‘चितवन बचत संघको प्रगतिमा त्यो नै टर्निङ पोइन्ट थियो’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘चितवन बचत संघको प्रगतिमा त्यो नै टर्निङ पोइन्ट थियो’ 

नवराज सापकोटा
संस्थापक सचिव, पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

२०५३ सालतिरको कुरा हो । म त्यतिबेला जिल्ला सहकारी कार्यालय चितवनमा निरीक्षकको रुपमा कार्यरत थिएँ । सहकारीमा रुचिका कारण म तत्कालीन जनसेवा साकोसमा सचिव पनि थिए भने जागिरेकै सिलसिलामा पूर्वस्वीकृति लिएरै चित्रवन, राष्ट्रसेवक आदि साकोसमा पनि आबद्ध भएँ । २०४६ सालको राजनीतिक उथलपुथलपछि २०४८ सालमा बनेको सहकारी ऐनमा पहिलो पटक जिल्ला संघ गठनको प्रावधान समेटिएको थियो । उक्त ऐनमा कम्तिमा ५ वटा विषयगत प्रारम्भिक संस्थाहरु मिली विषयगत जिल्ला संघ गठन गर्न सकिने व्यवस्था थियो । सहकारीको जननी जिल्लामा यसको उर्वरताका लागि जिल्ला संघ स्थापना गर्नुपर्छ भन्ने सोचमा भएका म लगायतका सहकारीजीवीहरुलाई यसले हौसला प्रदान गर्यो । हामी उचित समयको पर्खाइमा थियौं ।

संयोगवश त्यही समय तत्कालीन सूर्योदय साकोस पिठूवाका सचिव रामचन्द्र कट्टेल आफ्नो संस्थाको काम लिएर मेरो कार्यालय आउनुभयो । यस्तै सोचका धनी तेजेन्द्र बहादुर खड्काजी –तत्कालीन दीपज्योति साकोसका सचिव) जो मसँगै सहकारी निरीक्षककै रुपमा कार्यरत हुनुहुन्थ्यो । हामी दुई जनाले रामचन्द्रजीलाई जिल्ला संघ गठनका लागि तदारुकता देखाउन आग्रह गर्यौं । उहाँले “सर, तपाईहरु सहकारी कार्यालयमै हुनुहन्छ, धेरै कुरा बुझ्नुभएको छ, यसको लागि वातावरण बनाउनुपर्छ” भनी हामीलाई नै आग्रह गर्नुभयो । सरकारी कार्यालयमा भएकाले संस्थाहरुलाई बोलाउन हामीलाई सजिलो पर्ने थियो । हामीले खबर गर्यौं । करिब ६–७ वटा साकोसहरुबाट सहभागी हुनुभएको थियो । 

त्यो पहिलो भेलाले जिल्लाभर त्यतिबेला कायम सबै १२ वटा बचत ऋण सहकारीहरुलाई बोलाउने र भेलामा गरिने निर्णय, आवश्यक विनियमको जोहो, लेखापरिक्षण प्रतिवेदन, प्रतिनिधि तोकेको निर्णयहरु आदिको व्यवस्थापन तयारीमा हामी जुट्यौं । ९ वटा बचत तथा ऋण सहकारीहरु प्रारम्भिक भेलामा सहभागी भए । त्यहाँ गठन गरिएको तदर्थ समितिमा सोमराज खनियाँ अध्यक्ष, तेजेन्द्र बहादुर खड्का उपाध्यक्ष, म सचिव र सदस्यहरुमा मिना खरेल, शान्ति अधिकारी, रविकुमार प्रधान तथा रामचन्द्र कट्टेल बस्यौं । त्यस्तै, लेखा समितिको संयोजकमा नवराज अधिकारी र सदस्यहरुमा अर्जुन खनाल र कृष्ण प्रसाद बस्याल रहनुभयो । तदर्थ समिति नै पछि पहिलो निर्वाचित सञ्चालक समिति बन्यो । औपचारिक रुपमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. २०५३ साल फागुन २९ गते स्थापना भएको थियो ।

त्यसबेला हामीले प्रत्येक संस्थाबाट महिनाको १ सयका दरले बचत संकलन तथा प्रति कित्ता १ सयका दरले कम्तिमा १० कित्ता सेयर खरिद गर्नुपर्ने नियम राख्यौं । त्यसबेला संघको कार्यालय वा स्थायी ठेगाना नै थिएन । घुम्ती कार्यालय Mobile Office जस्तो थियो । एउटा टीनको ट्याङ्कमा माइन्यूटहरु राख्थ्यौं । अरु भौतिक सम्पत्ति थिएन । २–३ महिना जनसेवामा, त्यसपछि सहारामा, कहिले प्रभातमा कहिले दीपज्योतिमा संघका आधारभूत कार्यसम्पादन गथ्र्यौ । पछि नेफ्स्कूनले चितवनमा व्यवसाय विकास कार्यक्रम (बीडीएस) सुरु गरेसँगै भरतपुर सिंचाई रोडमा घर लिएपछि जिल्ला संघले अडेसा लाग्ने स्थान पाएको थियो ।

सुरुमा कर्मचारी राख्ने श्रोत नभएकाले लामोसमय सम्म म, कोषाध्यक्ष लगायत सञ्चालक समितिका साथीहरुले नै सबै कामहरु गर्दथ्यौं । पहिलो कार्यकाल मैले एक अवधिमै छोडेँ । त्यसपछि  सल्लाहकार रहेँ । २०६८ कार्तिक १५ मा अध्यक्ष निर्वाचित भएँ । एक कार्यकाल काम गरे र त्यसयता सल्लाहकारकै रुपमा छु । म अध्यक्ष हुँदा संघमा जम्मा ७९ सदस्य, ६९ हजार रुपैयाँ सेयर पुँजीे, ५ लाख जति बचत थियो भने कर्मचारीहरुलाई तलब खुबाउन हम्मेहम्मे थियो । मेरो कार्यकाल भित्र सञ्चालक समितिको पूर्ण साथ सहयोग र सक्रियताले सदस्य, पुँजी, कार्यक्रम र सेवा तीब्र गतिमा विस्तार भयो । २०६८ सालमै संघले पहिलो व्यावसायिक रणनीतिक योजना (एसबीपी) निर्माण गर्यो ।  सम्भवतः त्यो नै संघको प्रगतिको 'टर्निङ पोइन्ट' थियो ।

नेफ्स्कूनको पहलकदमी र प्राविधिक सहयोगमा हामीले त्यो रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न गर्यौं । । त्यसले हामीलाई सही दिशाबोध गर्यो । फलतः त्यसपछिको ४ वर्षमा सेयर, बचत, ऋण लगानी, तालिम तथा शिक्षा, संगठनात्मक सृदृढीकरण, नीति निर्माण आदि संघीन क्षेत्रहरुमा संघले छलाङ् मार्यो । त्यसपछिको नयाँ टीमले लगातार रणनीतिक योजनाहरु निर्माण गर्दै संघलाई अघि बढाइरहनुभएको छ । शुरुका २ अध्यक्ष नेतृत्वको टीमबाट संघलाई धानेर राख्ने काम भयो । त्यतिबेला त्यो नै ठूलो कुरा थियो । त्यसपछि संघले व्यावसायिक योजना निर्माण गरेपश्चात विकासको चरणमा प्रवेश गर्यो । सहकारीका आधारभूत मुल्य मान्यता र सिद्धान्तको टेकोमा उभिएको संघले केन्द्रीय संघहरुसँगका कार्यक्रमहरुलाई आत्मसात् गर्दै अघि बढेको छ र साथ र सहयोग पनि राम्रो पाएको छ । अब यसै आर्थिक वर्षभित्र चौंथो व्यावसायिक रणनीतिक योजना निर्माणको काम सकिनेछ, आशा गरौं त्यसले संघको उचाइमा उल्लेख्य योगदान पुर्याउनेछ ।

मलाई स्पष्ट सम्झना छ, २०६९ सालमा नेफ्स्कून सञ्चालक समितिको बैठक राजधानी बाहिर चितवनमा आयोजना गरिएको थियो । उक्त बैठकको महत्व राजधानीबाहिर पहिलो बैठकसँगै गुणस्तर सुनिश्चितता कार्यक्रम–प्रोबेसन सुरु गर्ने निर्णयका हिसाबले पनि छ । चितवनबाट प्रोबेसनको कार्यक्रम सुरुवात भएसँगै पहिलो पटक जिल्लाका ४ वटा बचत तथा ऋण सहकारीहरु– तत्कालीन भरतपुर साकोस, चित्रवन साकोस, कृषक उपकार र ग्रामिण साकोस प्रोबेसन कार्यक्रममा आबद्ध भएका थिए जसमध्ये ३ वटाले ब्राण्ड पाए । चितवन बचत संघको पहलकद्मीमा शुरु भएको प्रोबेसनको नारायणी क्लष्टर कार्यक्रम आफैमा एउटा इतिहास हो । 

नेफ्स्कूनसँगको साझेदारी (नेफ्स्कून जिल्ला संघ साझेदारी) कार्यक्रममा आबद्ध भएपछि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS , स्टेशनरी, तालिम (सञ्चालकहरुको क्षमता अभिवृद्धि, व्यवस्थापकहरुको क्षमता अभिवृद्धि, भाखा नाघेको ऋण, लेखापालन, आदि विविध प्रकृतिका) हरु आवश्यकताका आधारमा सञ्चालनमा छन् ।

चितवनका ७ पालिकाहरुमा गरी हाल २ सय ८४ बचत तथा ऋण सहकारी संस्थाहरु भएको तथ्याङ्क छ । यद्यपि, केही संस्थाहरु मर्ज भएका छन् । जिल्लामा केही बीग मर्जर पनि भएका छन् । त्यसले गर्दा कुल साकोसहरुको संख्या घट्छ, भने संघमा आबद्धहरुको संख्या अहिले २ सय १० छ । CURBS मा ३५ साकोसहरु आबद्ध हुनुहुन्छ । प्रोबेसनमा पनि जिल्लाभरको सहभागिता र उपलब्धि राम्रो छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को क्रममा आयोजित कार्यक्रममा सम्मान पत्र, २०७१ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरबाट पुरस्कार, २०७२ सालमा नेफ्स्कूनबाट उत्कृष्ट जिल्ला बचत संघ पुरस्कार, राष्ट्रिय सहकारी महासंघबाट २०७५ मा उत्कृष्ट सहकारी संघ सम्मान, सोही साल भरतपुर महानगरपालिकाबाट जिल्ला भरको उत्कृष्ट सहकारी संघ लगायतका संघका उपलब्धिहरु स्थायित्व र दिगो बचत संघ निर्माणको दिशामा अभिप्रेरणा हुने विश्वास गर्न सकिन्छ ।

एक समय नियमित कर्मचारी नै राख्न नसकेको, राखेका कर्मचारीहरुलाई पनि नियमित तलब दिन नसकेको संघले संघर्षपूर्ण अवस्था पार गरी हिजो मात्र २४ औं स्थापना दिवस भव्यरुपमा मनाएको छ । अस्तित्वको लडाइँ पार गरेर अर्को वर्ष रजत महोत्सव भव्य रुपमा आयोजना गर्ने अठोट सहित आजैबाट तयारीमा जुट्नु, मेरा लागि यो भन्दा गर्वको कुरा के हुन्छ र ? आफैले जन्माएको संस्थाको प्रगति देख्दा खुसी लाग्नु स्वाभाविक हो । संघको पछिल्लो अवस्थाबाट हर्षित छु । मुख्य कुरा सदस्यहरु संघको सेवा प्रवाह र कार्यक्रमहरुबाट सन्तुष्ट हुनुहुन्छ । 

सल्लाहकारको रुपमा समय समयमा संघको कार्यालय जान्छु, महत्वपूर्ण कार्यक्रमहरुमा सहभागी हुन्छु । संघको उन्नति र प्रगतिमा जे जस्तो भूमिकामा रहेपनि सहयोग गर्ने वाचासमेत गर्दछु ।
 

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप