महिला अधिकार दिने निर्णायक बन्नुपर्छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला अधिकार दिने निर्णायक बन्नुपर्छ

ललितपुर । राष्ट्रिय योजना आयोगका सदस्य एवम् राष्ट्रिय सहकारी महासंघका सल्लाहकार उषा झाले महिलाहरु अधिकार माग्ने नभएर अधिकार दिने निर्णायक तहमा रहनुपर्ने बताउनुभएको छ । जन्म दिने हामी, जन्मको निर्णायक हामी हौं, किन हामी अरुसँग अधिकार मागेर बसेका छौं ! उहाँले भन्नुभयो, “हामी नै निर्णयकर्ता हो अब हामीहरु चुज टु च्यालेञ्ज मा अघि बढ्छौं ।” आज राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला समावेशिता राष्ट्रिय गोष्ठी का अबसरमा मुख्य वक्ताको रुपमा बोल्दै उहाँले भन्नुभयो, “अव हामी महिलाहरु कसैसँग गुहार माग्दैनौं, च्यालेञ्ज गर्न तयार हुन्छौं ।” 

कार्यक्रमका प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले आर्थिक सशक्तिकरण नै सामाजिक विभेदको अन्त्य भएकोले महिलाहरु शिक्षा र आर्थिक सबलताको पक्षमा जोडदार रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले आजको नेतृत्व तहमा महिला सहभागिताका लागि अग्रज महिलाहरुले पुर्याउनुभएको योगदानको स्मरण गर्दै आज महिलाहरु कुनै पनि क्षेत्रका कमजोर नरहेको दाबी गर्नुभयो । उहाँले समाज परिवर्तन आफैंबाट शुरु गर्नुपर्ने बताउँदै आर्थिक सशक्तिकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको विचार राख्नुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले यथास्थानमा रहन चाहने समाजको गुणलाई नभत्काएसम्म महिलाहरुको बीचमा समानता र सशक्तिकरण सम्भव हुँदैन भनि अन्तराष्ट्रिय महिला अभियान– सिडले सन् १९७९ मा प्रथम पटक अगाडि सारेको मुद्दाको प्रशंग उठाउँदै महिलामाथि हुने विभेदको अन्त्य र महिला सशक्तिकरणका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विचार राख्नुभयो । उहाँले महिलाहरु माथि हुने विविध हिंसाहरुमध्ये आर्थिक हिंसा अन्त्यका लागि महिलाको आर्थिक सशक्तिकरण र वित्तीय समावेशिता महत्वपूर्ण पक्ष भएको बताउँदै यसका लागि अन्तराष्ट्रिय सहकारी महासंघले अगाडि सारेको विषयमा ऐक्यबद्धता सहित नेफ्स्कूनले वित्तीय समावेशिता र फिनटेक लिट्रेसीका लागि विशेष कार्यक्रम ल्याउने बचनबद्धता व्यक्त गर्नुभयो । 

महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले आजको २१ औं शताब्दीमा महिलाहरुको सक्रियता सबै ठाउँमा बढेको भएपनि नेतृत्व तहमा पुग्न संघर्ष अझै जारी राख्नुपर्र्नेे विचार व्यक्त गर्नुभयो । 

उद्घाट सत्र समापनका अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारीलाई राज्यको प्रमुख तीन खम्बामध्येको एक खम्बाको रुपमा स्थापित गर्न महिला सहकारीकर्मीहरुको भूमिका उल्लेख्य रहेको बताउनुभयो । उहाँले सहकारीमा महिला नेतृत्व विस्तारको आवश्यकता औल्याउँदै राज्यले तोकेको महिला सहभागिताको प्रतिशत पुरा गर्न महासंघ लाग्ने पनि बचनबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा सांसद मनकुमारी जिसी, महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका उपाध्यक्ष रमेश पोखरेल, महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, सञ्चालक अमृता सुब्बा, पद्मा गुरुङ लगायतले महिला समावेशिताको विषयमा आफ्ना विचारहरु राख्नुभएको थियो ।  

गोष्ठीमा सांसद डा. विमला राई पौडेलले महिला समावेशिताका लागि नीतिगत व्यवस्था र सहकारीको भूमिकाको विषयमा र महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले लैंगिक समानताको मुल प्रवाहिकरणमा सहकारी चुनौती र आगमी कार्यदिशा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप