पोखरा रोयल साकोसको CUDCC तालिम सौराहामा सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसको CUDCC तालिम सौराहामा सुरु

सौराहा, चितवन । कास्की जिल्लास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा चितवनको सौराहामा सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) प्रारम्भ भएको छ । संस्थाका सञ्चालक, लेखा सुपसिवेक्षण समिति, विभिन्न उपसमितिहरु र उच्च व्यवस्थापनका गरी २४ जना सहभागी उक्त तालिम हिजो अर्थात् चैत्र १ गतेदेखि सुरु भई चैत ५ गतेसम्म सञ्चालन हुनेछ । हिजो आयोजित संक्षिप्त कार्यक्रमबीच नेफस्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले तालिमको औपचारिक उद्घाटन गर्नुभयो ।

उद्घाटन क्रममा प्रमुख अतिथि अधिकारीले बचत तथा ऋण सहकारी संस्था सञ्चालनको लागि सञ्चालकहरुमा दिगो सोच र प्रबल ईच्छाशक्ति आवश्यक हुने धारणा राख्नुभयो । उहाँले ईतिहासमा अल्मलिनुभन्दा भविष्य कस्तो बनाउने भन्नेतर्फ योजना बनाउनु पर्ने र बचत तथा ऋण सहकारीहरु केवल वित्तीय गतिविधिमा मात्र सिमित नरही सदस्यहरुको सामाजिक तथा व्यावसायिक हितका लागि संस्थागत रुपमा ठूला परियोजनाहरु सञ्चालनका लागि पनि तयार रहनुपर्ने सुझाब राख्नुभयो ।
 
संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष रुद्रकुमारी गुरुङको स्वागत मन्तव्य र संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङको सञ्चालन रहेको कार्यक्रममा नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिनाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशको पोखरामा प्रधान कार्यालय रहेको संस्था हाल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.द्धारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) गण्डकी क्लष्टर अन्तर्गत आवद्ध रहेको छ । संस्थाले ७ हजार सदस्य मार्फत २ अर्ब बराबरको वित्तीय कारोबार गरिरहेकोे संस्थाको सूचना अधिकारी मिलन ढकालले जानकारी गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप