेत नेतृत्व गर्न सफल भएका छन् ।

वि.सं. २०५४ सालमा विउ विजन लिई करेशाबारी बांझो नराख्ने अभियानका लागि निर्मित समूह २०६० मा आईपुग्दा आफ्नो सहकारीमा बचत गर्ने र आफ्नै व्यवसाय गर्न ऋण लिने सम्मको अवस्थामा पुगे । २०६२ सालमा आफ्नै नेतृत्वमा जिल्ला स्तरमा छाता संगठन, जिल्ला बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरे । समाजको पछौटेपनालाई न्यूनीकरण गर्नको लागि अहिलेको न्यायपालिकाको भूमिका गाउंपालिकाका उपाध्यक्षको रुपमा निर्वाह गर्दैछन् । मासिक ५ रुपैंया बचत गर्न नसक्ने महिलाहरुलाई विभिन्न ८/१० थरीका बचतहरु गर्न सक्षम बनाए । बीचमै पढाई छाडेकाहरुले समेत निरन्तरता दिंदै रोजगारी तथा स्वरोजगारी तर्फ लागे । शिक्षाको महत्वलाई आत्मसाथ गर्दै आफ्नो क्षमता बिकास तथा नेतृत्वदायी भूमिकामा अघिबढ्दै गए । जसको परिणाम आज अन्य जिल्लामा आरक्षण व्यवस्था गरी गरी ल्याउनुपर्ने महिला वर्ग जो बैठकमा समेत सहभागि हुन्नन् भन्ने आरोप खेपीरहेका छन् । तर  जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरको १६ वर्षे ईतिहांसमा निरन्तर महिलाको नेतृत्व रहेको छ । सबै पदमा महिलाहरुको सक्रिय र उल्लेख्य नेतृत्व रहेको छ । आधा अरब भन्दा बढी पूंजी निर्माण तथा सही परिचालन भैसकेको छ । सबै सदस्य संस्थाहरुको नियमित अनुगमन तथा परामर्श, शिक्षा तालिम, कार्यक्रम सहकारी सम्बन्धि, वित्तिय साक्षरता सम्बन्धी सुसुचित गराउने काम । वकालत तथा पैरवीमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । पुरुषहरु समेतले आफ्नो जिल्लामा रहेको महिला सहकारी र महिला सहकारी कर्मीहरुले गरेका नेतृत्व र काम प्रति गर्व महसुस गर्ने गरेका छन् । 

स्थानीय तहहरु तथा जिल्ला समन्वय समितिमा महिला सहकारी कर्मीहरुको नेतृत्व ः

मकवानपुर जिल्लामा १० वटा स्थानीय तहहरु रहेका छन् । जस मध्ये ८ वटा स्थानिय तहमा सहकारीबाट नेतृत्व जीवन प्रारंभ गरेका, सहारी नेतृत्व मा भिजेका महिलाहरु रहेकाछन् ।

१. पार्वती राना (भिमफेदी गाउंपालिका उपाध्यक्ष), २. उमा लामा (ईन्द्रसरोवर गाउंपालिका उपाध्यक्ष), ३. मनिला विष्ट (मनहरी गाउंपालिका उपाध्यक्ष, ४. धनमाया स्या्तान (बागमती गाउंपालिका उपाध्यक्ष), ५. सरला बोलखे (बकैया गाउंपालिका उपाध्यक्ष) , ६. सुकुमाया थि ( कैलाश गाउंपालिका उपाध्यक्ष), ७. निर्मला डिमडु ( राक्सिरां गाउंपालिका उपाध्यक्ष), ८. मीनाकुमारी लामा (हेटौंडा उपमहानगरपालिका उपमेयर), ९. भगवती पुडासैनी जिल्ला समन्वय समिति उपप्रमुख ।

यसका अलावा वडा सदस्यहरुमा चुनिएका महिलाहरु अधिकांश सहकारी संस्थामा सञ्चालक रहेका महिलाहरु रहेका छन् । आफ्ना सहकारी कालमा सहकारीका समूहहरुको निर्माण, शिक्षा कार्यक्रमहरु सञ्चालन । समूह बैठक सञ्चालन तथा समय समयमा हुने असमझदारीहरुको हल गर्ने क्रममा नेतृत्व क्षमता विकास भएका थिए । 

भनिन्छ जसको सवाल उसको नेतृत्व । आधा आकासका अधिकारी महिलाहरुको सवाल तथा न्यायिक पक्षमा महिलाको संलग्नता, नीति तर्जुमा तहमा महिलाको सहभागिता, न्यायिक समाज स्थापनाको विजारोपण हो । थप केही वर्षमा शान्ति अमन चयनयुक्त समाजको परिकल्पना साकार हुने र यसको परिणाम केही वर्षमा नै देखिने विषयमा विश्वस्त छौं ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप