मिलिजुली कालिञ्चोकको ८ औं सेवा केन्द थामीचागुमा;स्त्रीरोग परिक्षण शिविर समेत आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोकको ८ औं सेवा केन्द थामीचागुमा;स्त्रीरोग परिक्षण शिविर समेत आयोजना

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट दोलखाले आफना सेयर सदस्यहरुलाई सहज र सर्वसुलभ सेवा प्रवाहका लागि बिगु गा.पा.वडा नं ८ थामीचागु दोलखामा आठौ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यसै अवसरमा सेवा सञ्चालन हुने उक्त ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाहरुलाई स्वास्थ्य सचेतना फैलाउन स्त्रीरोग परिक्षण शिविर समेत सञ्चालन गरेको छ । उक्त शिविरमा १३१ जना ब्यक्तिहरुले स्वास्थ्य परिक्षण गराई लाभ लिनु भएको थियो । उक्त सेवाकेन्द्र र स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम बिगु गाउँपालीकाका उपाध्यक्ष सन्जीव ओलीको प्रमुख आतित्थ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालक सदस्य एवं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव जिवसराज खड्काको बिशेष आतित्थ्यतामा भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले गर्नुभएको थियो ।

संस्थाले ग्रामीण भेगमा सेवा दिन सेवाकेन्द्र स्थापना  र स्त्रीरोग परिक्षण कार्यक्रम आयोजना गरी स्थानिय महिलाहरुलाई रोग बाट जोगिन सचेत गराएकोमा खुसी ब्यक्त गर्दै अतिथि लगायत संस्थाबाट सहभागीहरुलाई स्थानियबासीले स्वागत गीत र नृत्यका साथ भब्य स्वागत गर्नुभएको थियो ।

 स्थानीयको तर्फबाट कुमारी थामीले संस्थाले सेवाकेन्द्र सञ्चालन गरेर बचत गर्ने बानीका बिकासको साथै बिप्रेषण सेवा, बिद्युत् बिल भुक्तानी सेवा लगाएतका आर्थिक कारोवारमा सहजता पुर्यएकोमा धन्यबाद ब्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बिशेष अतिथि नेफ्स्कुन संचालक सदस्य जिवसराज खड्काले संस्थाले यस क्षेत्रमा आफ्नो सेवाकेन्द्र बिस्तार गरेकोमा खुसी ब्यक्त गर्दै सदस्यहरुको बिकासको लागि संस्था सदैब अगाडि बढिरहने छ र यो संस्था दिगो र भरपर्दो रहेकोले सबै समुदायलाई संस्थामा आबद्ध हुन आग्रह गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं बिगु गा.पा.को उपाध्यक्ष सञ्जीब ओलीले सहकारीसँग समन्वय गरेर स्थानीय समुदायको बिकासको लागि अगि बढ्ने प्रतिबद्धता ब्यक्त सहित अब बिरामी पर्दा र समस्या हुँदा अन्यन्त्र धाउनु पर्ने समस्या अन्त्य भएको र यसको समाधान गर्न मिलिजुली कालिञ्चोक साकोसले मद्धत पुर्याउने धारणा राख्नु भएको थियो । 

समापन कार्यक्रममा साकोसका अध्यक्ष नारायण बहादुर श्रेष्ठले सहभागी सबैमा धन्यबाद दिई संस्थाको ऐतिहासिक पृष्ठभुमि, संस्थाको सफलता र संस्थाको सदस्यहरुको लागि सेवा र सुबिधाको बारेमा जानकारी गराउँनु भएको थियो ।  कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पत्रकार, समाजसेबी ,स्थानीय बासिन्दा, संचालक समिति, उपसमिति, र कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले सञ्चालन गर्नु भएको थियो भने उपस्थित सम्पुर्णलाई संस्थाका सञ्चालक समिति सदस्य कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप