एभरेष्ट साकोसका ८४ बाल सदस्यहरुको आँखा परिक्षण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एभरेष्ट साकोसका ८४ बाल सदस्यहरुको आँखा परिक्षण 

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. ले १३ औं स्थापना दिवसको अवसरमा संस्थामा आबद्ध बाल सदस्य तथा १६ वर्ष मुनिका खुत्रुके बचत सदस्यहरुको आँखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एभरेष्ट साकोसको आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा संस्थाको कार्यालयमा सम्पन्न भएको थियो ।
अभिभावक सहित जम्मा १८१ जनाको उपस्थिति रहेको आँखा परिक्षण कार्यक्रममा ८४ जना बाल सदस्यहरुले आँखा परिक्षण गराएका थिए । जसमध्ये १९ जनालाई दृष्टिमा समस्या देखिएको थियो र २ जनालाई दृष्टिदोष देखिएकोले थप परिक्षणका लागि भरतपुर आँखा अस्पताल रिफर गरिएको छ । अन्य केहीमा सामान्यतया एलर्जीको समस्या देखिएको थियो ।

भरतपुर आँखा अस्पतालका अप्टिकल एसिस्टेन कुन्दन पौडेलले आँखाको समस्या कसैलाई वंशाणुगत र कसैलाई पछि समस्या देखिने भएकोले आँखा परिक्षण निरन्तर गर्नुपर्ने जानकारी दिनुभएको थियो । अप्टिकल एसिस्टेन कुन्दन पौडेल सहित अन्य ३ जनाको टोलीले दिनभर प्राविधीक सहयोग गर्नुभएको थियो ।

साकोसले निरन्तर रुपमा संस्थामा आबद्ध बाल सदस्यहरुको लागि स्वास्थ्यमुलक, शिक्षामुलक कार्यक्रम आयोजना गर्दै आईरहेको र कार्यक्रममा सबैजनालाई सहभागिताको लागी आग्रह गर्दै आँखा परिक्षण नियमित रुपमा परिक्षण गर्नुपर्ने र समस्या देखिएमा समयमै उपचार गरे समस्या समाधान हुने संस्थाका अध्यक्ष बाल गोपाल चुकेले  जानकारी दिनुभयो ।

संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा संस्थाले बाल सदस्यहरुको लागी आँखा परिक्षण कार्यक्रम, महिला शेयर सदस्यहरुको लागी वित्तिय साक्षरता, सहकारी र महिला सशक्तिकरणको गोष्ठी, चैत्र १० गते सामाजिक उत्तरदायित्व बहन गर्दै नारायणी नमुना मा.वि.को दृष्टि बिहिन ईकाईमा अक्षयकोषमा रकम हस्तान्तरण कार्यक्रम, चैत्र १२ गते जेष्ठ सदस्य सम्मान कार्यक्रम र स्थापना दिवसको दिन चैत्र १४ गते संस्थामा दिप प्रज्वलन र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको संस्थाका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो । एभरेष्ट साकोसमा हाल सम्म ३४०४ जना शेयर सदस्य, १३४५ जना बाल सदस्य आबद्ध रहेका छन भने ४४ करोड ५३ लाखको कुल सम्पति रहको छ ।
 
भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

५ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

६ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप